काठमाडौं– काठमाडौं मैतीदेवीकी सुरुची पाण्डेले यस वर्षको मिसेस नेपाल इन्टरनेशनलको उपाधि चुमेकी छिन्। सुरुचीले ३८ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस नेपाल इन्टरनेशनल २०१७ को उपाधि चुमेकी हुन्। रिवन इन्टरनेटमेन्ट प्रालिले मंगलबार राती भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा गरेको कार्यक्रममा मष्ट ट्यालेन्ट र वेष्ट क्याटवकको उपउपाधिमसमेत उनले जितिन् । मुख्य उपाधि विजेता उनी अमेरिकामा हुने मिसेस इन्टरनेशनल २०१७ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
उनले उपाधि जितेवापत रमन मोर्टसको काइट प्लस स्कुटरका साथै अन्य गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन्। आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार यस वर्षबाट मिसेस नेपाल इन्टरनेशनल उपाधि विजेतालाई सो अन्तराष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व हुने ब्यबस्था मिलाइएको हो।
भव्य समारोहका बिच सम्पन्न बिबाहित महिलाहरुबिचको मिसेस नेपाल इन्टरनेशनल २०१७ मा रविभवनकी बैंकर्स यसोदा पोखरेल फस्ट रनर्सअपका साथमा वेष्ट स्पिच, भक्तपुरकी प्रतिज्ञा राई सेकेण्ड रनर्सअपका साथमा वेस्ट फिजिक र नगरकोटकी सम्झना त्रिपाठी थर्ड रनर्सअपका साथमा सोसल वेलफेर एम्वेस्डर भए भने पुरानो वानेश्वरकी ज्योति दाहाल पनेरु फोर्थ रनर्सअप र सीता ओली मष्ट पपुलर भइन्।
अभिनेता रमेश उप्रेती र आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा.जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने निर्णायक रहेका थिए । प्रतियोगीामा गुञ्जना ढुङ्गागाना वेष्ट पर्सनालिटी, सुमित्रा कट्टेल वेस्ट स्किन, जलता खनाल आचार्य वेस्ट हेयर, इशा भट्टराई व्यूटी विथ पर्पस, रिता सिंह रिमाल फेसबुक च्वाइस, अन्विसा शेर्पा मिसेस बब्ली फेस, रेनु श्रेष्ठ मर्हजन भिवर्स च्वाइस, लक्ष्मी तिमल्सिना मष्ट फोटोजेनिक, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, सस्मिना राउत वेस्ट स्माइल, पुजा लामा कुँवर फेशन आईकन, सर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ म्यानेजमेन्ट च्वाइस तथा शोभा शाक्य वेस्ट डिसिप्लिन भएका छन्।
रमन मोर्टसको प्रायोजन र सिग्नेचरको सहप्रायोजनमा भएको कार्यक्रममा गायक रमेशराज भट्टराई र ध्रुर्ब विस्कोले गीत संगीत तथा प्रिति कार्कीले नृत्य प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।