• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित २० हजार कठ्ठाको क्षतिपूर्ति दिनुपर्ने
64x64
नेपाल लाइभ शनिबार, मंसिर ७, २०७६  १०:१५
1140x725

चितवन- गरिमा धानका कारण चितवनमा मात्रै १० करोडभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लास्थित क्षतिपूर्ति मूल्यांकन समितिले तयार पारेको प्रतिवेदनका अनुसार उत्पादन क्षमताका आधारमा चीतवनमा कूल १० करोड १९ लाख ४८ हजार ८ सय ८४ रुपैयाँ ४० पैसा बराबको क्षति पुगेको छ।

जिल्लाभर गरिमा धान लगाउने कृषकको संख्या २ हजार ६ सय ५२ रहेको छ। कृषि ज्ञान केन्द्र प्रमुख राजन ढकालका अनुसार यस वर्ष गरिमा धान रोप्नका लागि मात्रै कूल १० हजार ९ सय ८१ दशमलब ३ किलोग्राम (केजी) बीउ खपत भएको छ। 

कूल १९ हजार ९ सय २४ दशमलब ९० कठ्ठा क्षेत्रफलमा गरिमा धान लगाइएकोमा प्रतिकठ्ठा उत्पादन मूल्य ५ हजार १ सय १६ रुपैयाँ ७० पैसा राख्दा सो क्षति भएको आँकलन भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख ढकालले जानकारी दिए। उनका अनुसार बीमा पोलिसीको आधारमा भने सो क्षतिको आँकडामा १० प्रतिशतले कम आँकलन गरिएको छ। ‘बीमाले जम्मा लागत मूल्यको ९० प्रतिशत मात्रै रकम क्षतिपूर्ति दिने प्रावधान छ,’ ढकालले भने, ‘बीमाले बेहोर्ने रकमका आधारमा मूल्यांकन गर्दा क्षतिको रकम ६ करोड ५१ लाख ८३ हजार ७ सय १२ रुपैयाँ ४० पैसा हुन आउँछ।’

बिमा पोलिसीका आधारमा प्रतिकठ्ठा ३ हजार ६ सय ३५ रुपैयाँ लागत मूल्य तोकिएको थियो।

‘गरिमा जातको धान सूचीकृत हुँदाका बखत उल्लेखित उत्पादन क्षमताका आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिएकोले हामीले केन्द्रमा सोही आधारमै सिफारिस गरेका छौं,’ उनको भनाइ छ। प्रमुख ढकालले कृषकहरुबाट प्राप्त निवेदनहरुका आधारमा अध्ययन र जाँचपछि तयार पारिएको विस्तृत प्रतिवेदन बीउबीजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरमा पेस भएको र सोही अनुसार नै क्षतिपूर्तिबारे निर्णय हुने जानकारी दिए।

‘चितवनबाट जस्तै अन्य प्रभावित जिल्लाहरुबाट पनि विस्तृत प्रतिवेदन मंसिर ७ सम्म  बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रमा पेस गरिसक्नुपर्ने निर्देशन छ। सोही अनुसार नै हामीले प्रतिवेदनलाई मंगलबार मात्रै अन्तिम स्वरुप दिइ पेस गरिसकेका छौं,’ ढकालले भने, ‘७ गतेपछि हुने केन्द्रको बैठकमा हाम्रो पनि प्रतिवेदन पेस हुनेछ र सबै जिल्लाहरुमा दिइनुपर्ने क्षतिपूर्तिबारे आवश्यक निर्यण लिइनेछ। यस बैठकबाटै व्यवसायीलाई कारबाहीको प्रक्रिया थाल्ने सम्बन्धमा समेत आवश्यक निर्णय लिइनेछ।’

कसरी गरियो लगत संकलन?
चितवनमा गरिमा जातको धान लगाउने कृषक तथा बीउ व्यवसायी संघ समेतबाट सो धानमा बाला नलागेको सम्बन्धमा निवेदन परेपछि कृषि ज्ञान केन्द्र, चितवनले पटकपटक स्थलगत अनुगमन र यसका प्राविधिक पक्षहरुका बारेमा समेत अध्ययन गरेको थियो। स्थलगत अनुगमनका क्रममा बाला लागिसक्नु पर्ने समयभन्दा केही दिन ढिलासम्म पनि बाला नलागेको पाइएपछि केन्द्रले गत असोज ५ मै बीउबीजन गुणस्तर नियन्त्रण केन्द्र, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र प्रदेश ३ अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै मूल्यांकनका लागि प्रतिनिधि पठाइदिन आग्रह गरेको थियो।

