रसुवा– ५० हजार अमेरिकी डलर सहित रसुवागढी नाकाबाट एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। इए ९३८८६८२ पासर्पोट नम्बर रहेको चीनको हुनान प्रान्तका ४७ वर्षीय लिलिवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
अमेरिकी डलर नेपालबाट चीनतर्फ लैजाँदै गरेको अवस्थामा रसुवागढी नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले चिनियाँ नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
चेकजाँचका क्रममा झोलाभित्र लुकाइछिपाई चीन लैजान लागेको अवस्थामा अमेरिकी डलर भेटिएको क्षेत्रीले जानकारी दिए। डलरको नेपाली मूल्य ५१ लाख ३१ हजार ५ सय रहेको छ। पक्राउ परेका चिनियाँ नागरिकको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।