samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यार्सागुम्बासँग सुन साटासाट भइरहेको खुलासा

64x64
नेपाल लाइभ बुधबार, असोज ४, २०७४  १८:२६
1140x725

काठमाडौं– प्रहरीले अवैध मुद्रा तस्करी र हुण्डीमा कडाइ गरेपछि सुन तस्करीको संगठित गिरोहले सुनसँग दुर्लभ जडिबुटी यार्सागुम्बाको बार्टर (साटासाट) गरिरहेको खुलेको छ। 

देशभरबाट संकलित यार्सागुम्बा काठमाडौं हुँदै हवाई र स्थलमार्गबाट चीन पठाउने र सोको भुक्तानी सुन मार्फत हुने गरेको तथ्य प्रहरीले पत्ता लगाएको हो । यसमा चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नता रहँदै आएको अनुसन्धानमा देखिएको छ। 

महानगरीय अपराध महाशाखाले भदौ १९ गते बरामद ८८ किलो सुन प्रकरणमा जोडिएका थप पाँच जनालाई सोमबार पक्राउ गरेपछि यार्सासँग सुन साट्ने गरेको नयाँ तथ्य बाहिर आएको हो। 

महाशाखाले पक्राउ गरेका पाँच जनामध्ये न्यूरोडस्थित रञ्जना कम्प्लेक्सको कार्यविनायक सुनचाँदी गहना पसलका सञ्चालक गणेशदत्त बडुले यार्सागुम्बाको कारोबारको भुक्तान सुनमा लिने गरेको खुलेको हो। 

प्रहरी उच्चस्रोतका अनुसार, लामो समयदेखि सुन पसलको आवरणमा यार्सागुम्बाको अवैध कारोबारमा संलग्न बडुले पश्चिमका विभिन्न हिमाली क्षेत्रबाट यार्सा संकलन गरी चीनतर्फ तस्करी गर्दै आएका थिए । दार्चुला घर भएका बडुले सोही पसल मार्फत दुर्लभ जडिबुटी, विदेशी मुद्रा र सुनको अवैध कारोबार गर्दै आएका थिए । बडुको पसलमा राजस्व विभाग समेतको टोलीले छापामारी करिब ११ लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र भारतीय रुपैयाँ समेत बरामद गरेको छ।  

यस्तै, सोमबार नै पक्राउ परेका सत्यनारायण अग्रवाल यसअघि २०७२ पुस २३ मा बरामद साढे नौ किलो सुनको मुख्य कारोबारी थिए । अग्रवाल त्यसबेलै विक्रम मित्तल, विवेक मित्तल र भागीरथ चौधरीसँगै पक्राउ परेका थिए । मित्तल र चौधरीले ल्याएको सुनको भुक्तान हुण्डी मार्फत गर्ने क्रममा अग्रवाल पक्राउ परेका हुन् । यसपटक पनि उनी सोही आरोपमा पक्राउ परेका छन् । भारत विहार मधुवनीका अग्रवाल काठमाडौं नरदेवीमा रविश्या ट्रेडर्सको आवरणमा अवैध हुण्डी र सुन तस्करीमा संलग्न रहँदै आएका छन्। 

महाशाखाका अनुसार, सुन कारोबारमा संलग्न भारत महाराष्ट्र घर भई वटुमा सुन खार्ने पसल सञ्चालकहरु पशुपति सुनचाँदीका नन्दकुमार मर्गले, सिद्धनाथ सुनचाँदीका उल्लास दिनकर सालुखे समेत पक्राउ परेका छन् । यस्तै, पक्राउ पर्नेमा बाङ्गेमुढामा रहेको शाक्य सुनचाँदी पसलका सञ्चालक शुभरत्न शाक्य पनि छन्। 

जिल्ला अदालत काठमाडौंको आदेशले धरौटीमा छुटेका अग्रवाल हुण्डी र सुनको अवैध तस्करीको आरोपमा दोस्रो पटक पक्राउ परेका छन्।

Ncell 2
Ncell 2

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले ८८ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ दम्पतीको सम्पर्कमा रहेर काम गर्दै आएका थप पाँच व्यक्ति पक्राउ गरेको जानकारी दिए । उनले पक्राउ परेका ब्यक्ति विभिन्न ब्यवसायिक आवरणमा रहेकाले राजस्वको टोलीसँगै गएर कारबाही गरिएको बताए । 

महाशाखाले ठमेलस्थित काठमाडौं वन होटल सञ्चालक चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ नै ८८ किलो सुन तस्करीका मुख्य अभियुक्त रहेको बुधबार मात्रै औपचारिक रुपमा स्विकार गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार चिनियाँ दूतावासमा कार्यरत कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेका चिनियाँ दम्पत्तीको मोबाइल बालुवाटारस्थित दूतावास आसपासमा पुगेर स्विच अफ भएको थियो । प्रहरीले चिनियाँ दम्पत्तीलाई समेत संगठित अपराधमा प्रतिवादी बनाएर कारबाही अघि बढाएको छ। 

महाशाखाले सुन प्रकरणमा मुख्य अभियुक्त बनाएका दुई चिनियाँ दम्पत्तीको सम्पर्क सूत्र केलाउने क्रममा सोमबार आठ जनालाई पक्रेको थियो । पक्राउ परेकामध्ये पाँच जनाको चिनियाँ दम्पतीसँग प्रत्यक्ष संलग्नता देखिएपछि बुधबार संगठित अपराधमा म्याद थप गरेको हो । 

प्रहरीले सोही प्रकरणमा रसुवाबाट केरुङ नाका खाली गाडी लैजाने र सुन लोड गरी रसुवा ल्याउने जिम्मेबारी पाएको गिरोहका थप दुई जना यसअघि पक्राउ गरेको थियो ।

सुन तस्करीका लागि प्रयोग भएको टाटा स्ट्रोम गाडीलाई रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुदै काठमाडौं ल्याउने चालक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयले केरुङ नाकाको रेर्कड अनुसार खाली गाडी केरुङ लैजाने दाम्पा तामाङ र सुन लोड गराएर रसुवा ल्याउने दिलिप खड्कालाई पक्राउ गरेको हो । रसुवा प्रहरी प्रमुख डिएसपी शरद थापा क्षेत्रीले प्रहरी रेर्कडमा गाडी लैजाने र ल्याउने दुई जनालाई पक्राउ गरेको जानकारी दिए । महाशाखाले सुनसहित चालक मनोज अधिकारीलाई पक्रेको छ । बरामद गाडी सिप्रदी ट्रेडिङमा चालक श्याम महर्जनका नाममा दर्ता रहेको छ। 

महाशाखाले क्षेत्रपाटीबाट बा १७ च ६४२७ नम्बरको गाडीसहित चालक मनोज अधिकारीलाई भदौ १९ मा नियन्त्रणमा लिएको थियो । त्यसक्रममा गाडिको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाएका एक केजी लेखिएको ८८ थान  सुनका बिस्कुट बरामद भएको हो।

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत ६, २०८२
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना शुक्रबार, चैत ६, २०८२
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्