• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

रोकिएको २ वर्षपछि भारतीय दूतावासको सिधा लगानीका आयोजना कार्यान्वयन हुँदै

नेपालको बजेट प्रणालीभित्रबाट पैसा आउने, स्थानीय तहको सहभागिता अनिवार्य
64x64
सविन मिश्र बुधबार, मंसिर १८, २०७६  ०६:१५
1140x725

काठमाडौं- सरकारले पछिल्लो २ वर्षसम्म रोकिएको भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालन हुने साना कार्यक्रम अघि बढाउने तयारी गरेको छ। कार्यक्रम कार्यान्वयनको विधि (मोडालिटी)मा दुवै देश सहमत भएपछि यो कार्यक्रम अघि बढाउन लागिएको हो।

दुवै वर्षसम्म रोकिएको यो कार्यक्रम कार्यान्वयनको नयाँ मोडालिटीमा दुवै देश सहमत भइसकेका छन्। यद्यपि समझदारीमा हस्ताक्षर हुन भने बाँकी छ। 'हाम्रो बजेटरी फ्रेमभित्र पर्ने गरी सहयोग दिन भारत सरकार सहमत भएको छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'समझदारीमा हस्ताक्षर भएसँगै यो कार्यान्वयनमा आउनेछ।'

सन् २०२० को अन्त्यसम्म नेपालमा भारतीय दूतावासको सहयोगमा सञ्चालन हुने साना आयोजना कार्यान्वयन गर्न दुई देशले मोडालिटी टुंगो लगाउन लागेका हुन्। 'पछिल्लो करिब २ वर्ष कुनै पनि आयोजना अघि नबढेकोमा हामी अहिले कसरी काम गर्ने भन्ने विधि टुंगो लगाउँदैछौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो।

सन् २०१७ को अगस्टमा यो कार्यक्रमको म्याद सकिएको थियो। त्यसको करिब ३ महिनापछि अर्थात् डिसेम्बर २०१७ मा ३ वर्षका लागि यसको म्याद थपिएको थियो। 'म्याद थप भए पनि कसरी कार्यान्वयन गर्ने भन्ने टुंगो लागेको थिएन,' अर्थ मन्त्रालयका एक अधिकारीले भने, '२ वर्षअघि म्याद थप भए पनि लगानीको मोडालिटीमा कुरा नमिल्दा अहिलेसम्म कार्यान्वयन हुन सकेन।'

नयाँ समझदारीअनुसार भारतीय दूतावासले कार्यक्रम कार्यान्वयन हुने स्थानीय तहसँगको सह-लगानी (को-फाइनान्सिङ)मा मात्रै आर्थिक सहयोग गर्न पाउनेछ। यसअनुसार दूतावासले आयोजनाको कूल लागतको ८० प्रतिशत र सम्बन्धित स्थानीय तहले २० प्रतिशत खर्च व्यहोर्नु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय दूतावासले लगानी गर्ने ८० प्रतिशत रकम ५ करोड रुपैयाँभन्दा धेरै हुन पाउने छैन। यसको अर्थ कार्यक्रम कार्यान्वयन हुने स्थानीय तहले कूल लागतको २० प्रतिशत अर्थात १ करोड २५ लाख र भारतीय दूतावासको ५ करोड रुपैयाँ गरी कूल ६ करोड २५ लाख रुपैयाँसम्मका आयोजना मात्रै साना अनुदान कार्यक्रममार्फत कार्यान्वयन हुन सक्नेछ।

सुरुमा भारतीय दूतावासले नेपालको बजेट प्रणालीभित्र रहने गरी आर्थिक सहायता दिन अस्वीकार गरेको थियो। तर बजेटबाहिरबाट कार्यक्रम कार्यान्वयन गर्न नसकिने नेपालको अडानपछि बजेट प्रणालीभित्रैबाट कार्यक्रम कार्यान्वयन गराउन भारत सहमत भएको हो।

यसैगरी दूतावासको सहयोगमा सञ्चालन हुने त्यस्ता कार्यक्रमको अनुगमन, मूल्यांकन र लेखापरीक्षण संयुक्तरुपमा गर्न सकिने गरी ढाँचा बनाइएको छ। यस्तै आयोजना अघि बढाउन कार्यान्वयन इकाइ नेपाल सरकारले तोकेअनुसार हुने गरी दुई देशबीच समझदारी हुन लागेको पनि स्रोतले जानकारी दिएको थियो।

भारतीय दूतावासको सहयोगमा नेपालमा विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचना निर्माण भइरहेका छन्। तर दूतावासमार्फत त्यसरी दिइने आर्थिक सहयोगको नेपालमा निरन्तर विरोध हुँदै आएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित गत वर्ष नियमित रूपमा सञ्चालन भएको मेला यस वर्ष नखुलेपछि उपल्लो डोल्पाका स्थानीयवासी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभ... सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज ५, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्