काठमाडौं– लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडका अवसरमा नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ । पारिवारिक जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक तथा जुटपत्ति समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak - Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको हो । यो लिंक https://goo.gl/w1s2G2 उक्त एप्लिकेशन डाउनलोड गर्न सकिनेछ ।
एक्लै खेल्न सकिने मात्रै होइन, अनलाइन र अफलाइन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसँग एउटै नेटवर्कमा (मल्टि प्लेयर) बसी खेल्न सकिनेछ । विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा उक्त एप्लिकेशनमा रहेको स्मार्ट आइडिया (हाम्रो पात्रो) सन्तोष कुमार देवकोटाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।