काठमाडौं– गीतकार अम्बिका गुरुङको दशै गीत सार्वजनिक भएको छ । अमेरिकामा रहेर नेपाली गीत/संगीत सक्रिय उनका ६० गीत बजारमा आइसकेका छन् । दशैंको अवसरमा भने पहिलोपल्ट गीत सार्वजनिक गरेकी हुन् । कृष्ण काफ्लेको स्वरमा रहेको यो गीतमा संगीत पुरुषोत्तम न्यौपानेको र संगीत संयोजन मोहित मुनालको रहेको छ । शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीको र छायाङ्कन अर्जुन तिवारीको टिमले गरेको हो । भिडियोमा कृष्ण, बर्षा, विकास र दिपिकाको अभिनय देख्न सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।