काठमाडौं- नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन्।
कतारको दोहास्थित एसियन टाउन सनायामा भएको टेलिभिजन रियालिटी शो 'नेपाल आइडल'को ग्रान्ड फिनालेमा लामाले उपाधि हात पारेका हुन् । पोखरा निवासी लामाले कुल ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट ल्याएका थिए।
टप थ्रीको प्रतिस्पर्धामा रहेका निशान भट्टराई र प्रताप दासलाई उछिन्दै लामाले उपाधि चुमेका हुन्।
आइडल बनेसँगै बुद्धले २० लाख नगदसहित महिन्द्रा केयुभी १०० कार पाएका छन् । साथै, १५ लाख रुपैयाँको एल्बम कन्ट्राक्ट प्राप्त गरे।
फस्ट रनरअप मोरङ निवासी निशानले १५ लाख र सेकेन्ड रनरअप ललितपुरका प्रताप दासले १० लाख रुपैयाँ पाए।
यो रियारिटी शो एपी वन टिभीले पहिलो पटक आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।