• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?

64x64
नेपाल लाइभ शनिबार, मंसिर ७, २०७६  १५:३५
1140x725

चितवन जिल्लामा लगाइएको गरिमा भनिएको धान। देशका १३ जिल्लामा लगाइएको धानमा दाना नलागेपछि कृषक चिन्तित छन्। कृषकलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। तस्बिर: विमर्श कँडेल


काठमाडौं- गरिमा जात बिउ भनी लगाइएको धानमा बाला नलागेपछि १३ जिल्लाका हजारौं किसान पीडित बनेका छन्। १ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानमा बाला नलागेको प्रारम्भिक प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको छ। तर व्यक्तिगत रुपमा कुन किसानको कति क्षति भएको र कति क्षतिपूर्ति पाउने भन्ने विषय उल्लेख भएको विस्तृत विवरण भने अझै सार्वजनिक भइसकेको छैन। 

'कुन किसानले कति क्षेत्रफलमा लगाएको धानमा बाला नलागेको हो? र कति क्षतिपूर्ति पाउने भन्ने विषय अध्ययन गर्न मन्त्रालयले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बीउ विकास अधिकृत मदन थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले शुक्रबार मात्र नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्यास भुसाललाई यो विषयमा ‘ब्रिफ्रिङ’ गरेको मन्त्रालयका सचिव डा युवकध्वज जीसीले बताए। उक्त कार्यदलले क्षतिको प्रारम्भिक विवरण मन्त्रालयलाई जानकारी गराए पनि विस्तृत विवरण भने तयार भइसकेको छैन।

जिसीका अनुसार बीउबिजन ऐन २०४५ (संशोधन २०६४) अनुसार उत्पादन गर्ने कम्पनी र आयातकर्ताबाटै क्षतिपूर्ति तिराउने व्यवस्था रहेकोमा सोही अनुसार अघि बढ्ने मन्त्रालयको तयारी छ। ‘अहिलेको ऐनले उत्पादक र आयातकर्ताबाटै क्षतिपूर्ति भराउनु भन्ने व्यवस्था गरेको छ। त्यहीअनुसार गराउन मन्त्रालयले प्रकृया अघि बढाएको छ,’ सचिव जिसीले भने। 

भारतको हैदरावादस्थित रेनोभा सिड साइन्स इन्डिया प्रालिले उत्पादन गरेको यो जातको बिउ नेपालमा आयात प्रस्तावक साउथ इस्ट एसिया सिड कम्पनी, नेपालगञ्ज रहेको देखिन्छ। त्यस्तै यसको आयातकर्ता कम्पनी दाङको लमहीमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि हो। आयातकर्ता कम्पनी नेपालको भए पनि उत्पादक कम्पनी भारतको भएका कारण उक्त कम्पनीबाट क्षतिपूर्ति कसरी भराउने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। 

यस्तो प्रकृतिको घटना पहिलो पटक घटेका कारण कुन प्रक्रियाबाट सुल्झाउने भन्ने विषयमा अलमल रहेको सचिव जिसीले बताए।  ‘भारतीय कम्पनी भएका कारण सरकारी पहल गर्ने र कूटनीटिक माध्यमबाट जानु पर्ने पनि हुन सक्छ। यस्तो प्रकृतिको यो पहिलो घटना भएका कारण ठ्याक्कै यस्तै हुन्छ भन्ने नै भएन। क्षतिपूर्तिका विषयमा मन्त्रालयले प्रकृया अगाडि बढाएर सरकारमार्फत गराउने हो,’उनले भने। 

पालना भएन संसदीय समितिको निर्देशन 
गरिमा जातको धान लगाएर पीडित बनेका किसानलाई क्षतिपूर्ति दिन ढिलाई नगर्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकार उदासीन देखिएको छ।

संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले गरिमापीडित किसानलाई क्षतिपूर्ति दिने प्रकृया तत्काल सुरु गर्न गत कात्तिक १५ गते सरकारलाई निर्देशन दिएको थियो। ‘कुनै नियम–कानुन र प्रक्रिया भनेर किसानलाई क्षतिपूर्ति दिन ढिलाइ नहोस्। क्षतिपूर्ति नपाउँदा किसानहरु कृषि पेशाप्रति नै हतोत्साही हुने अवस्था आउन नदिन सरकारले पहल गरोस्,’ सरकारलाई निर्देशन दिँदै समिति सभापति पूर्णकुमारी सुवेदीले भनेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb
संघीय संसद्अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक। फाइल तस्बिर

समितिमा छलफलको क्रममा कृषि मन्त्रालयका सहसचिव रघुराम विष्टले क्षतिपूर्ति दिनका लागि प्रकृया सुरु भइसकेको र त्यो एक महिनाभित्र टुंगिने गरी काम भइरहेको समितिलाई जानकारी दिएका थिए। तर समितिले निर्देशन दिएको तीन हप्ता अवधि बितिसक्दा पनि यो विषयमा अपेक्षाकृत प्रगति भने हुन सकेको छैन।

