• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

राम मन्दिर आन्दोलनबाट बिजेपीले के पायो?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २३, २०७६  १८:५४
1140x725

अयोध्यामा राम मन्दिर निर्माणका विषयमा तत्कालीन बिजेपी अध्यक्ष लालकृष्ण आडवाणीले २० नोभेम्बर १९९७ मा नयाँ मुद्दा निकाले।

सन् १९८० मा जन्म भएको भाजपाका धेरै नेताहरु जनसंघबाट नै आएका थिए। सन् १९८४ मा आम चुनाव भएका बेला भाजपालाई केवल दुई सिट मिलेको थियो। चुनावमा केह‍ी महिनाअघि विश्व हिन्दू परिषद्(बिएचपी) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले अयोध्यामा राम मन्दिर निर्माणका लागि अभियान चलाएका थिए‚ तर चुनावमा यसको खास असर भने परेन।

यो चुनावमा इन्दिरा गान्धीको हत्याबाट राजिव गान्धी र काङ्ग्रेसलाई मिलेको सहानुभूतिले भाजपलाई निराश तुल्याएको थियो। 

दुईपटक बिजेपीका सांसद भैसकेका र अयोध्यावासी रामविलास वेदान्तीले बिबिसीलाई बताए अनुसार यो आन्दोलनबाट भारतीय जनतालाई ‘राम मन्दिर नबन्नुको कारण काङ्ग्रेस पार्टी नै हो’ भन्ने परिसकेको थियो।

चुनावमा ४०० भन्दा बढी सिट जित्ने राजिव गान्धी सरकारलाई केही महिनामै राजनीतिक कठिनाइले घेरेको थियो। एक मुस्लिम महिला शाहबानोलाई भारतीय अदालतले वृद्धभत्ता दिने आदेश दिएको थियो। यसलाई  कार्यान्वयन हुनबाट रोक्न राजीव गान्धी सरकारले नयाँ कानुन बनाएको थियो। यसैकारण राजीव गान्धीलाई मुस्लिमको पक्षपोषण गरेको आरोप समेत लागेको थियो। यतिमात्र होइन, सरकारमा दवाब पनि आएको थियो।

काङ्ग्रेसले मुस्लिम पक्षपोषणको विरोध गर्ने हिन्दूहरुलाई खुसी पार्ने तरिका समेत पत्ता लगाएको थियो। १ फेब्रुवरी १९८६ मा फौजावादका न्यायाधीश केएम पाण्डेले हिन्दूलाई पूजा गर्न बाबरी मस्जिदको ताला खोल्ने आदेश दिएका थिए‚ त्यहाँ सन् १९४९ देखि रामको मूर्ति राखिएको थियो तर योभन्दा अघि मस्जिदभित्र गएर पूजा गर्न प्रतिबन्ध लगाइएको थियो।

हुन त यो सबै अदालतको फैसलाअनुसार नै गरिएको थियो तर उक्त प्रतिबन्ध खोल्नमा सरकार हतारिएर लागेको थियो। सरकारले गरेको हतारकै कारण राजनीतिक नोक्सानी बेहोरिरहेको आम बुझाई थियो। तर कथित मुस्लिम पक्षपोषणले त्यो समय संघर्ष गरिरहेको भारतीय जनता पार्टी र यसको सहयोगी हिन्दूत्व परिवारको दललाई बल मिलेको थियो।

बिबिसी उर्दूका वरिष्ठ पत्रकार शकिल अख्तरका अनुसार शहबानो र सलमान रुस्दीको किताबमाथि प्रतिबन्ध लगाउनाले राजीव गान्धी सरकारले भारतीय स्वतन्त्र हिन्दू‚ खास गरेर त्यो समयका नयाँ पिँडीलाई धेरै नै आक्रोशित बनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘हिन्दूहरुमा यी फैसलाले गर्दा सरकार भन्दा बढी मुसलमानप्रति घृणाको भावना पैदा भएको थियो। पक्षपोषण र भोट बैंकको राजनीतिको बारेमा हिन्दूहरुमा एक प्रकारको स्पष्टता आयो। धेरै हिन्दूहरुले पहिलो पटक नागरिकको भन्दा हिन्दूत्वको नजरबाट सोच्न थालेका थिए।   

यसपश्चात् सन् १९८९ को आम चुनावमा काङ्ग्रेसले पनि हिन्दूहरुलाई मनाउन सुरु गरेको थियो।

