buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

क्यासिनोले सरकारलाई तिरेनन् पौने २ अर्ब

रकम जोडदै पर्यटन विभाग, कुमारी चोक चुपचाप
64x64
उत्तम काप्री सोमबार, मंसिर १६, २०७६  ०६:००
1140x725

काठमाडौं- तारे होटल तथा विभिन्न ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएका झन्डै एक दर्जन क्यासिनोका सञ्चालकले सरकारलाई लामो समयदेखि कर तिर्न अटेरी गरेका छन्।

क्यासिनो सञ्चालन गरेबापत पाउनुपर्ने रकम पाउने सरकारी संस्थाले पनि वार्षिक रकम जोडदै जाने काम मात्रै गरेका छन्। समयमै क्यासिनो सञ्चालन गरेवापत राजस्व र रोयल्टी नतिर्ने उनीहरुलाई केही कारबाही भएको छैन।

सरकारले क्यासिनो नियमावली २०७० जारी गर्नु अगाडि र त्यसपछि सञ्चालन भएका अधिकांश क्यासिनोबाट रोयल्टी र राजस्व रकम संकलन गर्न सकेको छैन।

सरकारले क्यासिनोबाट उठाउनु पर्ने बक्यौतामात्रै पौन २अर्ब पुगिसेको छ। जसमा २०७२ साल अगाडिको बक्यौता एक अर्ब १९ करोड रुपैयाँभन्दा बढी छ।यो २०७२  चैत मसान्तसम्ममा महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा पुगेको बक्यौता रकम हो।

पर्यटन विभागले २०७२ मा क्यासिनो सञ्चालनबाट रकम असुलीका लागि भन्दै कुमारी चोकसँग सहयोग मागेको थियो। कुमारी चोकले पनि असुली प्रक्रिया थालेसँगै सबै क्यासिनो अदालतको शरणमा पुगेका थिए। तीमध्ये मल्ल होटलमा सञ्चालन भएको  क्यासिनोले पुरानो बक्यौता चुक्ता गरेको छ भने सोल्टी होटलले भने सर्वोच्चबाट रकम तिर्न नपर्ने गरी मुद्दा जितेको थियो। तर, सोल्टी होटलको नाममा रहेको  ६ करोड १३ लाख ३३ हजार रुपैयाँ कसले तिर्ने केही खुलेको छैन। पर्यटन विभागले पनि कोसँग उक्त रकम लिने भन्दै रकम उठाउने प्रक्रिया थालेको छैन। कुमारी चोकमा पुगेको अन्य क्यासिनोको मुद्दा भने विचाराधीन छ। त्यस्ता मुद्दा किनारा नलागेको भन्दै सबैले अन्तरिम आदेशका भरमा क्यासिनो सञ्चालन गरिरहेका छन्। 

कुमारी चोकमा पुगेको २०७२ चैत मसान्तसम्मको क्यासिनो बक्यौता रकम मात्रै १ अर्ब १९ करोड २ लाख ५३ हजार छ। यसको ४ वर्षको जरिवाना, ब्याज केही हिसाब हुन सकेको छैन।
जसमा  रिक्रिएसन सेन्टरको नाममा ५३ करोड ५० लाख ३३ हजार ९ सय २७ रुपैयाँ, दी फुलबारी रिसोर्ट पोखराका नाममा २४ करोड ६६ लाख ६४ हजार रुपैयाँ, ह्यापी आवरका नाममा ६ करोड ९९ लाख २७ हजार, अन्नपूर्ण होटल इन्टरनेश्नलका नाममा ११ करोड ७९ लाख १५ हजार, दी एभरेष्ट होटल १० करोड ३५ लाख ६२ हजार र याक एन्ड यतिको नामका ११ करोड ८७ लाख ५० हजार रुपैयाँ बक्यौता छ। कुमारी चोकमा गएको ८ वटा क्यासिनोमध्ये मल्ल होटल प्रालिका नामका रहेको बक्यौता चुक्ता भइसकेको छ। मल्ल होटलमा सञ्चालन भएको भेनस क्यासिनोले मुद्दा हारेपछि बक्यौता रकम तिरेको हो। तर, सोल्टी होटलले तिर्नुपर्ने ६ करोड १३ लाख ३३ हजार रुपैयाँ भने तिर्नु नपर्ने भन्दै फैसला भएपछि उक्त रकम सरकारको खातामा नआउने निश्चित भएको छ।

दायित्व कसको?

