complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राजेश हमाल दोस्रो इनिङको तयारीमा

64x64
नेपाल लाइभ बिहीबार, असोज ५, २०७४  २०:५९
1140x725

काठमाडौं- डेढ वर्ष भयो, राजेश हमालले फिल्मको एक्सन-कट सुन्नु नपरेको। हिजोआज उनको दैनिकी नै अध्ययन, शारीरिक व्यायाम, विभिन्न कार्यक्रमको आतिथ्य र कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘क्विज शो’ को ‘होस्ट’ गरेर बित्छ।

फिल्मी करिअरको उतारचढावमा उनले आफूलाई प्रमाणित गरिसकेका छन्। त्यसैले होला, ढल्कँदो उमेरमा पनि उनी अझै ‘योङ’ देखिन्छन्।
 
लाजिम्पाटको ’एली कफी क्याफे'मा यसै साता हाफपाइन्ट र टिसर्टमा भेटिएका उनै राजेशलाई नेपाल लाइभले सोधेको थियो, ‘हिजोआज किन पर्दामा देखिनुहुन्न?’ 

राजेश भन्दै थिए, ‘सुरुका दिन मेरो फिल्म कति वटा बजारमा गयो, यसले खासै फरक पर्दैनथ्यो। आज फरक पर्छ। मैले फिल्म गरेँ तर बजारमा रुचाइएन भने त्यसको के फाइदा? म अब रोजेर मात्र फिल्म गर्न चाहन्छु।’ 

राजेशले बितेको दुई दशक नेपाली फिल्म उद्योगमा चढेको उचाइ उनको ६ फिटे लम्बाइभन्दा धेरै अग्लो छ। झन्डै डेढ दशक उनले नेपाली फिल्ममा कब्जा जमाए।


 
बामे सर्दै गरेको नेपाली फिल्मको यात्रा सुरु गर्दा उनलाई आफ्नो ‘रिल–लाइफ’ यति लामो चल्ला भन्ने कल्पनै थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

आज उमेरले ‘हाफ सेन्चुरी’ नाघिसक्दा उनको आधा उमेर यही क्षेत्रमा बितिसकेको छ।
 
कुनै बेला उनलाई भ्याइनभ्याई थियो। सुटिङमा दौडिँदै गर्दा उनलाई २ सयभन्दा बढी फिल्म खेलिसकेको पत्तै भएन। पछिल्लो समय फिल्ममा उनको ’ग्याप’ लामो भइसकेको छ। तर, उनी यसलाई सहजतासाथ स्वीकार गर्छन्, ‘उपयुक्त स्क्रिप्ट आएको छैन। जथाभावी फिल्म खेल्ने कुरा पनि भएन नि।’
 
राजेशलाई राम्रोसँग थाहा छ, फिल्म खालि स्क्रिप्टले मात्र चल्ने होइन। त्यसमा जीवन्त अभिनय, उत्कृष्ट निर्देशन र संजोग पनि चाहिन्छ।
 
तर, फिल्म खेल्नुअघि नै उनीकहाँ आउने स्क्रिप्टले उनको मन खिच्न सकिरहेको छैन। भन्छन्, ‘पहिले त मन खानुपर्‍यो नि। अर्को फिल्म मात्र थपेर के गर्नु?’
 
उनलाई बीचका केही वर्ष फिल्मको अफर नआएको होइन। तर, आफूले अस्वीकार गर्नुको कारण खुलाउँदै भन्छन्, ‘म कहाँ खालि त्यही ‘योङ’ राजेश हमालको भूमिका बोकेर आउँछन्।’

उनले अस्वीकार गरेको एउटा फिल्मको ‘टाइटल’ रहेछ, उनकै नामबाट उच्चारण भएको। सुन्दै हाँसउठ्ने! राजेशले फिल्मको नाम मात्र के भनेका थिए, पल्लो टेबलमा बसिरहेका दुई महिला गलल्ल हाँसे।
 
अघिसम्म केही निराश देखिएका राजेश एक्कासि खुलेर आए। उनले आफ्नो पावरवाला चस्माबाट अर्को टेबलतर्फ इसारा गर्दै भने, ‘उ: उहाँहरु पनि हाँस्नुभयो।’

