एजेन्सी- मिस्टर पर्फेक्सनिस्ट अभिनेता आमिर खान अभिनयमा जति दमदार छन् उति नै दिलदार पनि। उनले फेरि एकपटक आफ्नो खुल्ला र ठूलो दिलको उदाहरण पेस गरेका छन्।
आमिरले बाढीपीपिडितको पुनर्बासका लागि २५ लाख भारू आर्थिक सहयोग गरेका हुन्। उनले आफ्नो फिल्म निर्माण कम्पनीबाट बिहारका मुख्यमन्त्री राहत कोषमा सो रकम प्रदान गरेका हुन्। यस वर्षको बाढीले बिहारका १९ जिल्ला नराम्री प्रभावित बनेका छन्।
यसअघि उनले गुजरात र आसामका पीडितहरुका लागि पनि २५ लाख को सहयोग प्रदान गरिसकेका छन्। आमिर अभिनित 'सेक्रेट सुपरस्टार' शीघ्र प्रदर्शनको तयारीमा छ। फिल्म तिहारमा रिलिज हुने निर्माण युनिटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।