क्याम्प नेउ– बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले क्याम्प नेउ मैदानमा ३ सयभन्दा बढि गोल गर्ने इतिहास रचेका छन्। मंगलबार राती एइबारलाई ६–१ ले हराएको खेलमा मेसीले ४ गोल गरेका थिए।
उनले २० मिनेटमा पेनाल्टी, त्यसपछि ५९, ६२ र ८९ मिनेटमा गोल गरेका थिए। मेसीले हयाट्रिक गोल पुरा गरेपछि बार्सिलोनाको घरेलु मैदानमा मात्र ३ सय गोल पुरा गर्ने इतिहास रचे। चौथो गोल पुरा गरेपछि क्याम्प नेउमा उनको गोल संख्या ३ सय १ पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।