सोपश्चात्  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अध्ययनका लागि भन्दै एक समिति गठन गरेको थियो। सो समितिले असोज ६ र ७ मा निरीक्षण तथा अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। सो प्रारम्भिक प्रतिवेदनमा २५-३० दिन सम्ममा बाला लाग्नसक्ने, मोर्फोलोजिकल ट्रेट र बाली पाक्ने अवधिको हिसाबले खडा बाली दर्ता भएको गरिमा हाइब्रिडसँग मेल नखाएको, डिएनए फिंगरप्रिन्टका लागि संकलित धानको नमूना पठाउने तथा त्यसपछि मात्रै थप निर्णय लिने विषय सुझाइएको थियो।

डिएनए फिंगरप्रिन्टको नमूना जाँच गर्दा गरिमा भनेर प्रिन्ट गरी पठाइएको उक्त बीउ अर्कै जातको रहेको पुष्टि भएको बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रले स्पष्ट पारेको छ।

सोपश्चात् पनि उक्त धानको सम्बन्धमा आवश्यक निरीक्षण तथा अध्ययन गर्दै कृषकलाई विभिन्न किसिमबाट सुसूचित गराउने काम गराउँदै आइएको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ। 

‘धानमा समयमा बाला नलागेको गुनासो आएपछि हामीले अवलोकन गरेर परीक्षणका लागि नमूना संकलन गर्‍यौं। डिएनए परीक्षणपश्चात् सरकारले सिफारिस गरेको गरिमा धान नभएको पुष्टि भयो। तर, केही प्लट जहाँ कृषि प्रविधिक तथा कृषि ज्ञान केन्द्रको सल्लाहमा बालीको स्याहारसुसार गरिएको छ, त्यस्ता खेतमा भने फसल राम्रो लागेको छ। यद्यपि यसको मतलब यो होइन कि बीउमा समस्या थिएन,’ प्रमुख ढकालको भनाइ छ।

विभिन्न चरणमा भएका अध्ययन र अनुसन्धानपछि ‘मिस प्याकेजिङ’ भएको निष्कर्ष निकाल्दै कृषकहरुलाई क्षतिपूर्ति दिने प्रक्रिया थालिएको हो। सोका लागि कृषि ज्ञान केन्द्रले गरिमा धान लगाएका सबै कृषकहरुलाई आफू सम्बन्धित वडामा गई जनप्रतिनिधिमार्फत प्रमाणित गराइ निवेदन दिन भनेको थियो। निवेदनमा आफूले बीउ किन्दा प्राप्त बिल तथा जग्गाधनी प्रमाणपूर्जा र नागरिकताको प्रतिलिपिसमेत सामेल गर्न भनिएको थियो। सम्बन्धित सबै वडाहरुबाट संकलन गरिएका किसानहरुका निवेदन कृषि ज्ञान केन्द्रमा संकलन गरिएको थियो। सोही निवेदनकै आधारमै प्रत्येक स्थानीय तहमा पुगेर क्षति तथा बाली लगाइएको जमिनको क्षेत्रफलको मूल्यांकन गरिएको हो।

स्थानीय तहबाट प्राप्त किसानका निवेदनका अलावा स्थलगत अनुगमन, निरीक्षण तथा अध्ययनपश्चात् कृषि ज्ञान कन्द्रले क्षतिको मूल्यांकन गरेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जानकारी दिए। जसका लागि ५ सदस्यीय क्षतिपूर्ति मूल्यांकन समिति बनाइएको थियो।

‘बीउबीजन नियमावली २०६९’ मा व्यवस्था भएबमोजिम गठित उक्त मूल्यांकन समितिको संयोजकमा बीउबीजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवन, ललितपुरका प्रमुख मदन थापा थिए। थापा बाहेक कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, सम्बन्धित स्थानीय तहका प्रमुख वा प्रतिनिधि, नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)का प्रतिनिधका रुपमा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुर, चितवनका वैज्ञानिक घनश्याम भण्डारी र बीउबीजन व्यवसायी संघ चितवनका सचिव प्रेम कुँवर सदस्य थिए।

हाल यस बीउलाई नेपालमा बिक्रीवितरण गर्न पूर्ण रुपमा रोक लगाइएको छ।

राप्ती नगरपालिकामा सबैभन्दा बढी क्षति
क्षतिपूर्ति मूल्यांकन समितिले अध्ययन तथा अनुसन्धानपश्चात् तयार परेको प्रतिवेदनका आधारमा चितवन जिल्लामा सबैभन्दा बढी असर राप्ती नगरपालिकामा परेको छ। राप्ती नगरपालिकामा कूल ६ हजार ४० कठ्ठा क्षेत्रफलमा गरिमा धान लगाइएको पाइएको छ। राप्तीमा मात्रै ७ सय ९१ कृषकले क्षतिपूर्तिका लागि निवेदन दिएको जानकारी दिँदै प्रमुख ढकालले ३ हजार ३ सय ३७ केजी धानको बीउ खपत भएको बताए।

