• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

वीरगन्ज चलचित्र महोत्सव : उद्देश्य नेपाली फिल्मको प्रवर्द्धन, भइदियो बलिउडको 

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  १३:३८
1140x725

सर्वविदितै छ, मधेसका दर्शकमाझ नेपाली फिल्मको उपस्थिति निकै कमजोर छ। त्यहाँका भित्ताहरूमा नेपाली होइन, भोजपुरी र हिन्दी फिल्मका पोस्टरहरू बढी टाँसिन्छन्। 

किन यस्तो भयो? किन मधेसका दर्शकले नेपाली फिल्म हेर्दैनन्? नेपाली फिल्म क्षेत्रले कहिल्यै गम्भीर भएर यसको जवाफ खोज्न आवश्यक ठानेन। 

दृश्य यसैगरी चलिरहेका बेला नेपाल चलचित्र निर्माता संघले प्रदेश-२ स्थित चर्चित औद्योगिक सहर वीरगन्जमा कार्तिक २१, २२ र २३ गते तीन दिने ‘नेपाल फिल्म गोल्डेन फेस्टिवल’ अर्थात् ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ आयोजना गर्ने घोषणा गर्‍यो। 

प्रेस मिटका क्रममा आयोजकले पटकपटक दाबी गर्‍यो- यो कार्यक्रमले प्रदेश-२ का दर्शकसँग नेपाली फिल्मको आत्मीयता प्रगाढ बनाउनेछ। निर्माता संघका अध्यक्ष आकाश अधिकारीको दाबी थियो, ‘ कार्यक्रमले मधेसमा नेपाली फिल्मको प्रवर्द्धन अर्थात् बजार विस्तार गर्न मद्दत पुर्‍याउनेछ।’

उद्देश्य लोभलाग्दो थियो र आवश्यक पनि। त्यसैले अपेक्षा थियो- महोत्सवले पक्कै नेपाली फिल्मको प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ। आशा थियो- पक्कै यो महोत्सवले मधेसका दर्शकले किन नेपाली फिल्म हेर्दैनन्, त्यसको जवाफ खोज्नेछ। मधेसका दर्शकले  नेपाली फिल्मभित्र के हेर्न चाहन्छन्, पक्कै पनि यो महोत्सवले त्यो पहिचान गर्ला भन्ने अपेक्षा  थियो। 
अहँ, वीरगन्ज पुगेपछि दृश्य सोचेजस्तो देखिएन। हुन त कार्यक्रम हुनु एक दिनअघिसम्म पनि आयोजकले तीन दिने महोत्सवको पूर्ण तालिका सार्वजनिक गरेको थिएन। एउटैमात्र विषयको व्यापक प्रचार गरिरहेको थियो- त्यो हो बलिउड अभिनेता गोविन्दाको आगमन। एयरपोर्टमै पनि आयोजकले उनको पत्रकार भेटघाट कार्यक्रम तय गरेको थियो। 

यसले कतै मधेसमा नेपाली फिल्मको आत्मीयता बढाउने मूल उद्देश्यलाई नै छायामा त नपार्ला? आशंका उब्जाएको थियो। विडम्बना नै भनौं, वीरगन्जमा देखिएको दृश्यले आशंकालाई सत्य साबित गरिदियो। 

महोत्सवको पहिलो दिन बिहान केही कलाकारको उपस्थितिमा वीरगन्जको सडकमा प्रभातफेरी कार्यक्रम आयोजना भयो। त्यसपछि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भन्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन। अनि साँझ ६ बजेबाट मनोरन्जनात्मक स्टेज प्रस्तुति कार्यक्रम। 

यसरी वीरगन्जको आदर्शनगर रंगशालमा तीन दिन लगातार साँझ ४ बजेदेखि स्टेज प्रस्तुति कार्यक्रम भयो। हरेक दिन नेपाली फिल्मसँग सम्बन्धित कलाकारले आफ्नो प्रस्तुति दिए। नाचे अनि गाए। 