राम मन्दिरको आरएसएस-बिएचपीको यो आन्दोलनलाई नकार्न काङ्ग्रेस सरकारले हिन्दू समाजलाई रामराज्यको सपना देखाए। राजीव गान्धी आफैं नै फैजावाद गए। चुनावी नाराको सुरुमै रामराज्यको पक्षपोषण गरे। यति मात्रै होइन, त्यसपश्चात् राम मन्दिरको शिलान्यास पनि गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर काङ्ग्रेस पार्टीको हिन्दूत्वप्रतिको झुकाव अस्थायी प्रमाणित भयो। अयोध्यामा सन् १९८० को दशकबाट रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार बिएन दासले काङ्ग्रेसले दुवै तर्फबाट कुन पक्षमा जाने भन्ने विषयमा तय गर्न सकेन।

‘राजीव गान्धीले हिन्दूत्वको मुद्दा त उठाए तर पछि गएर बिनाकारण छाडिदिए। यसको प्रत्यक्ष फाइदा बिजेपीले उठाएको थियो‚’ उनले भने।

लखनऊका वरिष्ठ पत्रकार वीरेन्द्रनाथ भट्ट भन्छन्‚ ‘भारतमा एक परम्परा छ। शरद पूर्णिमाको रातमा मानिसहरु खिर बनाएर कौसीमा राख्छन् र उक्त खिर बिहान खाइन्छ‚ काङ्ग्रेसले पनि शरद पूर्णिमामा खिर बनाएको थियो तर दुर्भाग्य भनौं त्यो उसको भागमा आएन। यसको फाइदा बिजेपीलाई भयो।’

जुन काम काङ्ग्रेसले सुरु गर्न चाहेको थियो त्यसलाई भाजपाले स्वामित्वमा लियो। त्यसैले वरिष्ठ पत्रकार भट्ट भाजपाको उदयको श्रेय धेरै हदसम्म काङ्ग्रेसलाई दिन्छन्।

यसैगरी सन् १९८९ मा पार्टीले आफ्नो पालमपुर (हिमाञ्चल प्रदेश) मा अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचासमेत गरेका थिए।

सोही वर्ष डिसेम्बरमा भएको आम चुनावमा भाजपाले राम मन्दिर निर्माणको नारा आफ्नो चुनावी घोषणापत्रमा पहिलो पटक उतार्यो। यस लगत्तै सन् १९८४ मा दुई सिट आएको भाजपाले सन् १९८९ को चुनावमा ८५ सिट जितेको थियो। शकिल अख्तरका अनुसार यो हिन्दू राष्ट्रवादको सुरुवाती चरण थियो। उनी भन्छन्‚‘ यो आन्दोलनले बिग्रिएको राष्ट्रवादलाई धर्मसँग जोडेर राजनीतिक आन्दोलनका रुपमा बदलिदियो। राम जन्मभूमि आन्दोलनले भारतमा पहिलो पटक हिन्दू राष्ट्रवादलाई एक सामूहिक मुद्दा बनाएको थियो।’

मन्दिर विवादको मुद्दा उठाएपछि पार्टीको लोकप्रियता र यसका अध्यक्ष आडवाणीको लोकप्रियतादेखि जनता दलको सरकार डराएको थियो।

तत्कालीन प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहले भाजपाको बढ्दो असरलाई कम गर्नका लागि सन् १९९० मा मन्डल कमिसनको आरक्षण लागु गर्ने घोषणासमेत गरेका थिए। जित भने भाजपाको भएको थियो। कारसेवक(हिन्दूवादी संस्था)ले पनि २० अक्टोबरमा राम मन्दिरको निर्माणमा हिस्सा लिन सकुन् भन्ने इच्छाले आडवाणीले सेप्टेम्बर १९९० मा रथयात्रा निकालेका थिए।

रथयात्राका क्रममा मुम्बइमा आडवाणीले‚ ‘मान्छे भन्छन्‚ म अदालतको फैसला (राम मन्दिर-बाबरी मस्जिदको फैसला) लाई मान्दिनँ भनेर‚ रामको जन्म कहाँ भएको थियो भनेर अदालतले तय गर्न सक्छ?’ भन्दै सम्बोधन गरेका थिए।

पत्रकार विरेन्द्रनाथ भट्टका अनुसार आडवाणीको रथयात्रामा भारतीय मतदातालाई उनीहरुलाई अहिलेसम्म नमिलेको सबै कुराको सम्बोधन गरिएको थियो। आडवाणीको रथयात्राले भाजपालाई आफ्नो पार्टीलाई अल इन्डिया पार्टिको प्लेटफर्म बनाउने बाटो खुलाएको थियो।

