एजेन्सी- केही समयअघि बलिउड अभिनेत्री श्रीदेवीको 'मम' फिल्म रिलिज भयो। फिल्मबाट उनले निकै तारिफ बटुलिन्। फिल्ममा उनले एक आमा र शिक्षिकाको भूमिकामा अभिनय गरेकी छन्।
हिन्दीसँगै थुप्रै दक्षिण भारतीय फिल्ममा पनि अभिनय गरेकी उनलाई तीमध्ये एक फिल्मको भने उनलाई सधैं याद रहनेछ। फिल्मको नाम हो- '१६ भयाथिनले'।
यो फिल्मको एक सिनमा उनले साउथ सुपरस्टार रजनीकान्तलाई थुक्नुपर्ने थियो। कैयौं रिटेकपछि सिन भने जस्तो हुन सकेन। थकिन बनेका रजनीकान्त श्रीदेवीको छेउ पुगे र आफूलाई साँच्चिकै थुक्न भने। रजनीले अनि मात्रै सिन सोचे जस्तो हुने बताए। त्यसपछि उनको आइडियाले काम गर्योभ।
श्रीदेवीले रजनीकान्तलाई साँच्चिकै थुकिदिइन्। सिनका लागि अर्को टेक लिनै परेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।