मुम्बई– भोजपुरी फिल्मका नायक मनोज पाण्डेयलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काम दिलाइदिने बहानामा लामो समयदेखि आफूलाई बलात्कार गर्दै आएको उजुरी एक महिला गायिकाले प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीबाट बच्न उनी लुकेर बसेका थिए। उनीविरुद्ध गायिका तथा अर्की एक नायिकाले पनि उजुरी दिएका थिए। मनोजलाई ओशिवरा पुलिस बलले पक्राउ गरेको हो।
पीडित अभिनेत्रीले १५ सेप्टेम्बरमा मुम्बईको चारकोप पुलिस विभागमा उजुरी दिएकी थिइन्। उजुरीपछि उनी सम्पर्क बाहिर थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।