• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सागमा कुन खेलको अवस्था के?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  १६:०५
1140x725

काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन १० दिन मात्र बाँकी छ। १५ गते हुने उद्घाटन अघि नै मंसिर ११ मा हुने भलिबललाई हेर्ने हो भने त साग सुरु हुन साता दिन पनि छैन। यस्तोमा कतिपय पूर्वाधार निर्माणकै काम सकिएको छैन। 

सागका लागि तयारी अन्तिम चरणमा भनिए पनि महत्वपूर्ण खेलस्थलहरु निर्माणको काम नै नसकिएको हो। अन्तिम तयारीको दौडधुप देखिइरहँदा खेलाडीहरु नियमित प्रशिक्षणमा छन्। 

सागमा नेपाललबाट ५ सय ९९ खेलाडी प्रशिक्षण गरिरहेका छन्। विशेष तयारीमा रहेका खेलाडीमा ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीहरु छन्। 

सागमा समावेश भएका विभिन्न २७ खेलमध्ये २१ खेलले वैदेशिक प्रशिक्षण पाएको छ। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार नेपालले सबै खेलको तयारीमा विशेष ध्यान दिएको छ।  ‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढी पदक जित्ने आशा लिएका छौं,’ उनले भने । 

नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको थियो। साउन १ देखि भदौ १५ सम्म प्रथम चरणको प्रशिक्षण, भदौ १६ देखि असोज ३० सम्म दोस्रो चरण र कात्तिक १ देखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको हो। 

समितिले फेन्सिङ्ग, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेलहरु गरी २१ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी भएको र केही वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ। 

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको बताइएको छ।

साग बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्धीसमेत हासिल गरेको समितिले जनाएको छ। करातेले दक्षिण एसियाली कराते च्याम्पियनसिमपा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो। महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ काश्य जितेको थियो। पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विश्व तेक्वान्दो हान्मादाङ्ग च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो। त्यसैगरि चाईना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ। सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्य सुशिल नरसिंह राणाले बताए।

२७ खेलमा जनकपुरमा एक, पोखरामा नौ र काठमाडौंमा १९ खेलहरु सञ्चालन गर्ने तय छ। फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुँदैछन्। सागमा पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड र प्रतियोगिता आयोजनका लागि ३ अर्ब ६५ करोड रुपैयाँ निकासा भएको छ। कुल ३ सय २४ स्वर्णका लागि हुने प्रतिस्पर्धामा नेपालले ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ।

सागमा कुन खेलमा के?

तेक्वान्दो
सन् १९९९ मा काठमाडौंमा भएको आठौँ साग प्रतियोगिताबाट तेक्वान्दो सागमा समावेश भएको थियो। त्यसमा नै नेपालले सहभागिता सुरु गरेको थियो। त्यसपछि हरेक सागमा नेपाल तेक्वान्दोमा सहभागी भइरहेको छ। 

Xtrem

Xtrem

तेक्वान्दोमा नेपाललले अहिलेसम्म २४ स्वर्ण, १४ रजत र ८ कास्य पदक जितेको छ। सागको इतिहासमा तेक्वान्दो खेलाडी दीपक बिष्टले लगातार ४ पटक स्वर्ण जितेर कीर्तिमान समेत बनाएका थिए। 

तेक्वान्दोमा दक्षिण एसियाका देशहरुलाई हेर्दा नेपाली खेलाडीको स्तर राम्रो नै छ। प्रशिक्षण सन्तोषजनक रहेकाले यसपटक घरेलु मैदानमा पदकको सम्भावना बढी रहे पनि पर्याप्त वैदेशिक प्रशिक्षणको कमी र अन्तर्राष्ट्रिय सहभागिताको अभावले तेक्वान्दोमाथि उपाधिको सम्भावना कठिन बनेको छ।

यसमा ग्योरोगीतर्फका खेलाडीले भने चीनमा र पुम्सेतर्फका खेलाडीले मलेसियामा प्रशिक्षण गरेका छन्। तेक्वान्दोका खेलहरु सातदोबाटोमा हुनेछन्।

उसु
सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १०औँ सागबाट सहभागिता सुरु भएको उसुमा नेपाल निरन्तर सहभागी छ। त्यसबेला १०औँ सागमा उसुमा दुई स्वर्ण जितेको नेपालले ११ औँ सागमा पनि दुई स्वर्ण नै जितेको थियो भने १२औँ सागमा १ स्वर्ण मात्रै जित्यो। 

