प्रधानमन्त्रीको सचिवालय पुनर्गठन: को-को आए, को-को गए?

नेपाल लाइभ | २०७६ कार्तिक २९ शुक्रबार | Friday, November 15, 2019 २२:४६:०० मा प्रकाशित

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालय पुनर्गठन भएको छ। केही दिन अघि सचिवालयका कर्मचारीले सामुहिक राजिनामा दिएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नियुक्ती गरेको हो।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीया र आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेरलाई नियुक्ति गर्ने निर्णय गरेको छ। बालुवाटार स्रोतका अनुसार थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट सल्लाहकार राजन भट्टराईले पनि राजिनामा दिएको हल्ला बाहिर आएको थियो। तर, प्रधानमन्त्रीको सचिवालयमा उनीहरु यथावत रहेका छन्। 

प्रधानमन्त्रीको सचिवालयमा १६ जना रहेका छन्। उनीहरुमध्ये ६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ। प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र सचिवालयमा कार्यरत घनश्याम भट्टराई र उदय पोखरेलको राजिनामा स्विकृत भएको हो।

प्रधानमन्त्रीको सचिवालयमा रहेका आइटी विज्ञ अस्गर अली, स्वकीय सचिवहरु इन्द्र भण्डारी र राजेश बज्राचार्य, प्रेस विज्ञ रामशरण बजगाईं, स्वकीय सचिवहरु महेन्द्र श्रेष्ठ, होम थापा र दिपेन्द्र दाहाल भने सचिवालयमा निरन्तरता पाएको बालुवाटार स्रोतले जानकारी दियो। 
 

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान