काठमाडौं- अभिनेता रमेश उप्रेतीको पहिलो होमप्रोडक्सन 'ऐश्वर्य'को ट्रेलर रिलिज भएको छ।
दिवाकर भट्टराई निर्देशित फिल्ममा उप्रेतीले डेब्यु अभिनेत्री दीपिका प्रसाईंसँग जोडी बाँधेका छन्। फिल्ममा केकी अधिकारी, प्रशान्त ताम्राकार तथा विकास खतिवडाको पनि मुख्य अभिनय रहेको छ। फिल्मका संगीतकार अर्जुन पोखरेल हुन्। फिल्मको कथा र निर्देशन भट्टराईकै रहेको छ। फिल्मलाई रमेशकी पत्नी किरण राणा तथा अर्जुन श्रेष्ठले निर्माण गरेका हुन्।
फिल्म कात्तिक ९ देखि प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।