काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहार शनिबारबाट सुरु, पहिलो दिन कागको पूजा गरि काग तिहार मनाइयो। (तिहार सुरु)
२) असंलग्न आन्दोलनको सिद्धान्त पालना नगरे विश्वमा अराजकता छाउने प्रधानमन्त्री ओलीको भनाइ, नेपालले विश्वव्यापी ‘सगरमाथा संवाद’ आयोजना गर्ने निर्णय गरेको जानकारी। (अजरबैजानमा प्रधानमन्त्रीको सम्बोधन)
३) आपूर्तिमन्त्री यादवद्वारा चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको सर्भे कार्य थालनी, मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन लोथरसम्म विस्तार हुने। ( पेट्रोलियम पाइपलाइन लोथरसम्म)
४) इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको ऐतिहासिक जित, साउथ ह्याम्टन ९ – ० गोल अन्तरले पराजित। (ऐतिहासिक जित)
५) र, इराकमा रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै सरकार विरोधी भएको प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको मृत्यु, २ हजार बढी प्रदर्शनकारी घाइते। (सरकार विरोधी प्रदर्शन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।