बिबिसी- दक्षिणपूर्वी एसियामा तीव्र रुपमा फैलिइरहेको मलेरिया विश्वकै लागि खतरा रहेको वैज्ञानिकहरुले बताएका छन्।
कम्बोडियाबाट थाइल्यान्ड, लावस हुँदै दक्षिणी भियतनामसम्म मलेरिया फैलिएपछि वैज्ञानिहरुकले खतरा औंल्याएका हुन्। तीव्र रुपमा फैलिरहेकाले यसको निराकरण गर्न नसकिने अक्सफोर्ड ट्रपिकल मेडिसिनले बताएको छ।
बर्सेनि २ करोड १२ लाख मानिसमा मलेरियाको संक्रमण हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। मलेरियाबाट हरेक वर्ष ७ लाख मानिसको मृत्यु हुने गरेको छ। मलेरिया नियन्त्रणको प्रयास भने ९२ प्रतिशत असफल भएको छ।
'मलेरिया नियन्त्रणका लागि प्रभावकारी प्रयत्न नभएकाले बर्सेनि करोडौं मानिसको ज्यान जाने खतरा छ,' मलेरियाबारे अनुसन्धानमा संलग्न प्राध्यापक डोनड्रप भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।