• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'भन्नुमात्रै लोकमार्ग, बनाइदियो उठिबास'

64x64
नेपाल लाइभ बिहीबार, असोज ५, २०७४  १५:०३
1140x725

तेह्रथुम- गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित थिए। घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उनलाई त्यतिबेला गाउँको विकासको गति सुरु भएछ भन्ने लागेको थियो  तर सडकले विकास होइन उनी जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ। 

नेपाल–भारत सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि महाकाली नदी बैतडीको झुलाघाटसम्म जोड्ने यो सडक निर्माण गर्दा जिल्लाका सयौँ किसानको खेतबारी पहिरोमा परिणत भएको छ। कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ। खेतबारी बीचबाटै निर्माण भएको लोकमार्गले खेतबारी नै बगाउन थालेपछि उनीहरुकोे उठिबास लाग्न थालेको हो। लोकमार्ग निर्माण गर्ने ठेकेदारले सडक निर्माण गर्दा नाली नबनाएकाले बर्खाको भेलबाढी पसाउन आँटेको धान खेतमा पसेर बगर बनाइदिएको दुलालले बताए।

स्थानीयको गुनासो- 'अन्न फल्ने खेतबारी त लग्यो–लग्यो, बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो। अब के गर्ने होला?' 

Ncell 2
Ncell 2
nimb
nimb

साहुको खेत कूतमा रोप्दै आएका दुलालको २१ मुरी धान फल्ने खेतलाई मध्यपहाडी सडकको भेलबाढी पसेर बगर बनाइदिएको छ। परिवार पाल्ने धानखेत सबै बगाएपछि उहाँ अहिले निराश छन्हु। 'खेत सबै बगायो,' बगर बनेको धानखेत देखाउँदै उनले भने, 'साहुलाई कसरी कूत बुझाउने, परिवारलाई के खुवाउने?' १३ जनाको परिवार पाल्ने धानखेत आधाभन्दा बढी बाढीले बगर बनाइदिएपछि उनी चिन्तित छन्। 'लोकमार्गअन्तर्गत नै फराकिलो सडक निर्माण गर्दा थोरै मात्र भएको खेतबारी पनि कटौती भयो, गाउँको विकास हो भनेर मुआब्जा पनि खोजी गरिएन,' ओयाक्जुङकै अग्निबहादुर दर्जीको उस्तै दुखेसो छ, 'अहिले सडककै कारण पहिरोले बाँकी बारी र घरसमेत जोखिममा पारेपछि सुकुम्वासी जस्तै भएका छौं।' 

दर्जीको करिब ९ रोपनी जमिन सडक निर्माण गर्दा मासिएको थियो। धान, मकै फल्ने खेतबारीमा सडक बनेपछि परिवारलाई खान, लगाउन समस्या भएको उनले दुखेसो गरे। घरमुनिबाट गएको सडकमा पहिरो चलेकाले बास बस्ने घरपालीसमेत बगाउन आँटेको छ। 'अन्न फल्ने खेतबारी त लग्यो–लग्यो,' पहिरोले बगाउन आँटेको घरतर्फ देखाउँदै उनले भने, 'बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो। अब के गर्ने होला?' 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लोकमार्गले विकास होइन विनाश ल्याएको उनको बुझाइ छ। घरको करेसालाई छोएर गएको मध्यपहाडी लोकमार्गमा आएको पहिरोले सोही गाउँका ३६ वर्षीय लालबहादुर श्रेष्ठको पनि धान फल्ने तीन रोपनी खेत पुरिदिएको छ। सडक निर्माणताका पनि आफूहरूको धेरै जमिन कटानमा परेको र निर्माणपछि पनि बर्खाको भलबाढी व्यवस्थित नगर्दा पाक्न आँटेको अन्नबाली सबै बगाएको श्रेष्ठले बताए। गाउँ माझबाट आएको लोकमार्ग निर्माण गर्दा मुआब्जा दाबी नगरेका यहाँका धेरै किसानले सडककै लापरबाहीका कारण आफूहरूको उठिबास भएको भन्दै अहिले मुआब्जा दाबी गरिरहेका छन्। 

सडक निर्माण गर्ने ठेकेदारले ठूला मेसिन प्रयोग गरी सडक खनेको र छेउभित्तामा वाल, टेवा, पर्खाल, ड्रेनलगायत निर्माणमा ढिलाइ हुँदा सडक दायाँ–बायाँको हजारौँ रोपनी खेतीयोग्य जमिन पहिरो र बगरमा परिणत भएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाले सडक निर्माण गर्दा सडकले ओगटेको जमिनको पनि मुआब्जा नदिएको र निर्माणपछि पहिरो र बाढीले पुर्‍याएको क्षतिपूर्तिसमेत नदिँदा यहाँका धेरै किसान मारमा परेको स्थानीय एवं पूर्वजिविस सदस्य अम्बिकाप्रसाद दुलालले बताए। लोकमार्ग निर्माण गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले जताजतै पहिरो बगिरहेको स्थानीयवासीको आरोप छ। 

यसपालिको वर्षाका कारण लोकमार्गको तेह्रथुम खण्डमा मात्र सयौँ ठाउँमा पहिरो खसेको स्थानीयवासीको भनाइ छ। अधिकांश ठाउँमा सडक निर्माण गर्दा नाली व्यवस्थापन पनि सँगसँगै नहुँदा बर्खामा परेको पानी जम्मा भएर सडक बीचमै खोल्सीसरह बनेपछि बढी क्षति गरेको इसिबुका पुरुषोत्तम तिम्सिनाले बताए। लोकमार्गको बाटो निर्माण गर्दा बसोबास गरिरहेको घर परेमा मात्र ‘थोरै–धेरै’ मुआब्जा दिने र जग्गा जमिनको मुआब्जा दिने नीति नरहेको आयोजनाले जनाएको छ।रासस

प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्