जसरी मेला-महोत्सवमा कलाकारहरू निश्चित पारिश्रमिक लिएर जान्छन्, अनि दर्शकलाई मनोरञ्जन दिलाउँछन्। ठीक त्यसैगरी चलचित्र महोत्सवको तीन दिने कार्यक्रम अघि बढ्यो। जसले संवाददातालाई अघिल्लो वर्षमात्रै दसैंका बेला गृह नगर झिलझिलेमा आयोजना भएको सात दिने झिलझिले महोत्सवको याद दिलायो। 

nimb
nimb

नेपाली फिल्मको प्रवर्द्धनको उद्देश्यसहित आयोजना भएको यो महोत्सवमा कलाकारको नृत्य र गायन प्रस्तुतिबाहेक अरु केही भयो भने त्यो महोत्सवको दोस्रो दिन बिहान चार घन्टा बलिउडका चर्चित सिनेमाटोग्राफर सिके मुरलिधरणले सिनेमाटोग्राफी प्रशिक्षण कार्यक्रम नै थियो। त्यसबाहेक अरु उपलब्धिमूलक कार्यक्रम केही भएनन्। 

सामान्यतः चलचित्र महोत्सवमा राम्रा चलचित्रहरूको प्रदर्शन हुने गर्छ। ती चलचित्रमाथि विचारविमर्श हुने गर्छ, बहस हुने गर्छ। त्यसले फिल्म कस्ता बनाउने? कसरी बनाउने? भन्ने ज्ञानको आदानप्रदान गर्छ। तर, वीरगन्जमा आयोजित चलचित्र महोत्सवमा त्यस्तो केही भएन, कलाकारलाई स्टेजमा नचाउने बाहेक। 
अनि, दुःखको कुरा त्यहाँ उपस्थित नेपाली दर्शक जसरी भोजपुरी र हिन्दी गीत बज्दा उफ्रन्थे, त्यसरी नेपाली गीत बज्दा उफ्रिएनन्। 

आखिर किन यस्तो अवस्था छ? महोत्सवले सायद खोज्नुपर्ने यसको जवाफ थियो, महोत्सवले त्यहाँ दर्शकसँग सायद यस विषयमा साक्षात्कार गर्नुपर्थ्यो। तर, त्यसो भएन। 

आयोजकले महोत्सवको दोस्रो दिन मधेसको दाइजो प्रथामाथि बनेको फिल्म ‘भोर’ प्रदर्शन कार्यक्रम समेत तय गरेको थियो। फिल्म प्रदर्शनपछि फिल्मले उठाएको विषयमाथि मधेसका सरोकारवालाको उपस्थितिमा बहस कार्यक्रम समेत तय भएको बताएको थियो। यो कार्यक्रमलाई महत्वपूर्ण रुपमा लिइएको थियो। तर, यो पनि घोषणामात्रै सीमित भयो। कार्यक्रम भने हुन सकेन। किन भएन? आयोजकले प्रष्ट पारेको छैन। 

महोत्सवको तेस्रो दिन बिहान ९ बजेदेखि दिउँसोसम्म रंगशालामा दुई नेपाली फिल्म प्रदर्शन गरिने अघिल्लो दिन घोषणा भयो। पहिलो ‘बुलबुल’, दोस्रो ‘शत्रुगते’। दुःखको कुरा, भोलिपल्ट रंगशालाको खुल्ला मैदानमा बिहान फिल्म हेर्ने दर्शकको संख्या दर्जनभन्दा बढी देखिएन। त्यसपछि दोस्रो फिल्म ‘शत्रुगते’ प्रदर्शन हुने कुरै भएन। 
नेपाली फिल्म प्रवर्द्धन उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा देखिएको यो दृश्यले प्रश्न गर्छ, त्यहाँ कसरी नेपाली फिल्मको प्रवर्द्धन भयो? फिल्म प्रदर्शनमा पुगेका ‘बुलबुल’ निर्देशक विनोद पौडेलसमेत महोत्सवको त्यो दृश्य देख्दा खुसी थिएनन्।