उत्पादन क्षमताका आधारमा प्रतिकठ्ठा ५ हजार १ सय १६ रुपैयाँ ७० पैसा क्षतिपूर्ति बेहोर्दा राप्तीमा मात्रै ३ करोड ९ लाख ४ हजार ६ सय ६६ रुपैयाँ ७० पैसा खर्च हुने देखिन्छ। यो रकम कूल क्षतिको ३० दशमलब ३१ प्रतिशत हुन आउँछ।

यसबाहेक खैरहनी नगरपालिकामा ४ हजार १ सय ११ दशलमब ९ कठ्ठा, भरतपुर महानगरपालिकामा ३ हजार २ सय ७५ दशमलब ८ कठ्ठा र रत्ननगर नगरपलिकामा ३ हजार १ सय ३० दशमलब ७ कठ्ठामा गरिमा धान लगाइएको छ। चितवनको दक्षिणस्थित माडी नगरपालिकामा २ हजार २ सय ९८ कठ्ठमा गरिमा धानको रोपाइँ भएकोमा जिल्लाभरीकै सबैभन्दा कम कालिका नगरपालिकामा १ हजार ६८ दशमलब ५ कठ्ठामा यो धानको खेती गरिएको तथ्यांक छ।

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भने कोही पनि कृषकबाट क्षतिपूर्तिको मागसहित निवेदन नपरेकोले सो क्षेत्रमा यस धान नरोपिएको हुन सक्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख ढकाल बताउँछन्।

चितवनका स्थानीय तहमा भएको क्षतिको विवरण

उत्पादन क्षमताको आधारमा क्षतिको विवरण

बिमा पोलिसीको आधारमा क्षतिको विवरण

‘क्षतिपूर्ति दिँदा सबै कृषकलाई समान व्यवहार हुन्छ’
क्षतिपूर्ति सिफारिसका हकमा सबै किसानलाई समान व्यवहार गरेर मूल्यांकन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल बताउँछन्। ‘यसकोमा फसल लागेको छ कम क्षतिपूर्ति दिने र यसकोमा फलको छैन बढी क्षतिपूर्ति दिने भन्ने गरेका छैनौं,’ ढकालले थप स्पष्ट पारे, ‘त्यसमाथि किसानहरुले बीउ किन्दा हाइब्रिड भनेर नै किनेका कारण यसको मूल्यांकन पनि सोही आधारमा गरेका छौं।’

सामान्य बीउका हकमा ६०:४० को अनुपातमा क्षतिपूर्ति दिने अभ्यास रहे पनि हाइब्रिड बीउका हकमा राष्ट्रिय रुपमा गरिँदै आएको अभ्यासका आधारमा १:३ को अनुपातमा बढी क्षतिपूर्ति दिनका लागि सिफारिस गरिएको उनको भनाइ छ। ‘त्यसमाथि अन्य हाइब्रिड धानको १ किलोग्राम बीउले एक कठ्ठालाई पुग्थ्यो भने अहिले लगाइएको १ किलोग्राम बीउले कम्तीमा २ कठ्ठालाई पुगेको छ। यसकारण पनि बढी सिफारिस गर्नुपर्ने अवस्था रह्यो,’ उनले भने।

प्रमाणसहित निवेदन दिने र कानुनी प्रक्रिया पूरा गरेका सबै किसानले क्षतिपूर्ति पाउने बताउँदै उनले नयाँ सिजनको बाली लागउनुपर्ने समय बिलम्ब भएकोले किसानलाई घाटा लागिसकेकोले पनि क्षतिपूर्ति अनिवार्य गरिएको स्पष्ट पारे।

गरिमा नामक उक्त धानको उत्पादन भारतको हैदरावादस्थित रेनोभा सिड साइन्स इन्डिया प्रालिले गरेको हो भने नेपालमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि, लमही नगरपालिका-३, दाङले आयात गरेको हो।

सम्बन्धित समाचार: 

‘गरिमाले गरिब बनायो’

गरिमा धानलाई ‘सिड विपन’को रूपमा प्रयोग गरियो : राजन ढकाल [अन्तर्वार्ता]

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्