विशेष त उसुको थाउलो बिधामा नेपाली खेलाडीहरु राम्रा छन्। चीनको सांघाइमा भएको १५औँ विश्व उसु च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीको प्रदर्शनले पनि उसुमाथि १३औँ सागमा आश बढेको छ। नेपाली खेलाडीहरुले उसुमा अभ्यास गरिरहेको नेपाल आर्मीको लगनखेलस्थित कबर्ड हल नै प्रतियोगिता स्थल रहेको छ। 

थाउलोतर्फ बलियो भए पनि नेपाल उसुको सान्सौतर्फ भने केही कमजोर छ। नेपालका लागि विशेष त भारत र श्रीलंका मुख्य चुनौती देखिएका छन्। 

उसुमा ८ जना थाउलु र १४ जना सान्सौतर्फ गरी २२ खेलाडी बन्द प्रशिक्षणमा छन्। उसुमा महिला र पुरुष दुवै गरी ८ वटा स्वर्ण जित्ने लक्ष्य रहेको छ। उसुका खेलहरु लखेनखेलको आर्मी शारीरिक व्यायाम केन्द्रमा हुनेछन्।  

जुडो
सन् १९९१ मा श्रीलंकामा भएको पाँचौ सागदेखि सागमा जुडोको सहभागिता सुरु भएको हो। नेपालले भारतमा भएको सागको सातौँ संस्करणमा जुडोमार्फत तीन स्वर्ण पदक जितेको थियो। त्यसपछि १२ औँ सागमा मात्रै एक स्वर्ण पदक जित्न सक्यो। 

जुडोका २० खेलाडी छनोट गरेर उनीहरु नियमित प्रशिक्षणमा छन्। जसमा १६ खेलाडी मंगोलियामा र ४ खेलाडी जापानमा प्रशिक्षणमा छन्। जापानका प्रशिक्षक ल्याएर पनि जुडो खेलाडीलाई प्रशिक्षण दिइएको थियो। अन्तर्राष्ट्रिय सहभागिताको कमी, आर्थिक अभाव र प्राविधिक साधनको कमीका

कारण सोचेको जस्तो हुन नसकेको जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य बताउँछन्। पछिल्लो अभ्यासका आधारमा जुडोमा ४ खेलाडीले स्वर्ण पदक जित्ने आश गरिएको छ। जुडोका खेलहरु लखेनखेलको आर्मी शारीरिक व्यायाम केन्द्रमा हुनेछन्।  

कराते
सन् १९९९ मा काठमाडौंमा भएको आठौँ सागदेखि कराते समावेश गरिएको हो। त्यसपछि निरन्तर भए पनि भारतमा भएको १२ औँ सागमा भने कराते समावेश गरिएन। 

यसपटक नेपाली भूमिमा हुने सागका लागि कराते खेलाडीहरु नियमित प्रशिक्षणमा छन्। करातेमा नेपाली खेलाडीहरु शारीरिक र मानसिक रुपमा बलियो रहँदै स्तरीय प्रदर्शन गरिरहेको प्रमुख प्रशिक्षक मदन उप्रेती बताउँछन्। 

सागको विगत हेर्दा पनि करातेमा नेपाली टिमको प्रदर्शन सम्मानजनक छ। सबैभन्दा सफल आठौँ सागमा नेपालले करातेमा १४ स्वर्ण, १ रजत र १ कास्य पदक जितेको थियो। त्यसपछिका सागमा भने त्यत्तिको प्रदर्शनको निरन्तरता हुन सकेन। नवौँ सागमा नेपालले करातेमा दुई स्वर्ण जितेको थियो।

करातेमा दशौँ सागमा पनि दुई स्वर्ण नै जितेको नेपालले एघारौँ सागमा भने तीन स्वर्ण जित्न सक्यो। 

करातेका ३२ खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन्। त्यसमा १५ दिन मलेसियामा बन्द प्रशिक्षण समेत भयो। अभ्यासमा नै रहेका खेलाडी बंगलादेशमा पाँचौँ साउथ एसियन कराते फेडेरेसन च्याम्पियनसिपमा पनि सहभागी भए। 