यो महोत्सवले सबैभन्दा बढी प्रवर्द्धन कसैको भयो भने सायद बलिउड अभिनेता गोविन्दाकै हो। उनी आउनु भन्दा अघिदेखि बढेको चर्चा फर्किएपछि पनि जारी नै छ। 

महोत्सवको पहिलो दिन ठूलो संख्यामा दर्शकको संख्या थियो। तर, उनी नेपाली कलाकार स्टेजमा आउँदा नचिनेझैं प्रतिक्रिया जनाउँथे। गोविन्दा कतिखेर स्टेज चढ्छन्, उनीहरूमा त्यसकै व्यग्र प्रतीक्षा झल्किन्थ्यो। जब गोविन्दा स्टेज चढे, प्रायः दर्शकका मोबाइलको क्यामेरा भिडियो बटन ‘अन’ देखियो। उनले आफ्ना चलचित्रका हिन्दी गीतमा दर्शकमात्रै नचाएनन्, ‘साली’भन्दै नायिकाहरू निरुता सिंह, स्वेता खड्का, वर्षा शिवाकोटी, रेजिना उप्रेती लगायतलाई नचाए। 

त्यतिमात्रै होइन, नेपाली फिल्मको बक्सअफिसमा शक्तिशाली देखिएका कलाकारहरु दीपकराज गिरी र दिपाश्री निरौलासमेत हिन्दी गीतमा उनीसँग नाचे। 

नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा देखिएको त्यो दृश्य धेरैलाई सामान्य लाग्ला तर यसले दिने सन्देश र बोक्ने अर्थ पक्कै सामान्य छैन। 

दृश्य देख्दा यस्तो लाग्थ्यो, वीरगन्जमा नेपाली फिल्म प्रवर्द्धन होइन, गोविन्दाको भइरहेको छ। र, गोविन्दाको प्रवर्द्धन हुनु स्वतः बलिउडको प्रवर्द्धन हुनु हो। 

यो महोत्सवको सबैभन्दा उपलब्धिमूलकमूलक पक्ष एकसाथ दर्जनौं फिल्मकर्मीको वीरगन्ज उपस्थित हो। वीरगन्जमा यसरी सयभन्दा बढी फिल्मकर्मी उपस्थित भएर आयोजना गरिएको कार्यक्रम यो नै पहिलोपटक हो। कम्तिमा नेपाली कलाकारले एकसाथ मधेस त टेके, भलै धेरैले पर्दामार्फत् टेक्न बाँकी नै होला। 

सरकार अन्तर्गत सूचना तथा सञ्चारप्रविधि मन्त्रालयदेखि चलचित्र विकास बोर्डसम्मले यो महोत्सव आयोजनाका लागि लाखौं खर्च गरेका छन्। तर, यसले नेपाली फिल्मको स्तरोन्नति र बजार विस्तारमा कुनै भूमिका निर्वाह गर्ने देखिएन। 

वीरगन्जबाट फर्किएपछि यति त भन्नैपर्छ, सरकारले जनताको करबाट उठेको रकम यसरी लगानी गर्नुभन्दा अघि अबचाहिँ निकै सोच्नुपर्छ। यसरी त आमजनताप्रति नै अपमान हुन जान्छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति व्यवस्थापन अब एउटै प्रणालीबाट, कासा डेराले ल्यायो नेपालमै पहिलो ईआरपी सफ्टवेयर
बाढीपहिरो प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेट १५ दिन निःशुल्क
रसुवा बाढीपछि राहत र उद्धारका विषयमा प्रधानमन्त्रीले गरे सचिवहरुसँग छलफल
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सम्पत्ति व्यवस्थापन अब एउटै प्रणालीबाट, कासा डेराले ल्यायो नेपालमै पहिलो ईआरपी सफ्टवेयर बिहीबार, भदौ ११, २०८३
बाढीपहिरो प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेट १५ दिन निःशुल्क बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीपछि राहत र उद्धारका विषयमा प्रधानमन्त्रीले गरे सचिवहरुसँग छलफल बिहीबार, भदौ ११, २०८३
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्