काठमाडौं- दोलखालाई केन्द्रविन्दु बनाउँदै बिहीबार दिउँसो ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले रेकर्ड गरेको छ।
दिउँसो १:४ बजेको समयमा सो भूकम्प गएको हो।
यो २०७२ बैसाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।