तयारीलाई हेर्दा करातेमार्फत नेपालले ८ वटा स्वर्ण जित्ने लक्ष्य रहेको छ। विशेष काता विधामा र महिला खेलाडीबाट आश गरिएको छ। करातेका खेलहरु सातदोबाटोको कराते हलमा हुनेछन्। 

आर्चरी
सागमा आर्चरीको समावेश २००६ मा श्रीलंकामा भएको दशौँ सागबाट मात्रै भएको हो। त्यसपछि हरेक सागमा निरन्तर भइरहेको छ। 

नेपालले बंगलादेशमा सम्पन्न ११ औँ सागमा टिम रिकर्भ विधामा कास्य पदक जितेको थियो। त्यस्तै भारतमा भएको १२ औँ सागमा व्यक्तिगत विधामा कास्य पदक नै जितेको थियो। 

आर्चरीमा रहेका खेलाडी आफैले लगानी गरेर भए पनि निरन्तर अभ्यास गरिरहेका छन्। अभ्यास स्थलको अभावका कारण समय समयमा स्थान परिवर्तन भइरहँदा भने प्रशिक्षण प्रभावित भएको छ। आर्चरी खेलाडी जापानमा विशेष प्रशिक्षणमा पनि गएका थिए। त्यसपछि ८ महिला र ८ पुरुष गरी १६

खेलाडी पोखरामा बन्द प्रशिक्षणमा छन्। आर्चरीको खेल पोखरामा नै हुने तय छ। आर्चरीमार्फत नेपालले कम्तिमा तीन स्वर्ण जित्ने लक्ष्य राखेको छ। आर्चरीका खेलहरु पोखरा स्टेडियममा हुनेछ। 

एथ्लेटिक्स
सागमा सन् १९८४ मा नेपालमा भएको पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता भइरहेको छ। 

एथ्लेटिक्समा सागको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म नेपालका बैकुण्ठ मानन्धरले म्याराथनमा लगातार तीन स्वर्ण पदक जितेका थिए। 

यस्तै एथ्लेटिक्स अन्तर्गत ज्यालिन थ्रोमा ७ औँ संस्करणमा गणेश राइले एक स्वर्ण र खुर्सिद अहमद खानले एक रजत पदक जितेका थिए। 

आठौँ सागमा म्याराथनमा नेपालले महिला टिम ४ गुणा सय मिटर रिलेमा कास्य पदक जितेको थियो। 

यस्तै १०औँ सागमा कान्छीमाया कोजुले १० हजार मिटर दौडमा रजत पदक जितेका थिए। ११ औँ सागमा राजेन्द्र भण्डारीले रोड रेसमा स्वर्ण पदक जितेका थिए। 

नेपालले एथ्लेटिक्समा लामो दुरीका खेलबाट स्वर्ण पदक जित्ने आश राखेको छ। नेपाल छोटो दुरीमा भने सधैँ असफल नै छ। वैदेशिक सहभागिता कम हुनाले र प्रशिक्षण सामग्री नै पर्याप्त नहुनाले एथ्लेटिक्समा समस्या रहेको छ। आठौँ राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो हुने खेलाडीलाई लिएर सागका लागि नेपालमा नै प्रशिक्षण भइरहेको छ। एथ्लेटिक्सका खेलहरु दशरथ रंगशालामा हुनेछ। 

बास्केटबल
बंगलादेशको ढाकामा भएको ११ औँ सागदेखि बास्केटबलमा पुरुष टिमको सहभागिता रहेको हो। भारतमा सम्पन्न १२औँ सागमा पुरुष र महिला दुवै टोली सहभागिताका लागि गएको भए पनि अन्तर्राष्ट्रिय बास्केटबल फेडेरेसन (फिबा)ले अनुमति नदिएपछि खेल हुन सकेको थिएन। 

१२औँ सागमा खेल नै नभए पनि त्यसअघि ११ औँ सागमा भने पुरुष टिम चौथो भएको थियो। बंगलादेशसँग ६१–५७ ले पराजित भएपछि नेपाल कास्यबाट चुकेको थियो।

