• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारी वकिल र प्रहरीको सम्मेलनको निष्कर्ष : सञ्चारमाध्यमको समाचार सम्प्रेषणले अपराध अनुसन्धानमा चुनौती 

64x64
नेपाल लाइभ आइतबार, पुस ६, २०७६  १७:५५
1140x725

काठमाडौं- सञ्चार माध्यमको समाचार सम्प्रेषणले फौजदारी अपराधको अनुसन्धानमा समस्या परेको निष्कर्ष अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलले  निकालेका छन्। 

राजधानीमा चलेको तीन दिने संयुक्त सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै सञ्चारमाध्यमको समाचार सम्प्रेषणप्रति प्रश्न उठाएका हुन्। 

पुस ४ देखि ६ गतेसम्म चलेको सम्मेलनले घोषणापत्रको बुँदा नम्बर २५ मा यसलाई समेटेको छ। पछिल्लो पटक कञ्चनपुरकी निर्मला पन्त बलत्कार हत्या प्रकरणमा सञ्चार माध्यमले गरेको गलत रिर्पाेटिङका कारण मुख्य अपराधीसमक्ष पुग्न नसकेको  निष्कर्षसहित यो सम्मेलनले यो बुँदा समेटेको हो।

सूचनाको हक प्रयोगका क्रममा अनुसन्धानको संवेदनशीलतालाई ध्यान नदिँदा निर्मला प्रकरण टुङ्गोमा पुग्न नसकेको जिकीर सरकारी पक्षले गरिरहेको अवस्थामा उक्त सम्मेलनले यो बुँदा समेटेको हो। 

‘कतिपय अवस्थामा सूचनाको हकको प्रयोगबाट अपराध अनुसन्धानको संवेदनशीलतामा ध्यान नपुगेको अनुभव भएको छ, लोकतन्त्रमा नागरिक स्वतन्त्रताको अधिकाधिक सम्मान हुनुपर्दछ’ सम्मेलनको बुँदा नम्बर २५ मा भनिएको छ‚ ‘स्वतन्त्रता निरपेक्ष हुन नसक्ने तथ्य समेतलाई मनन गरी अपराध अनुसन्धानको गम्भीरता, यसको संवेदनशीलता र अनुसन्धानमा पर्न सक्ने नकारात्मक प्रभावप्रति सबै पक्ष गम्भीर हुनुपर्दछ।’ 

आमसञ्चार माध्यमहरुलाई नियमन गर्न बनेका कानुन एवम् आचार संहिताहरुले गरेका विशेष व्यवस्थाहरुप्रति सम्मान गर्दै सार्वजनिक शान्ति, कानुन र व्यवस्था कायम गर्ने कार्यमा नागरिकको कर्तव्यसमेतलाई मनन गरी अपराधसँग सम्बन्धित सूचनाको प्रवाह गर्ने विषयमा घोषणापत्रमा उल्लेख गरिएको छ।   

‘यसरी प्रकाशन र प्रशारण हुने समाचारले समाजमा र अपराधको अनुसन्धान तथा अभियोजनमा पार्न सक्ने प्रभावलाई दृष्टिगत गरी संवेदनशीलता अपनाउन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं’ घोषणापत्रमा भनिएको छ।  

३३ बुँदे काठमाडौं घोषणापत्रमा बढ्दो साइवर क्राइम र वैदेशिक रोजगारी तथा प्रविधिको प्रयोग गरी हुने अपराध पनि समेटिएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

घोषणापत्रले  अपराध अनुसन्धानमा अवरोध खडा गर्ने वा अनुसन्धान र अभियोजनको कार्यमा असहयोग गर्ने व्यक्ति तथा निकायलाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

जघन्य, संगठित एवम् जटिल अपराधको अनुसन्धान गर्न अपनाइने अण्डर कभर अपरेशन, कन्ट्रोल डेलिभरी, दूर सञ्चार अभिलेख र विशेष प्रक्रियाबाट गरिने प्रमाणको संकलनका विषयमा वैयक्तिक स्वतन्त्रता र गोपनीयताको अधिकारको संवैधानिक व्यवस्थाको सम्मान गर्ने भनिएको छ।  

