काठमाडौं– गायिका मञ्जु पौडेलका आमाछोरीको जोडी खुब जमेको छ, आमा गाउने र छोरी नाँच्ने । यसअघिका गीतबाट प्राप्त प्रतिक्रियाबाट हौसिदै त्यही क्रम यसपल्ट दोहोर्याएका छन् । गायिका पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’को म्युजिक भिडियोमा उनकै छोरी स्नेहा पौडेलले नृत्य र अभिनय गरेकी छिन् । मधु साश्रुको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन्।
म्युजिक भिडियोको निर्देशन साहिन प्रजापतिले गरेका हुने भने सिनेम्याटोग्राफी दुर्गा पौडेलेका रहेको छ । निशान घिमिरेको सम्पादन रहेको म्युजिक भिडियोको कोरियोग्राफी बी गोर्खाली ब्वाइजले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।