यसपटक बास्केटबल टोली प्राविधिक रुपमा बलियो रहेको बताइएको छ। खेलाडीको उचाइ कम भएकाले समस्या हुने तर पनि नियमित प्रशिक्षणसँगै धरानमा बन्द प्रशिक्षण पनि गरिएको पदाधिकारी बताउँछन्। फाइभ बाइ फाइभमा महिला र पुरुष दुवै टोलीले रजत पदक जित्ने लक्ष्य राखिएको छ। बास्केटबलका खेल त्रिपुरेश्वर कबर्ड हलमा हुनेछन्। 

बक्सिङ 
सागमा बक्सिङमा १९८४ को पहिलो संस्करणदेखि नै सहभागिता भइरहेको छ। त्यसपछिका हरेक संस्करणमा पनि बक्सिङ समावेश रहेको छ। 

१९८४ को पहिलो सागमा नेपालले दुई स्वर्ण, ५ रजत र २ कास्यसहित कुल ९ पदक जितेको थियो। यसैगरी भारत कोलकातामा भएको तेस्रो संस्करण र पाकिस्तानमा भएको चौथो संस्करणमा नेपालले एक–एक स्वर्ण जितेको थियो। त्यसपछि आठौँ सागमा आएर नेपालले बक्सिङमा दुई स्वर्ण जित्यो। 

बक्सिङमा विदेशी प्रशिक्षकको निगरानी र वैदेशिक प्रशिक्षण भइरहेकाले १३औँ सागमा राम्रो हुने आश गरिएको छ। कम्तिमा पुरुषतर्फ दुई र महिलातर्फ एक स्वर्ण जित्ने लक्ष्य नेपालले राखेको छ। 

न्युन लगानी र सीमित स्रोत साधन भए पनि नेपालभित्रै र थाइल्यान्डमा समेत खेलाडीले प्रशिक्षणको राम्रो अवसर पाएका छन्। प्रशिक्षणमा आठौँ राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो हुने खेलाडीलाई राखिएको हो। सागमा बक्सिङका खेलहरु सातदोबाटोको कराते हलमा नै हुनेछन्। 

क्रिकेट
बंगलादेशमा भएको ११औँ सागमा क्रिकेट समावेश गरिएको थियो। त्यसपछि भारतमा भएको १२औँ सागमा क्रिकेट समावेश भएन। क्रिकेटमा ११औँ सागमा नेपालको सहभागिता मात्र रहेको छ। 

यसपटक घरेलु मैदान भएकाले पिचबारे राम्रो जानकारी भएको र बलिङ र फिल्डिङ बलियो रहेको बताइएको छ। क्रिकेटमा भारत र पाकिस्तानबाहेकका टिमहरु सहभागी हुँदैछन्। 

क्रिकेटका लागि प्रथम चरणमा ३५ पुरुष र महिला खेलाडी छनोट गरिएको थियो। त्यसपछि अन्तिम चरणमा २५ खेलाडी छनोट गरियो। महिला र पुरुष दुवै टिमका खेलाडीहरु नियमित प्रशिक्षणमा समेत छन्। पुरुष टिम भर्खरै बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स कपमा पनि सहभागी भयो।

क्रिकेटमा कम्तिमा एक पदक जित्ने आश नेपालको छ। सागमा क्रिकेटका खेल कीर्तिपुर मैदानमा हुनेछन्। 

फुटबल
काठमाडौंमा नै भएको पहिलो सागदेखि फुटबल हरेक सागमा निरन्तर भइरहेको छ। त्यसमा महिला फुटबल भने २०१० मा ढाकामा भएको ११औँ सागदेखि समावेश गरिएको थियो। 

नेपालले पुरुष फुटबलमा १९८४ को पहिलो साग, १९९३ को छैठौँ साग र २०१६ को १२ औँ सागमा स्वर्ण पदक जितेको थियो। १९८७ को तेस्रो सागमा र १९९९ को आठौँ सागमा नेपालले रजत पदक जित्यो। १९८५ को दोस्रो साग र २००६ को १०औँ सागमा नेपालले कास्य पदक जितेको थियो। 

साग फुटबलमा २३ वर्षमुनिका खेलाडी समावेश हुने भए पनि नेपाली टिममा राष्ट्रिय टिमबाट नै खेल्ने खेलाडीहरु छन्। पुरुष र महिला दुवै टिमका लागि भारत नै बाधक रहे पनि यसपटक स्वर्ण पदककै लक्ष्य राखिएको छ।