जब सन् १९९१ मा संसदका लागि मध्यावधि चुनाव भयो तब भाजपाले १२० सिट प्राप्त गरेको थियो। उत्तर प्रदेशमा पार्टी पहिलो पटक सत्तामा आएको थियो। त्यसैबेला कल्याण सिंह पार्टीका तर्फबाट प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए।

त्यसबेला मलबेमा अस्थायी मन्दिर बनाइएको थियो तर ६ डिसेम्बर १९९२ मा मस्जिदमा भएको तोडफोड पश्चात् कल्याण सिंहको सरकार त गिर्‍यो नै, यसले भाजपालाई पनि ठुलो क्षति पुगेको थियो।

लखनऊका वरिष्ठ पत्रकार सुनिता एरोनले भाजपाको उदयलाई नजिकबाट नियालेकी छन्। उनी भन्छिन्‚ ‘मस्जिदमा तोडफोड हुँदै जाँदा पार्टीको ग्राफ पनि बिस्तारै बिस्तारै गिर्न थाल्यो। वाजपेयीको नेतृत्वमा मन्दिरको मुद्दा केही छायाँमा पारिएको थियो। यससँगै पार्टीको केन्द्रमा सरकार बन्यो जसबाट पार्टीको मनोबल बढ्यो। भाजपालाई मन्दिर मुद्दाको जरुरतको महसुस भएन। शायद त्यसैले सन् २००४ को चुनावमा पार्टीले ‘इन्डिया साइनिङ’ को नारा दियो र विकासको मुद्दा उठायो। तर चुनाव हार्यो। सन् २००९ मा पार्टीले राम मन्दिरको मुद्दालाई अगाडि बढायो तर लचिलो ढङ्गले। यसपश्चात् नरेन्द्र मोदीको नेतृत्वमा पार्टीले राम मन्दिरको विकासका लागि जोड दियो। आज भाजपा भारतको सबैभन्दा ठुलो पार्टी बनेर उभिएको छ।

सुनिता भन्छिन्‚ ‘यदि तपाईंले उनीहरुको घोषणापत्र हेर्नुभयो भने मन्दिरको कुरो दुई लाइनमा सकेका छन्। उनीहरुलाई अब हिन्दू कार्ड वा मन्दिरको मुद्दाको जरुरी थिएन। तर नरेन्द्र मोदीलाई देखेर मानिसलाई‚ ‘यिनी एक हिन्दू नेता हुन्। उनीसँग विकासको खाका पनि छ‚’ भन्दै उनलाई एक सम्मिश्रणका रुपमा लिन थाले। उनका अनुसार भाजपाको उदयमा केवल मन्दिर मुद्दाको मात्र हात छैन। ‘मन्दिरबाट पार्टीलाई तागत मिल्यो। काङ्ग्रेसको असफलताले राजीव गान्धी पछि काङ्ग्रेसमा लिडरसिपको सङ्कट र अरु विपक्षी पार्टीमा आपसी फुटले गर्दा भाजपाको उदयमा मद्दत पुग्यो।’

भाजपा आज भारतको सबैभन्दा ठूलो पार्टी हो। आज पनि साम्प्रदायिक रुपमा विभाजन गरी मन्दिर मुद्दाको राजनीतिकरण गरेरै सत्ता खेल भइरहेको छ। उनका अनुसार समाजमा हिन्दू-मुस्लिमबीच द्वेष फैलाउने असली काम काङ्ग्रेसले गरेको छ। काङ्ग्रेसले मुसलमानहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्यो र हिन्दू समाजमा जातिवादको राजनीति गर्यो।

रामविलास वेदान्ती भन्छन्‚ ‘पार्टी र मोदीको नेतृत्वमा अब भारतमा हिन्दू-मुस्लिम भेदभाव समाप्त हुनेछ र भारत सन् २०२४ सम्ममा विश्वकै गुरु बन्नेछ।’

राम मन्दिर मुद्दाले भारतको राजनीति सदाका लागि बदलिएको छ। उनका अनुसार यो मुद्दा केवल भारतीय जनता पार्टीको उदयको कारण मात्र होइन‚ काङ्ग्रेसको पतनको कारण पनि हो भन्ने विशेषज्ञहरु पनि धेरै छन्। 

(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री नेपाल लाइभका प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्