• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टयांकर’बाटै हवाई इन्धन
64x64
उत्तम काप्री मंगलबार, मंसिर १७, २०७६  १५:५०
1140x725

काठमाडौं- चालू आर्थिक वर्ष २०७६/०७७ भित्रै  सञ्चालनमा ल्याउने तयारी भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ब्राउजर (हवाई इन्धन बोक्ने टंयाकर)बाटै जहाजमा इन्धन रिफ्युलिङ (लोड) गर्नुपर्ने भएको छ।

विश्वका अधिकांश विमानस्थलले हाइड्रेन्ट  (भूमिगत पाइपबाट पार्किङमै हवाई इन्धन लोड गर्ने प्रविधि) सुरु गरे पनि नेपालले भने पुरानै प्रणालीबाट जहाजमा इन्धन लोड गर्ने गरी संरचना बनाएको छ।

अहिले अधिकांश विमानस्थलमा ब्राउजरमा तेल लगेर जहाजमा  रिफ्युलिङ गर्ने प्रणाली अन्त्य भइसकेको छ।  तर, नेपालले भने सञ्चालनको तयारीमा पुगेको नयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानसथलमा पनि पुरानै प्रणालीबाट इन्धन भर्नुपर्ने गरी संरचना बनाएको हो। 

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुरानै प्रणालीबाट जहाजमा इन्धन  रिफ्युलिङ गर्नुपर्ने गरी संरचना निर्माण भएको छ,’ नेपाल आयाल निगमका निर्देशक दीपक बरालले भने, ‘यसका लागि  हामीले क्षमता विस्तारको काम सुरु गरेका छौं।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संरचना निर्माण गर्दा नै जहाजमा हाइड्रेन्ट प्रणालीबाट इन्धन भर्न मिल्ने गरी काम  नभएको उनको भनाइ छ।

अहिले बसिनसकेको संरचनामा पुनः हाइड्रेन्ट  प्रणालीबाट इन्धन भर्न पार्किङ वेको ढलानसमेत काट्नुपर्ने उनको भनाइ छ।

थप नयाँ संरचना बनाउन पनि लागत बढ्ने निगमको भनाइ छ। विमानस्थल निर्माणकै चरणमा हाइड्रेन्ट प्रणालीबाट इन्धन लोड गर्न सक्ने प्रविधि जडान गर्नु पर्ने भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त काम नगरेको बराल बताउँछन्।
अझै पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हाइड्रेन्ट प्रणालीबाट तेल लोड गर्ने प्रविधि विकास गरेमा आफूहरुले पुरानो ब्राउजर प्रणाली लागू नगर्ने उनको भनाइ छ।

ब्राउजरमा तेल बोकेर जहाज पार्किङ स्थलमा गई इन्धन रिफ्युलिङ गर्नुपर्ने भएपछि निगमले दुईवटा २७ किलोलिटर क्षमताको ब्राउजर (हवाई इन्धन बोक्ने एक प्रकारको ट्यांकर) खरिद गर्न लागेको बरालले बताए।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दुईवटा सानो १६ किलोलिटर क्षमताको ब्राउजरबाट आन्तरिक उडानका जहाजमा इन्धन रिफ्युलिङ भइरहेको छ,’ बरालले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई इन्धन भर्नका लागि खरीद गरिएका दुईवटा ब्राउजर पनि  जनवरी-फेब्रुअरीभित्रै आइपुग्छन्।’

Ncell 2
Ncell 2

साथै निगमले अहिले तत्कालका लागि पुरानै ठाउँमा हवाई इन्धन राख्ने भण्डारको क्षमता बढाउने र पछि प्राधिकरणले उपलब्ध गराएको ७ विघा जग्गामा आधुनिक इन्धन भण्डार बनाउने तयारी गरेको बराल बताउँछन्। नयाँ इन्धन भण्डार क्षमता बढाउन टेन्डर डकुमे समेत बनेको उनको भनाइ छ। 

विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ। चिनियाँ निर्माण कम्पनीले कात्तिक मसान्तसम्ममा झन्डै ८५ प्रतिशत काम सकिसकेको छ।

