काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नक्सा सच्याउन माग गर्दै काठमाडौंमा विभिन्न विद्यार्थी संगठनद्वारा भारत सरकार विरुद्द विरोध प्रदर्शन, तत्काल नसच्चिए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियूको चेतावनी। (कडा आन्दोलन गर्ने चेतावनी)
२) सामाजिक सुरक्षा कोषमा योगदान गरेकालाई ऋण प्रवाह गर्ने सरकारको तयारी, घरजग्गा वापत बढीमा १ करोड तथा शैक्षिक कर्जा बापत बढीमा ३५ लाख ऋण दिने। (बढिमा १ करोड ऋण दिने)
३) अन्तःशुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन सरकारलाई संसदीय समितिको निर्देशन, नेपाली कम्पनीले प्रतिस्पर्धा नै गर्न नसक्ने गरी टेन्डर आह्वान गरेको निष्कर्ष । (प्रतिष्पर्धी बनाउ)
४) १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको संख्या टुंगो लाग्यो, सबैभन्दा धेरै नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुने। (टुंगो लाग्यो साग खेलाडीको संख्या)
५) र, रकम दुरुपयोग गरेको ठहर गदै अमेरिकी अदालतद्वारा राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना, अदालतको आदेश राजनीतिक रुपले प्रेरित भएको ट्रम्पको प्रतिक्रिया। (ट्रम्पलाई जरिवाना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।