क्याम्प नेउ– लिओनल मेसीले ४ गोल गरेपछि एइबार स्पेनिस ला लिगामा बार्सिलोनाको अगाडि निरिह देखिएको छ। सिजनको सुरुवात सतप्रतिशत नतिजाबाट गरेको बार्सिलोनाले मंगलबार राती सम्पन्न खेलमा मेसीको हयाट्रिकसहित ४ गोलको सहयोगले एइबारलाई ६–१ गोलले पराजित गर्यो।
बार्सिलोनाको घरेलु क्याम्प नेउमा भएको खेलमा मेसीले २० मिनेटमै पेनाल्टीबाट पहिलो गोल गरेका थिए। उनले दोस्रो हाफमा तीन महत्वपूर्ण गोल गरे। मेसीले ५९, ६२, ८७ मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाका लागि यसै सिजन अनुबन्धित भएका पाउलिन्होले हेडिङबाट ३८ मिनेटमा दोस्रो गोल गरेका थिए। अर्को गोल डेनिस सुआरेजे ५३ मिनेटमा गरे। बार्सिलोनाले ५ खेलमा सतप्रतिशत नतिजा निकाल्दै अंक तालिकामा १५ अंकका साथ शीर्ष स्थानमा छ।
एइबारका इनरिचले दोस्रो हाफको ५७ मिनेटमा गोल फर्काउदै खेलमा फर्किने झिनो आशा देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।