complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

७५ लालको सुनको औंठी हराएपछि गायक बनेँ 

64x64
नेपाल लाइभ शनिबार, असोज ७, २०७४  ०७:४३
1140x725

त्यो दिन झमझम दर्केझरी दर्किरहेको थियो। युवराज आमासँग जसरी पनि काठमाडौं जाने जिद्दी गरिरहेका थिए। आमा मानिरहेकी थिइनन्। घरको दलानअगाडि पानीको निकास एक्कासि बन्द भयो। युवराज बाहिर निस्के। र दुवै हात पानीभित्र छिराएर निकास खोल्न लागे। दलानमा जमेको पानीले आफ्नो बाटो तय गर्न थालेपछि हिलोबाट हात निकालेका युवराज त्यतिबेला स्तब्ध भए, जब उनले हातको औंलामा दाजुले किन्देको ७५ लालको सुनको औंठी गायब भएको देखे। उनलाई पत्तै भएन। 

गाउँघरमा एउटा उखान छ, ‘सुन हराए दशा लाग्छ।’ उनी चिन्तित भए। केही समयअगाडि मात्र आमासँग झगडा गरिरहेका थिए, गायक बन्ने सपनालाई लिएर। अब उनको मनमा चिसो पस्यो। ‘ज्या, कतै मलाई दशा त लागेको होइन!’

आमाको ठूलो विरोधका बीच उनी झोला बोकेर घरबाट निस्के। ‘पानी दर्किरहेकै थियो। काठमाडौं जान साथीहरू मलाई बसपार्कमा कुरिरहेका थिए। म आमाले नमान्दा नमान्दै घरबाट निस्के।’ 

पछिल्लो समय नेपाली फिल्मको गायनमा जमिरहेका युवराज चौलागाईलाई गायक बन्ने रहरले घर छाडेको त्यो दिन अझै सम्झना छ।

                                                                                                                        ...

चार दाजुभाईमध्येका साइँला छोरा युवराजको गायक बन्ने लक्ष्य पहिलो थिएन। उनी तेक्वान्दोका राम्रा खेलाडी थिए, ब्ल्याक बेल्टधारी। उनको सपना नै थियो, नेपालको प्रतिनिधित्व गर्दै साफ गेम्समा मेडल जितेर आफ्नो छाती सजाउने। तेक्वान्दो सिकाउने गुरू साफका मेडल विजेता थिए। उनलाई पनि गुरूले पाएजस्तै सफलता पाउने लोभ थियो। 

कुनै बेला खेलाडी बन्ने लक्ष्य बोकेका युवराज कसरी ‘सारेगम’ को ७ सुरमा रम्न पुगे? 

उनले नेपाल लाइभसँग रहस्य खोले, ‘म साथीभाइसँग जमघट, स्कुलको कार्यक्रम आदिमा गीत गाउँथे। सबैले युवराज तेरो स्वर राम्रो छ एल्बम निकाल्नुपर्छ भन्थेँ। एसएलसी दिइसकेपछि मलाई पनि हो कि जस्तो लाग्यो।’

तेक्वान्दो खेलेर घर आउँदा सधै शरीरको कुनै न कुनै अंग सुन्नाएर फिर्ने छोरोको नयाँ सपनाले आमा झस्केकी थिइन्। यसमा छोराप्रतिको माया थियो। जेठा र माइला छोरा विदेशिएकाले आमा चाहन्थिन्, युवराज चितवनमा आफैसँग बसोस्। यतै पढोस् र घर व्यवहारमा आफूलाई सघाओस्।

‘मेरो स्वभाव एकोहोरो छ। केही गर्छु भनेर लागेँ भने लागेँ लागेँ। मलाई कसैले रोक्न सक्दैन।’
                                                                                                              ...

