काठमाडौं- गत भदौ १९ मा राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरिएको घटनामा छानबिनका लागि प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरु सबै सुन व्यवसायी हुन्।
पक्राउ परेका थप पाँच जनामा काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्।
प्रहरीले पाँच जना सुन व्यापारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरी टोलीले ८८ केजी सुनसहित भदौ १९ बिहान २ बजे चालक मनोज अधिकारीलाई क्षेत्रपाटीमा गाडी पार्किङ गरिहरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।