काठमाडौं- ठूलाठूला कुरा सम्झिने तर सानातिना कुरामा ख्याल नगर्ने आम बानी हो। त्यसैले ब्याट्री टोकेरे, रिमोट ठोकेर, टुथपेस्ट काटेर चलाउनुपर्ने बाध्यता धेरैलाई परेको होला।
प्रायःले जस्तै घरमा टुथपेस्ट सकिएको दाँत माझ्ने बेला सम्झिने रहिछन् अभिनेत्री नीता ढुंगानाले। आफ्नो यो बानीलाई जिस्क्याउन आफैंले भिडियो बनाएकी छिन्। टुथपेस्ट सकिएपछि काटेर काम चलाइरहेको देखाउँदै उनले भनिरहेकी छिन्, ‘तपाईंहरु विश्वास गर्नुहुन्छ? एउटा हिरोइनको घरमा टुथपेस्ट सकिएको तीनतीन दिन भइसक्यो। प्वाल पारेर काम चलाइरहेकी छु। आज चाहिँ बिर्सिन्नँ।’
आफ्नो बिर्सिने बानीमाथि यति व्यंग्य गरिसकेपछि अब उनले बिर्से पनि भिडियोले चाहिँ सम्झाइरहनेछ!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।