• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘जब मैले आफू रोएर अरुलाई हसाएँ...’

64x64
नेपाल लाइभ आइतबार, मंसिर ८, २०७६  १९:१५
1140x725

नेपाली हास्य क्षेत्रमा परिचित नाम हो–जितु नेपाल। उनको रमाइलो पक्ष, उनी कुनै स्टेजमा पुग्नेबित्तिकै दर्शकहरू हाँसिदिन्छन्। 'जिरे खुर्सानी'बाट चर्चामा आएका उनी पछिल्लो समय ठूला ब्यानरका फिल्महरूमा व्यस्त छन्।

नेपाल लाइभको स्टुडियोमा दर्शक हँसाउने जितु संवादको क्रममा भावुक भए। सधैँ अरुलाई हसाउने मान्छे कहिलेकाँही रुन्छ कि नाई? हामीले उनीसँग जिज्ञासा राख्यौँ। 

जवाफमा उनले भने, ‘मैले जिन्दगीमा जति दर्शक हसाएँ त्यति म कहिल्यै हाँसेकै छैन। बेला बेला एकदमै पीडा हुन्छ। मेरा यस्ता पनि दिन थिए, जब म लामो समय स्टेज पछाडी रोएपछि स्टेज पुगेर दर्शक हसाउँथे।’

करिब ४/५ वर्षअघि। तिहारको बेला थियो। नारायण घाटमा एक्लै गाडी ड्राइभ गरेर एउटा कार्यक्रमम गएका थिए जितु। कार्यक्रमपछि उनले श्रीमतीलाई कल गरेर साँझ आफू घर आउने बताए।

माजिनटार भन्ने ठाउँमा कार्यक्रम थियो। १२ बजेतिर पुगे उनी। उनको स्टेजमा जाने पालो भयो। उनको कमेडी हेर्न करिब ३ हजार मान्छेको लहर थियो।

स्टेजमा जाने बेलामा मोबाइल अफ गर्ने जितुको बानी छ। अफ गर्नमात्रै के लागेको थिए एउटा नम्बरबाट फोन आयो। उनी बोले। उताबाट आतिँदै एउटा मान्छेले भन्यो, ‘तपाईंको मान्छे दुर्घटनामा पर्नुभएको छ। तपाईंको नम्बर दिनुभएको। उहाँलाई बिएण्डबी लगिएको छ तुरुन्त आउनुपर्‍यो।’

जितुले आतिँदै भने, ‘कोे... को?’

‘तपाईंको श्रीमती हुनसक्छ,’ उताबाट बोल्यो।
 

Ncell 2
Ncell 2


जितुको होस हवास उड्यो। ठूलो प्रकोप आइलाग्यो। ‘लगत्तै दाइहरूबाट थाह पाएँ। मेरो मिसेस दुर्घटनामा परिछन्। उताबाट छिटो आइज भने,’ जितुले सुनाए।

स्टेजमा पस्नै लागेका उनी एकाएक रोकिए। शीर गह्रुंगो भयो। आँखा रसायो। उनको अनुहारको भाव पढिनसक्नु भइसकेको थियो त्यतिबेला।

‘आयोजकलाई मेरो पालोमा अरु गायकलाई टाइम दिनु भनेर एकछिन बसेँ। पछि सामान्य अवस्था छ भनेर खबर आएपछि मात्र ढुक्क भएँ।’

त्यतिबेला पर्दा पछाडि आँसु पुछेर उनी स्टेजमा गए। 'जब म स्टेजमा गएँ, मैले सयौं दर्शक हसाउँन सफल भएँ। सायद त्यो मेरो प्यासन र खुबी थियो,’ जितुले भने।

बुबाको निधन हुँदा पनि जितुलाई एकदम पीडा भएको थियो। ‘बुबाको मत्यु भएको १३ दिनपछि नै मैले हसाउँन थालेँ।  त्यो मेरो बाध्यता नै थियो। जतिबेला म आफू नै ठूलो पीडामा थिएँ।’

जितुलाई कसैले केही भन्दैमा बिझाइहाल्छ। छिट्टै आँसु आउँछ जितुको।

उनी  एकपल्ट अमेरिका गएर दुई महिना बसे। एयरपोटमा उनलाई लिन उनको छोरी र श्रीमती बसिरहेका थिए। उनी धेरै पछि घर आउँदा खुसीमिश्रत भावमा थिए। तर उनीसँगै दुईटा लास बाकसमा आउँदा उनको मुटु थामिएन। उनी भक्कानिए।

कहिलेकाहीँ हसाउँदा हसाउँदै पनि भावुक हुन्छन् जितु।

‘एकपल्ट अनुराधा दिदीले एउटा बिरामी देखाइन्। एउटा छोरीलाई एचआइभी लागेको रैछ। उनी अन्तिम स्थितिमा रहेछिन्। मैले मलाई देख्यौ भनेर सोधेँ। ‘मुन्द्रे अंकल,’ सानो आवाजमा बच्चीले बोलाउँदा भन्दा म आफैं भक्कानिएँ। आँसु नथामिएपछि म अर्को कोठामा गइहालेँ,’ जितुले भावुक हुँदै भने।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्