भैरहवा- भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत सीमा क्षेत्र भैरहवाको वेलहियामा प्रदर्शन भएको छ।
भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार नेपाल-भारत सिमा क्षेत्र बेलहिया पुगेर विरोध प्रदर्शन गरेको हो।
अनेरास्ववियू रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कमिटीले सीमा नाका पुगेर विरोध प्रदर्शन गरेको हो।
अनेरास्ववियू नेत्री लक्ष्मी केसीको नेतृत्वमा बेलहियामा प्रदर्शनपछि भारतीय ज्यादतिका विरुद्धमा नाकामै विरोध कार्यक्रम गरिएको थियो। प्रदर्शनकारीले 'भारतीय विस्तारवाद मुर्दावाद', 'ब्याक अफ इन्डिया', 'असमान सन्धी खारेज गर', 'मिचिएका भू-भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए।
तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका विद्यार्थीहरुलाई स्थानीय जनताले समेत साथ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।