• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

रोकिएको २ वर्षपछि भारतीय दूतावासको सिधा लगानीका आयोजना कार्यान्वयन हुँदै

नेपालको बजेट प्रणालीभित्रबाट पैसा आउने, स्थानीय तहको सहभागिता अनिवार्य
64x64
सविन मिश्र बुधबार, मंसिर १८, २०७६  ०६:१५
1140x725

काठमाडौं- सरकारले पछिल्लो २ वर्षसम्म रोकिएको भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालन हुने साना कार्यक्रम अघि बढाउने तयारी गरेको छ। कार्यक्रम कार्यान्वयनको विधि (मोडालिटी)मा दुवै देश सहमत भएपछि यो कार्यक्रम अघि बढाउन लागिएको हो।

दुवै वर्षसम्म रोकिएको यो कार्यक्रम कार्यान्वयनको नयाँ मोडालिटीमा दुवै देश सहमत भइसकेका छन्। यद्यपि समझदारीमा हस्ताक्षर हुन भने बाँकी छ। 'हाम्रो बजेटरी फ्रेमभित्र पर्ने गरी सहयोग दिन भारत सरकार सहमत भएको छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'समझदारीमा हस्ताक्षर भएसँगै यो कार्यान्वयनमा आउनेछ।'

सन् २०२० को अन्त्यसम्म नेपालमा भारतीय दूतावासको सहयोगमा सञ्चालन हुने साना आयोजना कार्यान्वयन गर्न दुई देशले मोडालिटी टुंगो लगाउन लागेका हुन्। 'पछिल्लो करिब २ वर्ष कुनै पनि आयोजना अघि नबढेकोमा हामी अहिले कसरी काम गर्ने भन्ने विधि टुंगो लगाउँदैछौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो।

सन् २०१७ को अगस्टमा यो कार्यक्रमको म्याद सकिएको थियो। त्यसको करिब ३ महिनापछि अर्थात् डिसेम्बर २०१७ मा ३ वर्षका लागि यसको म्याद थपिएको थियो। 'म्याद थप भए पनि कसरी कार्यान्वयन गर्ने भन्ने टुंगो लागेको थिएन,' अर्थ मन्त्रालयका एक अधिकारीले भने, '२ वर्षअघि म्याद थप भए पनि लगानीको मोडालिटीमा कुरा नमिल्दा अहिलेसम्म कार्यान्वयन हुन सकेन।'

नयाँ समझदारीअनुसार भारतीय दूतावासले कार्यक्रम कार्यान्वयन हुने स्थानीय तहसँगको सह-लगानी (को-फाइनान्सिङ)मा मात्रै आर्थिक सहयोग गर्न पाउनेछ। यसअनुसार दूतावासले आयोजनाको कूल लागतको ८० प्रतिशत र सम्बन्धित स्थानीय तहले २० प्रतिशत खर्च व्यहोर्नु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय दूतावासले लगानी गर्ने ८० प्रतिशत रकम ५ करोड रुपैयाँभन्दा धेरै हुन पाउने छैन। यसको अर्थ कार्यक्रम कार्यान्वयन हुने स्थानीय तहले कूल लागतको २० प्रतिशत अर्थात १ करोड २५ लाख र भारतीय दूतावासको ५ करोड रुपैयाँ गरी कूल ६ करोड २५ लाख रुपैयाँसम्मका आयोजना मात्रै साना अनुदान कार्यक्रममार्फत कार्यान्वयन हुन सक्नेछ।

सुरुमा भारतीय दूतावासले नेपालको बजेट प्रणालीभित्र रहने गरी आर्थिक सहायता दिन अस्वीकार गरेको थियो। तर बजेटबाहिरबाट कार्यक्रम कार्यान्वयन गर्न नसकिने नेपालको अडानपछि बजेट प्रणालीभित्रैबाट कार्यक्रम कार्यान्वयन गराउन भारत सहमत भएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसैगरी दूतावासको सहयोगमा सञ्चालन हुने त्यस्ता कार्यक्रमको अनुगमन, मूल्यांकन र लेखापरीक्षण संयुक्तरुपमा गर्न सकिने गरी ढाँचा बनाइएको छ। यस्तै आयोजना अघि बढाउन कार्यान्वयन इकाइ नेपाल सरकारले तोकेअनुसार हुने गरी दुई देशबीच समझदारी हुन लागेको पनि स्रोतले जानकारी दिएको थियो।

भारतीय दूतावासको सहयोगमा नेपालमा विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचना निर्माण भइरहेका छन्। तर दूतावासमार्फत त्यसरी दिइने आर्थिक सहयोगको नेपालमा निरन्तर विरोध हुँदै आएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा द... आइतबार, कात्तिक ८, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्