महिलातर्फ २०१० को ११औँ साग र २०१६ को १२औँ सागमा नेपालले रजत पदक जितेको थियो। नेपाली महिला टोली यसपटक भारतकै हाराहारीमा रहेको बताइएको छ। 

पुरुष फुटबल टिम विश्वकप छनोटका लागि व्यस्त थियो भने महिला टिम पनि नियमित बन्द प्रशिक्षणमा रहेको छ। सागमा पुरुष फुटबल दशरथ रंगशालामा र महिला फुटबल पोखरा रंगशालामा हुने तय छ। 

ह्यान्डबल
ह्यान्डबल बंगलादेश ढाकामा भएको ११औँ सागदेखि समावेश गरिएको हो। यसमा भारतमा भएको १२औँ सागमा नेपाली महिला र पुरुष दुवै टिमले सेमिफाइनल खेलेको थियो। त्यसबेला तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पराजित भएको नेपाल यसपटक पुरुष टिमले कास्य पदक जित्ने लक्ष्यमा बढीरहेको छ। महिला टिमले भने फाइनलमा नै पुग्ने लक्ष्य बनाएको छ। 

नेपाली टिमका लागि दक्ष प्रशिक्षक नै नहुँदा परम्परागत शैलीमा नै प्रशिक्षण गर्नुपर्ने बाध्यता देखिएको छ। त्यसमा नियमित स्रोत साधनको अभाव र न्युन लगानी त छँदैछ। म्याटसमेत नहुँदा प्रशिक्षणमा समस्या आइरहेको छ। जसोतसो खेलाडीहरु गएको तीन महिनादेखि नियमित प्रशिक्षणमा छन्।

केही समय विदेशी प्रशिक्षकबाट समेत सिक्ने व्यवस्था मिलाइएको छ। सागमा ह्यान्डबलका खेल पोखरा कबर्ड हलमा हुनेछ। 

कबड्डी
बंगालदेश ढाकामा १९८५ मा भएको दोस्रो सागबाट कबड्डी समावेश हुन थालेको थियो। यसअघि पुरुष र महिला दुवै टिमले कास्य पदक जितेको इतिहास रहे पनि यसपटक भने कम्तिमा रजत जित्ने गरी अभ्यास भइरहेको बताइएको छ। 

विशेष त खेलाडीहरु राम्रो मेहनतमा रहेको र उनीहरुमा जुझारुपन देखिएकाले पदक आश बढेको बताइन्छ। यसमा नेपाली खेलाडीको शारीरिक बनावट र प्रशिक्षण समयको अभावका कारण भने समस्या देखिएको छ। 

आठौँ राष्ट्रिय खेलकुदपछि महिला र पुरुष दुवैमा समान २८ खेलाडी राखेर प्रशिक्षण गराइएको थियो। त्यसपछि असोज २९ र ३० गते महिला र पुरुषमा समान १६ खेलाडी राखेर प्रशिक्षण भइरहेको छ। नोभेम्बर १ देखि टोलीले भारतमा पनि अभ्यास गर्ने अवसर पाएको थियो। 
सागमा कबड्डीका खेलहरु कीर्तिपुरमा हुनेछन्। 

टेबलटेनिस
१९८७ मा भारतको कोलकातामा भएको तेस्रो सागदेखि टेबलटेनिस खेललाई समावेश गरिएको थियो। त्यसपछिका हरेक सागमा टेबलटेनिसमा सहभागिता भइरहेको छ। 

१९९१ मा श्रीलंकाको कोलम्बोमा भएको पाँचौँ सागमा नेपालले टेबलटेनिसमा भारतलाई हराएर स्वर्ण जितेको थियो। त्यसपछि भने टेबलटेनिसको सहभागिता राम्रो हुन सकेको छैन। 

नेपाली खेलाडीहरु ¥याली फुर्मलामा खेल्ने र अरु खेलाडीहरु थ्री बल अट्याकमा खेल्ने कारण नेपाल भिन्न रहेको र यसपटक टेबलटेनिसमार्फत ८ पदकको आश गरिएको छ। त्यसमा २ स्वर्ण, २ रजत र ४ कास्य समावेश गरिएको छ। नेपालले टिम इभेन्ट र मिक्स डबल्समा स्वर्णको आश गरेको छ। 

पाँच महिला र पाँच पुरुष गरी १० खेलाडी थाइल्यान्डको बैंककमा प्रशिक्षण गरेकाले पनि राम्रो नतिजाको आश बढेको हो। 

