नयाँ दिल्ली– भोजपुरी नायक मनोज पाण्डेयमाथि बलात्कारको आरोप लागेको छ। काम मिलाइदिने वहानामा आफूलाई बलात्कार गरेको आरोप एक गायिकाले लगाएकी छिन्। मनोजमाथि मुम्बईको चारकोप पुलिस विभागमा जबरदस्ती करणीको मुद्धा दायर भइसकेको छ।
पुलिस विभागकी असई वर्षा जाधवले आइपिसको विभिन्न धाराअन्तर्गत नायक मनोजविरुद्ध मुद्धा दायर गरेको पुष्टी गरेकी छिन्। मुद्धा दायर भएपछि मनोज सम्पर्कमा नआएको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
पीडित महिलाले २०१५ मा मनोजले जबरदस्ती आफ्नो गर्भपतन गराएको बताएकी छिन्। मनोजले विवाहको आश्वासन दिएर २०१२ देखि आफूसँग शारीरिक सम्बन्ध स्थापित गरेको उनको आरोप छ।
‘२०११ मा मेरो एलबमको सुटिङ भइरहेको थियो। उसको भाई मेरो क्यामेरामेन थिए। भाई मार्फत नै मनोजसँग मेरो भेट भएको थियो,’ पीडित गायिकाद्धारा दर्ता गरिएको मुद्धामा भनिएको छ, ‘मनोज र म पछिसँगै बस्न थाल्यौं। म गर्भवती भएपछि उसले आफ्नो बहिनीलाई मसँगै अस्पताल पठाएर गर्भपतन गराउन लगायो।’
२०१२ देखि उनले मनोजलाई विवाह गर्न दबाब दिएकी थिइन्। पाँच वर्ष सँगै बसेर मनोजले अर्कै महिलासँग विवाह गरेपछि उनी पुलिससमक्ष न्याय माग्न पुगेकी हुन्।
मनोजले भोजपुरीमा ‘लहरिया लुट ए राजा जी’, ‘कइसन पियवा के चरितर बा’, ‘बलिया के दबंगई’, ‘सौगन्ध गंगा मइया के‘, ‘लाल चुनरिया वाली’ समेत थुप्रै फिल्ममा काम गरिसकेका छन्।
मनोज र पीडित महिला दुबै उत्तर प्रदेश निवासी हुन्। पीडित महिला भोजपुरी गायिका हुन्। उनले थुप्रै एलबम सार्वजनिक गरिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।