भक्तपुर- मंसिर १४ गते हुने भक्तपुर-१ (क) प्रदेश सभा उपनिर्वाचनका कांग्रेस उम्मेदवार कृष्णलाल भडेललाई मातृ शाेक परेकाे छ।
भडेलकी आमा सेतिमाया भडेलको उपचारको क्रममा आइतबार बिहान मध्यपुरथिमी अस्पतालमा निधन भएको हाे। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएकाे छ।
सेतिमायाको निधनले चुनावको मुखमा भक्तपुर कांग्रेस शोकमा परेको छ। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले अर्को निर्णय नहुँदासम्म पुर्वनिर्धारित सवै चुनावी कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।