अहिले निर्माण सम्पन्न भइसकेको जहाज पार्किङ वेमा हाइड्रेन्ट प्रणाली नरहे पनि नयाँ बन्ने जहाज पार्किङ वेमा राख्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्। अहिले विमानस्थलमा साना ३वटासहित ठूलामात्रै जहाज पार्किङ वे छ। ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि अहिले जहाज पार्किङ वे क्षेत्रबाट आन्तरिक उडानमात्रै हुन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडानमा आउने जहाजका लागि बन्ने नयाँ थप पार्किङ वेमा हाइड्रेन्ट प्रणालीबाट हवाई इन्धन रिफ्युलिङ गर्ने गरी संरचना निर्माण हुन्छ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम

विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माण अन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको छ।

आयोजनाको कार्यालयले पनि विमानस्थल सञ्चालनका लागि मार्चसम्म योग्य बनाउने गरी काम भइरहेको जनाएको छ। सरकारले पनि आउँदो वैशाखभित्र विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ। सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।

सम्झौताअनुसार ठेकेदारले सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि सन् २०१९ को डिसेम्बरसम्ममा सक्नुपर्ने गरी म्याद थप भएको थियो। 

थप भएको समयभित्र पनि फिनिसिङको काम बाँकी रहने भएकाले समय थपको तयारीसहित छलफल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोत बताउँछ। सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।

विमानस्थलमा रन वे निर्माणको काम सकिइसकेको छ भने प्रशासनिक भवन निर्माणको काम पनि लगभग पूरा भएको छ। टर्मिनल भवनको मुख्य संरचनाको काम पनि सकिएको छ। विमानस्थलको टर्मिनल भवनमा मार्बल, टायल, सिसिटिभी, एक्स-रे मेसिन जडानलगायतका काम सुरु भएको छ।

योसँगै निर्माण कम्पनीले अहिले कार पार्किङ क्षेत्रको काम थालेको छ। टर्मिनल भवनभित्र सेन्टल एसी स्टिम, डिस्प्ले बोर्ड, सिसिटिभी, युपिएस, सञ्चार उपकरण, एक्स-रे मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि धमाधम भइरहेको छ। टर्मिनल भवनमा रहने ८ सय १० वटा मुख्य उपकरणमध्ये ब्यागेज ह्यान्डिलिङ र लिफ्टको कामबाहेक अन्य उपकरण जडानको काम सुरु भइसकेको छ। ब्यागेज बेल्ट र लिफ्टको सामान पनि विदेशबाट आउने चरणमा छ।

यो काम पनि सामान आएको डेढ महिनाभित्र जडान सम्पन्न हुने आँकलन गरिएको छ। ‘आगामी डिसेम्बरभित्र निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि एउटा किला ठोक्ने काम पनि बाँकी रहन मिल्दैन,’ स्रोतले भन्यो, ‘थोरै पनि काम बाँकी रहेको अवस्थामा त्यसलाई सम्पन्न गर्न केही समय लाग्न सक्छ। तर, हाम्रो लक्ष्य डिसेम्बरभित्रै निर्माणका सबै काम सम्पन्न गर्ने नै थियो।

काम पनि केही बाँकी रहेको र हिसाब मिलानको काम पूरा गर्न पनि केही समय लाग्ने भएपछि ३ महिनाको समय थपको तयारी भएको छ। यसबाहेक विमानस्थल सञ्चालनका लागि अन्य निकायको व्यवस्थापन, प्रमाण पत्र, उडान क्यालिबेरेसन, टेस्ट ल्यान्डलगायतको काम भने थप समयमा हुने स्रोतको दाबी छ। बाँकी काम भनेको उपकरण जडानमात्र हो। यसमा ८ प्रतिशतको हाराहारीमा काम भइसकेको छ। सिभिलतर्फको ७ प्रतिशत काम बाँकी छ भने उपकरण जडानतर्फ करिब १० प्रतिशत काम बाँकी रहेको आयोजनाको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् शनिबार, जेठ २४, २०८२
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ शनिबार, जेठ २४, २०८२
सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्