• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यार्सागुम्बासँग सुन साटासाट भइरहेको खुलासा

64x64
नेपाल लाइभ बुधबार, असोज ४, २०७४  १८:२६
1140x725

काठमाडौं– प्रहरीले अवैध मुद्रा तस्करी र हुण्डीमा कडाइ गरेपछि सुन तस्करीको संगठित गिरोहले सुनसँग दुर्लभ जडिबुटी यार्सागुम्बाको बार्टर (साटासाट) गरिरहेको खुलेको छ। 

देशभरबाट संकलित यार्सागुम्बा काठमाडौं हुँदै हवाई र स्थलमार्गबाट चीन पठाउने र सोको भुक्तानी सुन मार्फत हुने गरेको तथ्य प्रहरीले पत्ता लगाएको हो । यसमा चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नता रहँदै आएको अनुसन्धानमा देखिएको छ। 

महानगरीय अपराध महाशाखाले भदौ १९ गते बरामद ८८ किलो सुन प्रकरणमा जोडिएका थप पाँच जनालाई सोमबार पक्राउ गरेपछि यार्सासँग सुन साट्ने गरेको नयाँ तथ्य बाहिर आएको हो। 

महाशाखाले पक्राउ गरेका पाँच जनामध्ये न्यूरोडस्थित रञ्जना कम्प्लेक्सको कार्यविनायक सुनचाँदी गहना पसलका सञ्चालक गणेशदत्त बडुले यार्सागुम्बाको कारोबारको भुक्तान सुनमा लिने गरेको खुलेको हो। 

प्रहरी उच्चस्रोतका अनुसार, लामो समयदेखि सुन पसलको आवरणमा यार्सागुम्बाको अवैध कारोबारमा संलग्न बडुले पश्चिमका विभिन्न हिमाली क्षेत्रबाट यार्सा संकलन गरी चीनतर्फ तस्करी गर्दै आएका थिए । दार्चुला घर भएका बडुले सोही पसल मार्फत दुर्लभ जडिबुटी, विदेशी मुद्रा र सुनको अवैध कारोबार गर्दै आएका थिए । बडुको पसलमा राजस्व विभाग समेतको टोलीले छापामारी करिब ११ लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र भारतीय रुपैयाँ समेत बरामद गरेको छ।  

यस्तै, सोमबार नै पक्राउ परेका सत्यनारायण अग्रवाल यसअघि २०७२ पुस २३ मा बरामद साढे नौ किलो सुनको मुख्य कारोबारी थिए । अग्रवाल त्यसबेलै विक्रम मित्तल, विवेक मित्तल र भागीरथ चौधरीसँगै पक्राउ परेका थिए । मित्तल र चौधरीले ल्याएको सुनको भुक्तान हुण्डी मार्फत गर्ने क्रममा अग्रवाल पक्राउ परेका हुन् । यसपटक पनि उनी सोही आरोपमा पक्राउ परेका छन् । भारत विहार मधुवनीका अग्रवाल काठमाडौं नरदेवीमा रविश्या ट्रेडर्सको आवरणमा अवैध हुण्डी र सुन तस्करीमा संलग्न रहँदै आएका छन्। 

महाशाखाका अनुसार, सुन कारोबारमा संलग्न भारत महाराष्ट्र घर भई वटुमा सुन खार्ने पसल सञ्चालकहरु पशुपति सुनचाँदीका नन्दकुमार मर्गले, सिद्धनाथ सुनचाँदीका उल्लास दिनकर सालुखे समेत पक्राउ परेका छन् । यस्तै, पक्राउ पर्नेमा बाङ्गेमुढामा रहेको शाक्य सुनचाँदी पसलका सञ्चालक शुभरत्न शाक्य पनि छन्। 

जिल्ला अदालत काठमाडौंको आदेशले धरौटीमा छुटेका अग्रवाल हुण्डी र सुनको अवैध तस्करीको आरोपमा दोस्रो पटक पक्राउ परेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले ८८ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ दम्पतीको सम्पर्कमा रहेर काम गर्दै आएका थप पाँच व्यक्ति पक्राउ गरेको जानकारी दिए । उनले पक्राउ परेका ब्यक्ति विभिन्न ब्यवसायिक आवरणमा रहेकाले राजस्वको टोलीसँगै गएर कारबाही गरिएको बताए । 

महाशाखाले ठमेलस्थित काठमाडौं वन होटल सञ्चालक चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ नै ८८ किलो सुन तस्करीका मुख्य अभियुक्त रहेको बुधबार मात्रै औपचारिक रुपमा स्विकार गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार चिनियाँ दूतावासमा कार्यरत कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेका चिनियाँ दम्पत्तीको मोबाइल बालुवाटारस्थित दूतावास आसपासमा पुगेर स्विच अफ भएको थियो । प्रहरीले चिनियाँ दम्पत्तीलाई समेत संगठित अपराधमा प्रतिवादी बनाएर कारबाही अघि बढाएको छ। 

महाशाखाले सुन प्रकरणमा मुख्य अभियुक्त बनाएका दुई चिनियाँ दम्पत्तीको सम्पर्क सूत्र केलाउने क्रममा सोमबार आठ जनालाई पक्रेको थियो । पक्राउ परेकामध्ये पाँच जनाको चिनियाँ दम्पतीसँग प्रत्यक्ष संलग्नता देखिएपछि बुधबार संगठित अपराधमा म्याद थप गरेको हो । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले सोही प्रकरणमा रसुवाबाट केरुङ नाका खाली गाडी लैजाने र सुन लोड गरी रसुवा ल्याउने जिम्मेबारी पाएको गिरोहका थप दुई जना यसअघि पक्राउ गरेको थियो ।

सुन तस्करीका लागि प्रयोग भएको टाटा स्ट्रोम गाडीलाई रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुदै काठमाडौं ल्याउने चालक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयले केरुङ नाकाको रेर्कड अनुसार खाली गाडी केरुङ लैजाने दाम्पा तामाङ र सुन लोड गराएर रसुवा ल्याउने दिलिप खड्कालाई पक्राउ गरेको हो । रसुवा प्रहरी प्रमुख डिएसपी शरद थापा क्षेत्रीले प्रहरी रेर्कडमा गाडी लैजाने र ल्याउने दुई जनालाई पक्राउ गरेको जानकारी दिए । महाशाखाले सुनसहित चालक मनोज अधिकारीलाई पक्रेको छ । बरामद गाडी सिप्रदी ट्रेडिङमा चालक श्याम महर्जनका नाममा दर्ता रहेको छ। 

महाशाखाले क्षेत्रपाटीबाट बा १७ च ६४२७ नम्बरको गाडीसहित चालक मनोज अधिकारीलाई भदौ १९ मा नियन्त्रणमा लिएको थियो । त्यसक्रममा गाडिको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाएका एक केजी लेखिएको ८८ थान  सुनका बिस्कुट बरामद भएको हो।

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्