यस्तो अनुसन्धानमा असल अभ्यासलाई प्रयोगमा ल्याउन नीतिगत, कानूनी र प्रविधिगत प्रबन्ध हुनका लागि आवश्यक कानुनी व्यवस्था गर्न पनि घोषणापत्रले माग गरेको छ। अपराधको अनुसन्धानको कार्य अब परम्परागत रुपमा मात्र गरेर सम्भव हुने घोषणपत्रमा उल्लेख छ। 

हालसम्म कार्यान्वयनमा आउन नसकेको सामुदायिक सेवा, खुला कारागार, सप्ताहन्त कैद, श्रमसहित कैद, प्रोवेसन, प्यारोल, रात्रीकालीन कारावास लगायतका सुधारात्मक व्यवस्थाहरुको कार्यान्वयन गर्नेजस्ता कार्य पनि घोषणापत्रले समेटेको छ। 

Xtrem

Xtrem

यसका लागि आवश्यक पर्ने पूर्वाधार,संरचना निर्माण एवम् कार्यविधिगत व्यवस्थाका लागि प्राथमिकतापूर्वक कार्य गर्न पनि सम्मेलनले माग गरेको छ। 

बैंकिङ कसूर तथा सजाय ऐनले गरेको व्यवस्थाबमोजिम चेक सटही नभएको विषयमा पर्ने बैंकिङ कसूरसम्बन्धी मुद्दाको संख्या बढ्दै गएको विषयलाई पनि सम्मेलनले समेटेको छ।  

यस्तो मुद्दा जिल्ला अदालतको क्षेत्राधिकारबाट हेरिने गरी कानुनी सुधार गर्न पनि सम्मेलनले माग गरेको छ। 

उच्च अदालतमा मुद्दाको चाप अत्याधिक मात्रामा थपिँदै जानुका साथै गम्भीर प्रकृतिका कसूरमा अनुसन्धान र अभियोजनकर्ता केन्द्रित  हुँदा कार्यसम्पादन गर्न असर परेको घोषणापत्रमा उल्लेख छ। 

अधिकार क्षेत्रको पुनरावलोकन हुन उपयुक्त हुने सुझाव सम्मेलनले दिएको छ। 

अपराधको कुनै राजनीतिक आवरण हुँदैन भन्ने मान्यतामा विश्वास प्रकट गर्दै फौजदारी कसूरको अनुसन्धान र अभियोजन कानूनले परिभाषित गरेको विधि र प्रक्रियाबाट सञ्चालन हुने प्रतिबद्धता पनि सम्मेलनले गरेको छ। 

अनुसन्धान र अभियोजन नियतवस नगरिने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। 

कानूनको सर्वोच्चताको मान्यताप्रति समर्पित हुँदै कानूनले परिभाषित गरेको कसूरमा संलग्न जो कोहीलाई कारवाहीको दायरमा ल्याउने घोषणापत्रमा उल्लेख छ। 

वैदेशिक रोजगारीको विस्तार एवम्  विकसित मुलुकमा आप्रवासन गर्ने चाहनाजस्ता कुराहरुले गर्दा मानव तस्करीका घटनाहरू निरन्तर वृद्धि हुँदै गएकोप्रति सम्मेलनले चासो व्यक्त गरेको छ। वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करीलाई नियमन गर्ने कानूनी व्यवस्थालाई प्राथमिकतापूर्वक कानुन बनाउन पनि सम्मेलनले माग गरेको छ। 

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तीन दिने सम्मेलन ३३ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको छ। फौजदारी अपराध अनुसन्धानलाई विश्वसनीय बनाउन अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन  ४,५ र ६ गते काठमाडौंमा चलेको थियो। 

सम्मेलनमा ६ सय २५ जनाको सहभागीता रहेको थियो। प्रहरी अधिकृत ३ सय २०‚ सरकारी वकिल २ सय ७० र पर्यवेक्षक ३५ जना सहभागी भएका थिए। सम्मेलनमा विभिन्न १४  विषयका कार्यपत्र पेश गरिएको थियो।  

सम्मेलनले फौजदारी अपराध संहिताको कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई समाधान गर्ने बाटो खोज्ने लक्ष्य राखेको थियो।  मुद्दाको अनुसन्धानका लागि सरकारी वकिल र प्रहरीबीचको सहकार्यलाई पनि नयाँ उचाइमा पुर्‍याउने लक्ष्य सम्मेलनले लिएको थियो।

 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्