यसरी भयो ठगी
२०७२ सालमा नेपाल सरकारले हाइब्रिड जातको धान भनी गरिमा जात धानको बीउ दर्ता गरेको थियो। ‘पछिल्लो तीन वर्षमा गरिमा जातको बिउ राम्रै फल्यो पनि,’ सचिव जीसी भन्छन्। ‘दुई-तीन वर्ष निकै राम्रो पनि फल्यो तर अहिले प्याकेटमा गरिमा लेखेर अर्कै धान ल्याइएको रहेछ। त्यो हाम्रो अनुसन्धानबाट ठहर भइसकेको छ,’ उनले भने। 

चितवनलगायत तराईका विभिन्न जिल्लामा धानको हाईब्रिड जात ‘गरिमा’ भनेर कृषकले लगाएको धानमा काट्ने बेला भइसक्दा पनि बाला लागेन। यसरी धानमा बाला नलागेर पीडित भएका किसानको संख्या धेरै देखिएपछि गत असोज १८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दीनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा १८ सदस्यीय अध्ययन समिति गठन भएको थियो। 

समितिले स्थलगत अनुगमन, निरीक्षण, बिउ तथा धानको बोटको डिएनए परिक्षण र किसानसँगको छलफल पछि उक्त जातको बिउ गरिमा जातको नभई भारतबाट आयात गरिएको अरु नै कुनै जातको धानको पुष्टि गर्‍यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गरिमा भनी बिक्री गरिएको जातको बिउ प्रायः सबै कृषकको खेतमा बोटको वृद्धि राम्रो देखिए पनि धानको बाला भने लागेन। उक्त जातको धान पाक्न लाग्ने अवधि १ सय ५५ दिनभन्दा बढी हुन सक्ने भएकोले बाला पसाउन ढिलो भएको र निरीक्षण गरेकामध्ये सबै कृषकहरूको बालीको प्रिमोडियाको अवस्था भर्खर बन्न सुरु भएको पाइएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ।

‘गरिमा जातको धानबाली तोकिएको समयभन्दा २५/३० दिन बाला निस्कन लाग्ने र बाला निस्किसकेको लगभग थप ३० दिनपछि मात्र बाली काट्ने अवस्थामा पुग्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ। उक्त बिउको विशेषतामा पाक्ने अवधि १२० देखि १२५ दिन, बोटको उचाई १००/१०५ सेन्टिमिटर, मसिनो दाना भएको, र  सिफारिस गरिएको क्षेत्र तराई र भित्री मधेश रहेको थियो। 

अध्ययन समितिले असोज तेश्रो साता स्थलगत अनुगमन गर्दा उक्त धान बाला निस्कने अवस्थाको प्रारम्भिक चरणमा रहेको र बाला निस्कन थप २० देखि २५ लाग्ने देखिएको थियो। जबकि उक्त धानको पाक्ने अवधि नेपालमा दर्ता भएको गरिमा हाइब्रिड धानको भन्दा करिब १ महिना बढी समय हो।  

निरीक्षण टोलीले तयार पारेको प्रतिवेदनमा कृषकहरुले चाँडो पाक्ने जात भनी विगत केही वर्षदेखि गरिमा धान लगाउँदै आइरहेको उल्लेख छ। ‘धान पाकेलगत्तै तरकारी बाली लगाउने योजनामा किसान रहेकोमा सो धान ढिलो तयार हुने देखिएकाले समयमै तरकारी लगाउन पाएका छैनन्। सो धान पाक्ने बेलासम्म पर्खिएमा चरा, मुसा र रोग किराबाट जोगाउन गाह्रो हुने भएकाले थप समस्या सृजना हुने भन्दै किसानहरु चिन्तित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ।

गरिमा धानमा भएको क्षति मूल्यांकन र सिफारिस गर्न गठित समितिको प्रारम्भिक अध्ययनअनुसार करिब १ हजार ४ सय ८ हेक्टर क्षेत्रफलमा लगाईएको धानमा बाला लागेको छैन। सबैभन्दा बढी चितवनका किसान यो धान लगाएका कारण पीडित बनेका छन्।

चितवनमा ६ सय ७६ हेक्टर क्षेत्रफलमा गरिमा जातको भनी धान लगाइएको थियो।

त्यसैगरी कैलालीमा २ सय ९१ हेक्टर, बाँके र बर्दियामा २ सय हेक्टर, कंचनपुरमा ५७ हेक्टर, दाङमा १ सय ५ हेक्टर, कपिलवस्तुमा ४ हेक्टर, तनहुँमा ४ हेक्टर र नवलपरासीमा १ सय ४२ हेक्टर क्षेत्रफलमा गरिमा जातको भनी भारतबाट आयात गरिएको हाईब्रिड जातको धानको बिउ लगाइएको थियो।

सम्बन्धित समाचारः
‘गरिमाले गरिब बनायो’
चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित
गरिमा धानलाई ‘सिड विपन’को रूपमा प्रयोग गरियो : राजन ढकाल [अन्तर्वार्ता]

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्