• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

पहिलेभन्दा सफल भएको हो साग खेलकुद? 

64x64
ऋग्वेद शर्मा बुधबार, मंसिर २५, २०७६  १७:०८
1140x725

काठमाडौं- नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुद (साग)को आयोजना पूरा गर्‍यो। २०४१ सालमा पहिलोपटक साग आयोजना गरेको नेपालले २०५६ सालमा आठौं साग आयोजना गरेको थियो। यसपटक १३औं साग पहिलेको दुई आयोजनाभन्दा सफल रहेको बताइएको छ। 

नेपालले जितेको ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदकका साथै उद्घाटन र समापनको दिन रंगशाला परिसरको झिलिमिलीले पनि साग सफल नै देखिन्छ।

त्यसमा ‘जित्नेका प्रधानमन्त्री’ केपी शर्मा ओलीले विजेता खेलाडीलाई बालुवाटारमा भोज गरेर लाखौं रुपैयाँ दिने घोषणा गरिदिएपछि त सफलता अझ उचालियो। जसमा प्रधानमन्त्रीले स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरे।    

प्रधानमन्त्रीले लाखौं रुपैयाँको पुरस्कार घोषणा गरिरहँदा बुझ्नुपर्ने के भने नेपालमा चेस खेलाडी र भारोत्तोलन खेलाडीले पाउने ‘डाइट’ बराबर नै छ। यस्तोमा खेलाडी कसरी खेलिरहेका होलान्? अनि प्रधानमन्त्री जित्नेको मात्र हुन मिल्छ?

१२औं सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य पदक जित्दा राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालीन सदस्य सचिव केशव कुमार विष्टले साग सहभागिता सफल भएको सुनाउँदै भनेका थिए- ‘पहिले पहिले नेपालले झोलामा पदक लिएर आउँथ्यो अहिले त बोरामा नै लिएर आएको छ, स्वर्ण मात्रै पो कम हो।’

त्यही भनाइलाई विचार गर्ने हो भने त अहिले बोरामै पदक हाल्दा पनि ठूलै बोरा चाहिन्छ। त्यही सोचको निरन्तरताले होला यसपटक नेपालले जितेका ५१ स्वर्ण पदकलाई केन्द्रमा राखेर साग पहिलेभन्दा सफल भएको भनिएको छ। तर, व्यबस्थापनका अन्य पाटाहरु हेर्ने हो भने खेलाडीले जितेका पदकले मात्रै सागको सफलता मापन गर्न भने मिल्दैन। 

पदक नै हेर्दा पनि यसपटक ३ सय १६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। यसैले नेपालमा आयोजना भएका पहिलेका दुई सागको तुलनामा धेरै स्वर्ण आउनु राम्रो हुँदाहुँदै पनि स्वभाविक नै हो। नेपालको कमजोर खेल व्यवस्थापन र सुविधाविहीन खेलाडी हेर्दा सोचिए भन्दा धेरै पदक आएकाले पनि साग सफल भएको भन्नु उचित देखिँदैछ।  

Ncell 2
Ncell 2
nimb
nimb

तर, पहिलो सागमा पाँच खेलमा गरेर ६२ स्वर्ण पदकका लागि मात्र प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले एथ्लेटिक्समा एक, बक्सिङमा दुई र फुटबलमा एक गरेर चार स्वर्ण पदक जितेको थियो। त्यसबेला नेपालले १२ रजत र आठ कास्य पदक जितेको थियो। 

नेपालमा दोस्रो पटक आयोजना भएको आठौं सागमा १२ खेलमा गरेर १ सय ६१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो। बक्सिङमा दुई, करातेमा १४, स्वीमिङमा एक र तेक्वान्दोमा १४ स्वर्ण पदक जितेको थियो। त्यसमा नेपालले १० रजत र २४ कास्य पदक पनि जितेको थियो।  

१३औं सागमा यसपटक २६ खेलमा ३ सय १६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले ५१ स्वर्ण जितेको हो। जसमा करातेमा १०, तेक्वान्दो १२, ट्रायथलन दुई, उसु पाँच, एथ्लेटिक्स तीन, पौडी चार, भारोत्तोलन दुई, गल्फ दुई, कुस्ती एक, बक्सिङ तीन, जुडो दुई र फुटबलमा एक स्वर्ण जितेको हो। यसपटक नेपालले ६० रजत र ९५ कास्य पनि जित्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१३औं सागमा देखिएको खेलाडीको मेहनत र नेपालले पूरा गरेको आयोजनाको जिम्मेवारी सह्रानीय छ। तर, यसलाई भविष्यका लागि अन्य पाटोबाट पनि हेर्नै पर्ने हुन्छ। 

औपचारिक रुपमा मंसिर १५ देखि २४ सम्म चलेको साग खेलकुदमा उद्घाटनकै दिनसम्म पनि भौतिक पूर्वाधार निर्माण सकिएको थिएन। 

