काठमाडौं- नयाँ बानेश्वरस्थित बेकरी क्याफे अगाडि गएराति बा १५ च ५४३१ नम्बरको कार र बा ५८ प १६६२ नम्बरको मोटरसाकल आपसमा ठोक्किँदा मोटरसाइकलमा बसेका एकको मृत्यु भएको छ।
राति पौने २ बजे भएको दुर्घटनामा भक्तपुर सिरुटार नगरपालिका १ का २६ वर्षीय मन्जित राउतको मृत्यु भएको हो। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय सुभाष राउतको ट्रमा सेन्टरमै उपचार भइरहेको छ। दुवै सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।