ट्रायथलन
२०१६ मा भारतमा भएको १२औँ सागबाट ट्रायथलन खेलको समावेश भएको थियो। यसपटक १३औँ सागमा पनि त्यसले निरन्तरता पाएको छ। 

१२औँ सागमा नेपालले मिक्स टिम रिलेतर्फ १ रजत र महिलातर्फको व्यक्तिगत स्पर्धामा १ कास्य जितेको थियो। 

ट्रायथलनमा नेपाल दक्षिण एसियामा राम्रो नै मानिन्छ। यसमा अन्तर्राष्ट्रिय सहभागिताको अनुभव पनि राम्रो रहेको छ। यसमा खेल सामग्रीको उपलब्धता कठीन हुँदा सामान्य मान्छेसम्म खेल पुग्न भने सकेको छैन। 

२०१९ को अप्रिलदेखि खेलाडीहरु सागका लागि प्रशिक्षण गरिरहेका छन्। गएको महिनादेखि अस्ट्रेलियाका प्रशिक्षकमार्फत खेलाडीहरुले प्रशिक्षण पाएका छन्। नेपालले ट्रायथलनमार्फत पाँचमा दुई स्वर्ण जित्ने लक्ष्य राखेको छ। ट्रायथलन अन्तर्गत डुवाथलनमा स्वर्ण र ट्रायथलनमा नै रजतको सम्भावना रहेको बताइन्छ। सागमा ट्रायथलनका खेलहरु पोखरा लेकसाइडमा हुनेछन्। 

भारोत्तोलन
१९८४ मा नेपालमा नै भएको पहिलो दक्षिण एसियाली खेलकुददेखि नै भारोत्तोलन खेल समावेश भइरहेको छ। एकपटक बंगलादेशको ढाकामा १९९३ मा भएको छैटौँ सागमा भने भारोत्तोलन समावेश थिएन। 

भारोत्तोलनमा नेपालले पाएका सफलगताहरुलाई हेर्ने हो भने पहिलो सागमा ५ रजत र ३ कास्य, दोस्रो सागमा ६ रजत र १२ कास्य, तेस्रो सागमा १९ कास्य, चौथो सागमा ६ रजत र २३ कास्य, पाँचौँ सागमा ३ रजत र १९ कास्य, सातौँ सागमा २ रजत र ३ कास्य, आठौँमा ३ कास्य, नवौंमा १ कास्य, दशौँमा १ स्वर्ण, एघारौँमा पदकविहीन भएको नेपालले १२औँ सागमा १ रजत र ३ कास्य जितेको थियो।

सुरुका वर्षहरुमा धेरै पदक जित्ने भारोत्तोलन पछिल्ला सागहरुमा भने कमजोर देखिँदै गएको छ। दक्षिण एसियाली खेलकुदमा नेपालले सबैभन्दा बढी पदक जितेको खेलबाट अहिले भने रजत र कास्य पदकको मात्र आश छ। 

खेलाडीहरु दक्षिण कोरिया र उज्वेकिस्तानमा प्रशिक्षणमा रहेका थिए। अन्तर्राष्ट्रिय सहभागिता न्यून रहेको भारोत्तोलनमा खेलाडीहरुलाई पर्याप्त डाइटकै अभाव हुने दुखेसो आइरहन्छ। 

सागमा भारोत्तोलनका खेलहरु पोखरा माटेपानीमा रहेको एक निजी पार्टी प्यालेसमा सञ्चालन हुँदैछन्। 

कुस्ती 
१९८९ मा पाकिस्तानको इस्लामावादमा भएको चौथो सागबाट कुस्ती समावेश गरिएको थियो। त्यसपछि सबै सागमा कुस्ती समावेश भइरहेको छ। नेपालमा अहिलेसम्म एक रजत जित्न सकेको कुस्तीमा यसपटक आश बढी रहेको छ। 

वैदेशिक प्रशिक्षण बिना पनि नेपाली खेलाडीहरुको तयारी राम्रो रहेको बताइएको छ। साग हुने तेस्रो सहर जनकपुरमा कुस्तीका खेलहरु हुँदै छन्। ७ महिला र ७ पुरुष गरी १४ खेलाडीहरु कुस्तीमा सहभागी हुँदैछन्। 


 

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्