समयमा काम नहुने परिपाटीले पौडी खेल खेलाइएको सातदोबाटो हिटिङ स्विमिङ पुलमा त प्रतियोगिता उद्घाटन भइसक्दा पनि निर्माणको काम चलिरहेको थियो। 

उद्घाटनकै आधि घन्टाअघिसम्म दशरथ रंगशालमा पनि सिट बनाइँदै थियो। जुन समापनको दिनसम्म पनि सकिएन। 

पोखरामा सञ्चालन भएको भारोत्तोलन ‘अन्तर्राष्ट्रिय मापदण्ड’को भनिँदै पार्टी प्यालेसमा गरियो। 

सुटिङमा प्रतिस्पर्धा गरिरहेका नेपाली खेलाडीहरु विदेशी खेलाडीको सामग्री मागेर प्रयोग गर्न बाध्य थिए। 

महिला फुटबल खेलाइएको पोखरा रंगशाला स्तरीय नभएको भन्दै भारतीय टिमबाट गुनासोहरु आए। पुरुष फुटबलमा नै पनि लगातार खेल पर्दा आरामको समय नहुने भन्दै खेल तालिका सार्वजनिक हुँदादेखि नै विरोध भयो। 

उसुमा सहभागी भारतीय टिम निर्णायकसँगको असन्तुष्टीले पदक अस्वीकारसम्म पनि पुग्यो। 

झण्डै पाँच अर्ब खर्च भएको साग आयोजनका अरु भित्री पाटा त अझ देखिँदै जाने छन्। तर अन्तिम दिन रंगशालाको चौरमा फुटबल फाइनलअघि सांसद र संसद सचिवालयका कर्मचारीबीच चलेको ‘एकताको सन्देश दिने’ मैत्रीपूर्ण फुटबलले त चाकरी चलनबारे धेरै कुरा बोल्यो। 

दशरथ रंगशालामा टिकट काटेर प्रवेश गर्नु पनि हरेक दर्शकलाई ‘चुनौतीपूर्ण’ बन्यो। फुटबल फाइनल र साग समापन हुने दिन त पत्रकारले प्रहरीको कुटाइ नै खानुपर्‍यो। त्यसमा पनि साग सुरक्षा समितिको संयोजकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहँदा उनैको नेतृत्वमा खटिएका प्रहरीले दर्शक र पत्रकार भकुरे। सञ्चार माध्यमका लागि छुट्टाइएको सिटको समेत टिकट बिक्री गरियो। सरदर १० हजार टिकट बिक्री गरेर १४ हजार ५ सय जना अट्ने रंगशालाको भर्‍याङसमेत भरियो। 

भारतले सागमा खेलाडी पठाउने बेलादेखि नै यसलाई दिएको कम महत्वले पनि सागको उपादेयता कस्तो हुँदैछ भन्ने प्रश्न देखिएको छ। सागमा सबैभन्दा महत्वका साथ हेरिने पुरुष फुटलमा भारत र पाकिस्तानका टिम नै आएनन्। अझ प्राय खेलमा त भारतले आफ्नो पहिलो रोजाइँका खेलाडी नै पठाएन। 

सागमा सहभागी हुन आउन अफगानिस्तानले चासो देखाइरहँदा नेपालले आफ्नो पदक कम हुने देखेर मार्सल आर्टमा सहभागी हुन नदिने भन्यो। जसले अफगानिस्तान आएन। त्यसले दक्षिण एसियाली क्षेत्रको खेल उत्सवको महत्व घटाउने काम नै भयो। 

एसियाली खेलकुद सुरु भएको ३३ वर्षपछि बल्ल ‘साफ गेम्स’ अर्थात् सागको जन्म भएको थियो। दक्षिण एसियाली देशका विविध आयामसँग जोडिने साग नियमित नभए पनि विस्तारै आफ्ना आयम थप्दै जाँदा नेपालको सफलता पाकिस्तानमा हुने १४औं सागमा स्पष्ट हुनेछ।

त्यसबेला खेल सुरु हुने दुई दिन अघि तुलसा खत्री जस्ता खेलाडी भविष्यको खोजीमा कतार भागेनन् भने खेलकुदमा नेपालको सफलता केही भए पनि देखिने छ। रंगशालाको झिलिमिलीले तुलसा जस्ता खेलाडीको भविष्य छोपिनु हुँदैन। प्रधानमन्त्रीले घोषणा गर्ने लाखौंको पुरस्कार पनि अभावबीच जुधेर जितिसकेपछि न हो! खेल न हो, यदि हारियो भने? 

र अन्त्यमा,  
समापनको दिन दर्शकको रमाइलोका लागि गरिएको एक प्रदर्शनको दृश्यले धेरैको मन रमाएन। नाइटिङ्गेल स्कूलका साना नानीहरुलाई आधासरो कपडामा घन्टौं प्रतीक्षामा उभ्याएर रंगशालाको रातको चिसोमा नचाउनु साग समापनको ‘कसिएको अनुशासन’को नमजा थियो। चाहे त्यसपछि १५ सय ड्रोन उडाएर देशप्रेमले ओतप्रोत हुने प्रस्तुति नै दिइएको होस्।  

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्