युवराजले गत वर्ष फिल्मको प्रायः सबै अवार्ड ‘क्लिन स्वीप’ गरे। ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनुँ’ बोलको गीतका लागि उनले २०७२ सालमा ८ वटा अवार्ड जितेका थिए। यस वर्ष पनि उनले ४ वटा अवार्ड ’क्लासिक’ फिल्मबाट जिते। 

आज युवराज सफलता चुम्दैछन्। यो स्थानमा आइपुग्न आफूले निकै चुनौतिको सामना गर्नु परेको उनी बताउँछन्। 

‘म घरबाट गायक बन्न त हिँडे। चिनेजानेका घरपरिवारमा कोही यो क्षेत्रमा थिएनन्। जे गर्नु थियो, म एक्लैले गर्नु थियो,’ उनले भने, ‘मलाई गायक बन्न सजिलो होला भन्ने लागेको थियो। तर संगीतकर्म सोचेजति सजिलो रहेनछ।’

सुरूका दिन उनी अलमलमा परे। युवराजलाई लागेको रहेछ, ‘काठमाडौं खाल्डोमा जाने हो, झ्याम्म गीत रेकर्ड गर्ने हो, हिरो गायक हुने हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं आएपछि सोचे जस्तो भएन। उनी बेकामे भए। कता जाने, के गर्ने थाहै थिएन। ‘यहाँ आएपछि पो झल्याँस्स भए। को संगीतकार कहाँ जाने हो, के गर्ने हो भनेर। म तिल्मिलाएँ, चिनेको कोही छैन्। आफ्नै सपनाले लखेटेजस्तो महसुस भयो,’ उनले भने। 

यतिकैमा एकदिन उनको भेट चिनजानका दाजु युवकसँग भयो। ‘दाजुले शास्त्रीय संगीतका गुरू श्यामसुन्दर आचार्यलाई चिन्नुभएको रहेछ। मलाई भेटाइदिनुभयो। यसपछि मेरो जीवनले गाडी समात्यो,’ उनी भन्छन्।  

                                                                                                                    ...


काठमाडौंमा संगीत सिक्न थालेका युवराजलाई केही दिनपछि संगीत पनि तेक्वान्दो सिकेझैँ लाग्न थाल्यो। 

‘ब्रुसली, ज्याकी च्यानको फिल्म हेरेर नक्कल उतार्थे। नक्कलले असली साधान प्राप्त हुँदैनथ्यो। तेक्वान्दो सिक्न थालेपछि मैले त्यो बुझेँ। अनुशासन र लक्ष्य के हो? त्यो पनि बुझेँ। संगीतमा पनि यहि चिज लागु हुन्छ,’ उनले संगीत र खेलबीचको समानतालाई ‘फ्युजन’ गर्न खोजे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युवराजले निरन्तर पाँच वर्ष संगीत सिके। संगीत सिक्दा उनका सहपाठी थिए, अर्का चल्तीका संगीतकार अर्जुन पोखरेल, गायक बाबु बोगटी र फिल्ममा संगीत दिइरहने दीपक गौतम। यो संगतले पनि उनको कलालाई तिखार्न मद्दत मिल्यो। बेलाबेलामा सत्य–स्वरूपको आगमनले संगीतको ऊर्जा मनभित्र दन्किरहयो। 

पैसा नहुनेका लागि काठमाडौं शहर, कहर नै हो। आफूपालिन सुरुमा रेस्टुराँ व्यवसाय गरे। उनलाई व्यवसाय गर्न विदेशमा बसेका दाजुहरुले दिल खोलेर सहयोग गरे। ‘रत्नराज्य कलेज पछाडि भेज रेस्टुराँ खोले। खोल्न त खोले तर मलाई यसले यति व्यस्त बनायो। संगीत पर हुने डरले रेस्टुराँ बेचेर पुनः संगीतमा सक्रिय भए।’ 

लगत्तै उनले एउटा गीत रेकर्ड गराएका थिए। जसको बोल थियो–
मेरो मायालाई तिमले बुझ्न सकिनौ
मेरो ढुकढुकीलाई तिमीले बुझ्न सकिनौ