क्यासिनो नियमावली २०७० जारी हुनुअगाडि कुनै व्यक्ति वा संस्थाले क्यासिनोको लाइसेन्स पाउँदैन थिए। होटलले लाइसेन्स  लिएर विभिन्न व्यक्ति तथा संस्थालाई भाडामा दिँदै क्यासिनो सञ्चालन गर्थे। नयाँ क्यासिनो नियमावली आएपछि भने क्यासिनो सञ्चालनका लागि कुनै संस्था वा व्यक्तिले समेत नेपाल सरकारले तोकेको सर्त पुरा गरे लाइसेन्स पाउने व्यवस्था भयो। जसका कारण पुराना क्यासिनो सञ्चालन गर्ने व्यक्ति तथा संस्थाले क्यासिनो सञ्चालन गरेनन् र सरकारलाई रकम पनि तिर्न छाडे। सरकारले बक्यौता रकमका लागि पत्र काटे पनि होटलले तिर्न मानेन। उनीहरु अदालतको शरणमा पुगेसँगै पुरानो सवा एक अर्ब बक्यौता रकम ४ वर्षदेखि उठन सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

‘घरबेटीले भाडामा बस्नेसँग भाडा लिने र सरकारलाई घरवहाल कर बुझाउने दायित्व भएजस्तै भाडाका क्यासिनो सञ्चालन गर्ने अनुमति दिने होटलले नै पुरानो बक्यौता रकम बुझाउनुपर्छ,’ पर्यटन विभाग स्रोतले भन्यो।

अहिले होटलका मालिकले मैले त भवनको भाडा मात्रै लिएको हो भनेर रोयल्टीबापतको बक्यौता रकम तिर्नबाट पछाडि हट्न नपाउने स्रोतको भनाइ छ। कि त अदालतले स्टे अर्डर दिनुपूर्व पुरानो बक्यौता रकम पनि बुझाउन आदेश गर्नुपर्ने स्रोतको भनाइ छ ।

नयाँ बक्यौता पनि नाघ्यो आधा अर्ब

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा थपिएको क्यासिनो बक्यौता रकम पनि बढेर आधा अर्बभन्दा बढी पुगेको छ। अघिल्लो आवमा ४ वटा क्यासिनोको बक्यौता रकम ३६ करोड रुपैयाँ पुगेको थियो। तर, आर्थिक वर्ष २०७५/०७६ मा आइपुग्दा यो रकम बढेर ५२ करोडभन्दा बढी भएको पर्यटन विभागको भनाइ छ।  पछिल्लो  सरकारलाई क्यासिनो सञ्चालन गरेवापत रोयल्टी र राजस्व रकम नतिर्ने क्यासिनोमा केही पुराना पनि छन्। पर्यटन विभाग स्रोतका अनुसार पछिल्लो समयको क्यासिनो बक्यौतामा सबैभन्दा बढी रकम ह्यापी आवरकै छ। यसको नयाँ बक्यौता मात्रै १८ करोड ५५ लाख ९४ हजार रुपैयाँ हाराहारीमा पुगको छ।

यसैगरी गिल्ट क्यासिनोको  १३ करोड २८ लाख ५९ हजार रुपैयाँ बक्यौता छ। साथै र्‍याड क्यासिनोको ११ करोड र रर्क (मिनि क्यासिनो) को ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ।  रकम असुली गर्ने सरोकारवाला निकाय मौनजस्तै देखिएको छ। हरेक वर्षको हिसाब किताबमा क्यासिनो मालिकले नतिरेको रकमको ब्याज र जरिवानामात्रै जोडेर खातामा देखाउने काम भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोत बताउँछ। ‘रकम असुलीको कारबाही प्रक्रिया थालेसँगै माथिबाट दबाब आउँछ,’ स्रोतले भन्यो, ‘ बन्दको त कुरै छोडौं।’ 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्