नयाँ दिल्ली– राजकुमार राव यो वर्ष निकै भाग्यमानी साबित भएका छन्। वर्षको सुरुवातदेखि नै उनको फिल्म र कलाकारको तारिफ भइरहेको छ। यस्तैमा शुक्रबार रिलिज भएको फिल्म ‘न्युटन’ लाई ओस्कारमा पठाउने निर्णयले उनको चर्चा झन चुलिएको छ।
यस वर्षको ओस्कारका लागि भारतले रावको ‘न्युटन’ लाई पठाउने आधिकारीक घोषणा गरिसकेको छ। यो फिल्म भारतमा नक्सल प्रभावित क्षेत्रमा चुनाव गराउने विषयलाई लिएर बनेको थियो। फिल्ममा राव, पंकज त्रिपाठी, संजय मिश्रा, अन्जली पाटिलजस्ता कलाकार छन्।
भारतमा शुक्रबार रिलिज भए पनि यसको प्रिमियर जनवरीमा बर्लिन फेसन फिल्म महोत्सवमा भइसकेको थियो। फिल्मको निर्देशन अमित मासुरकरले गरेका छन्। बर्लिनको ६७ औं अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा यसको खुब तारिफ भएको थियो। फिल्मले यसअघि नै सिआईसिएई आर्ट सिनेमा अवार्डबाट सम्मान पाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।