एफएमहरूले उनको गीत प्राथमिकताका साथ बजाए। युवराज यतिबेला जीवनमै सबैभन्दा बढि दंग थिए। यसले उनलाई संगीतमा निरन्तरता दिन उर्जा थप्यो। 
उनी सोलो एल्बमको तयारीमा जुटे। जेम्स प्रधान, महेश खड्का, राजु सिहं, बिजु बज्र जस्ता हस्तीको संगीतमा आफ्नो पहिलो एल्बम ’यु फिल’ बाट बजारमा उत्रिए। 

बिजु बज्रले संगीत दिएको ‘साँझपख सम्झनामा जब किन आउनु’ को भिडियोले उनको चर्चा चल्न थाल्यो। 

उनी त्यतिबेला खतरा मोलेर गीत रिलिज गरेको बताउँछन्। बजारमा नवीन के भट्टराई, सुगम पोखरेल जस्ता गायकहरूको पप गीतको बोलबाला भएको समय उनले आधुनिक सेमिक्लासिकल शैलीको गीत गाएका थिए। 

गीतले राम्रै चर्चा बटुल्यो। प्रायः सबैले उनलाई स्वर ‘हेभी’ भएको भन्दै सकारात्मक प्रतिक्रिया दिए। त्यहीबेला कालिका एफएमले आयोजना गर्ने म्यूजिक अवार्ड‘ मा उनको गीत ‘साँझपख’ पनि मनोनयनमा पर्यो। यो गीतले उत्कृष्ट कम्पोजरको अवार्ड जित्यो।  
                                                                                                                  ...


पहिलो एल्बमको सफलताले उत्साही युवराजले आफ्नो गतिलाई केही तीव्र बनाए। उनलाई ‘रहर’ फिल्मको ‘टुङ्नाको धुनमा’ भन्ने गीत गाउने अवसर जुर्यो। यसले श्रोतामाझ उनलाई थप परिचित गरायो। यसैबीच उनले दोस्रो एल्बम ‘यस’ पनि सार्वजनिक गरे। एल्बमको ’लैजा चरी मेरो सन्देश’ बोलको गीत खुब चल्यो। यसले उनलाई प्रसिद्धीमै पुर्यायो। उनले ‘नोभेम्बर रेन’ को ‘तिमीलाइ के भनूँ’ बोलको अर्को चर्चित गीत पनि गाए।

उनले गाएको क्लासिक फिल्मको ’हारे हारे’,  छ एकान छको शीर्ष गीत, हवलदार सुन्तलीको ‘तिम्रा डोला डोला हातमा’, ब्रासलेट फिल्मको ‘मेरो जीन्दगीमा बहार ल्याउने’ र पलाँस फिल्मको ’तिम्रो साथमा हुँदा’ श्रोतामाझ विशेष चर्चित छन्। 

                                                                                                                   ...

आफ्नो सांगीतिक यात्राको उकाली सुनाइरहेका युवराज फेरि विगतमा पुगे।

‘त्यो झमझम पानी परेको दिन म आमाको मायामा हारेको हुँदो हुँ त, तेक्वान्दोमै लागिरहेको हुन्थे। त्यो दिन मैले मेरो अन्तरआत्माको आवाज सुनेको रहेछु’ छुट्टीने बेला उनले भने– ‘मेरी आमा आज छोराको सफलताबाट थप खुशी हुनुहुन्छ। मेरो सपनामा विश्वास गर्ने दाजुहरु भाइको इच्छा पुरा भएकोमा दंग पर्नुभएको छ। श्रोताको मायालाई त झनै भुल्न सक्दिन।’

७५ लालको औंठी हराएको त्यो दर्के झरीदेखी आजको यात्रासम्म आइपुग्दा युवराज आफ्नो लक्ष्य भेद्न सफल भएका छन्। अब यो सफलतालाई टिकाइराख्नु उनको थप चुनौती बनेको छ। 

प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्