पछिल्लो रिलिज दुई फिल्म ’बागमती’ र ’शकुन्तला’ ले उनलाई निराश तुल्याएको रहेछ। कथाको हिसाबले उनलाई फिल्म राम्रो लागेको थियो तर प्रस्तुति र निर्देशन फितलो भएपछि फिल्म चुर्लुम्म डुब्यो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसैले अहिले फिल्म रोज्ने कुरामा झन् ‘चुजी’ बनेका रहेछन्, राजेश। यस अवधिमा उनलाई ६–७ वटा फिल्मको अफर नआएको होइन। तर, रोल मन नपरेपछि उनले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेका रहेछन्।


 
’सायद संसारमा अन्य कुनै कलाकारले मैले जसरी काम गरेका छैनन् होला। नेपालमा मभन्दा पुराना र मेरै समकालीन धेरै कलाकारको फिल्मी करिअरमा ४–५ वर्षको ‘ग्याप’ छ,’ उनले विगत कोट्याए, ‘म २२ वर्षदेखि अनवरत अनुहारमा मेकअप पोतिरहेको छु।’
 
फिल्मीवृत्तमा पछिल्लो समय एउटा चर्चाले ठूलो बजार लिएको छ। त्यो के भने, राजेश हमाल फिल्मी उद्योगबाट बाहिरिइसके।
 
हामीले पनि बुझ्न चाहेको मुख्य कुरा नै यही थियो। के साँच्चि नै राजेश हमाल नेपाली फिल्मबाट टाढिइसकेका हुन् त?
 
उनले यसको जवाफ निकै सहजतापूर्वक दिए, ‘म फिल्मबाट ‘रिटायर्ड’ भएको छैन। सिनेमा गर्ने अझै धोको छ। दर्शकहरुको पनि मप्रति ठूलो अपेक्षा छ। त्यसैले म जथाभावी फिल्म खेलेर उहाँहरुलाई निराश पार्न चाहन्नँ।’
 
उनी उमेरका कारण पहिले जस्तो सक्रिय बन्न नसकेको स्वीकार्छन्। तर, कला–साहित्यमा संयमताको ठूलो महत्व र मूल्य हुने उनको भनाइ छ।
 
उनी मानिसको जीवनलाई किताबसँग तुलना गर्छन्। किताबमा अनेकौं अध्याय हुन्छ। त्यसैले राजेश पनि अभिनयको एउटा अध्याय पूरा गरेर अर्को अध्याय निर्देशनमा जाने सोचमा छन्।
 
’अब मेरो भूमिका निर्देशकका रूपमा फेरिन सक्छ। एउटा कथा गरिरहेको छु। मेरो तर्फबाट एउटा सशक्त फिल्म आओस् भन्ने चाहना छ,’ अभिनयसँगै नयाँ भूमिकामा आफूलाई तयार पारिरहेका राजेश भन्छन्, ‘म अभिनयलाई मात्र निरन्तरता दिइरहूँ भन्ने पक्षमा छैन। अभिनय मात्र गर्दा २–४ रुपैयाँ कमाइ होला। तर करिअरलाई फाइदा हुँदैन। त्यसैले निर्देशन मेरो नयाँ बाटो हुनेछ।’

राजेशलाई आउँदो दिनमा यस्तो मात्र भूमिकामा देखिने रहर छ, हलबाट दर्शकहरु बाहिर निस्किँदा सबैले भनून्, ‘राजेश हमाल नयाँ ढंगबाट आयो है।’
 
नेपाली फिल्ममा ‘स्टारडम’ को एक मात्र हकदार मानिन्छन्, राजेश। उनको सबैभन्दा ठूलो पुँजी नै नेपाली दर्शक हुन्। राजेश जहाँ उभिन्छन्, त्यहीँबाट दर्शकको लाइन सुरु हुन्छ।

त्यसैले राजेश डेढ वर्ष फिल्म नगर्दा पनि आत्तिएका छैनन्। बरु नयाँ भूमिकाका लागि आफूलाई तयार पार्दैछन्। तस्बिर: निमेष जंग राई/नेपाल लाइभ

प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्