• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दिल्ली–काठमाडौं बसमा तस्करीका सामान

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १७:२०
1140x725

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सहज बनेको काठमाडौं–दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको पुष्टि भएको छ। तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट ल्याउने तथा नेपालबाट अन्य सामग्री लैजाने गरिरहे पनि हालै मात्र दुई घटना बाहिर आएका छन्। 

दिल्लीबाट काठमाडौं आएको बसमा मंगलबार लाखौं रुपैया बराबरको भन्सार छली गरेका लत्ताकपडा बरामद भएपछि काठमाडौं–दिल्ली बस सेवा तस्करी एक्सप्रेस बनेको खुलेको हो । अझ काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाका प्रहरी प्रमुखले नै माथिसम्मको सेटिङ भएकाले गाडी छोड्न आफू मातहतलाई आग्रह गरेको घटनाले तस्कर समूहको पहुँच र प्रभाव माथिसम्म रहेको स्पष्ट हुन्छ।

नागढुंगामा जम्मा पाँच जना यात्रु बोकेर दिल्लीबाट आएको ना५ख १०२ नम्बरको बसका विभिन्न पाटपुर्जामा फल्स बटम बनाएर लाखौंका लत्ताकपडा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। भन्सार तिरेका तीन पोका कपडा छतमा राखेर ल्याइए पनि अन्य लाखौं मूल्य बराबरका सामग्री लुकाएर ल्याइएको भेटिएको हो। 

नागढुंगा प्रभागका सई देउबहादुर चन्दले बसमा लुकाउन सकिने सबै पार्टपुर्जामा फल्स बटम बनाएर अवैध लत्ताकपडा ल्याएको बताए। उनले गाडी चालकले पछिल्लो चार वर्षयता यसरी नै तस्करी भइरहेको प्रारम्भिक बयान दिएको बताएका छन्। उनले बस नियन्त्रणमा लिएपछि प्रभाग प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बस छाड्न बारम्बार आग्रह गरे पनि आफूले नछाडेको नेपाल लाइभलाई बताए।

‘राति इन्स्पेक्टर सापले कोठामा बोलाएर छाडिदेऊ हामीलाई सहयोग गर्ने मान्छे हुन् भन्नु भो, मैले मानिनँ, उहाँले बारम्बार भन्नु भएको हो,’ सई चन्दले भने। चन्द गत वर्ष भदौ २२ मा मातातीर्थमा डाँका समूहसँग दोहोरो भिडन्त गरी बढुवा पाएका सई हुन्। उनले आफूले इमान्दार भएर काम गरेको र प्रहरी निरीक्षकले दिएको निर्देशनका विषयमा कुनै पनि निकायमा बताउन सक्ने दाबी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी निरीक्षक घर्ती मगर भने आफूले कसैलाई तस्करीमा प्रयोग भएको बस छाड्न नभनेको दाबी गर्छन्। उनले आफूलाई सुरुमा भन्सार तिरेको सामग्री हो भन्ने जानकारी आएको र बस कर्मचारीले रसिद देखाएकाले छाड्न भनेको बताए। 

‘मैले कहाँ छाड्न भनेँ, सुरुमा भन्सारको रसिद देखाएपछि फल्स बटममा थुप्रो सामग्री रहेछ, त्यो कहाँ छाड्न भन्छु होला,’ घर्ती मगरले नेपाल लाइभसँग भने।

प्रहरीले बस चालक श्यामसुन्दर नकर्मी र सहचालक रविन्द्रप्रसाद महाजूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसअघि भदौ १९ मा महानगरीय अपराध महाशाखाको टोलीले सोही रुटमा चल्ने लुम्बिनी यातायातको ना७ख ३९९५ नम्बरको बसबाट लत्ताकपडासहित एक सय ३४ थान मोबाइल बरामद गरेको थियो। अघिल्लो घटनामा जस्तै लुकाएर तस्करी भइरहेको अवस्थामा महाशाखाको टोलीले बिहान ४ बजे बस नियन्त्रणमा लिएको थियो। 

महाशाखाको टोलीले हाल चलनचल्तीमा रहेका लगभग सबै महँगा मोबाइल र काठमाडौंमा चलेका बुटिकमा राखिने लत्ताकपडासहित तीन जनालाई नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीले यसरी बस मार्फत हुने तस्करीमा ठूलो गिरोहभन्दा पनि साना तस्कर सक्रिय हुने गरेको बताए। उनका अनुसार जीवकोपार्जनका लागि तस्करीमा संलग्न समूह र ठूलो तस्करका कामदार यस्तो काममा संलग्न छन्। 

‘मौका अनुसार तस्करी गरिरहेका हुन्छन्, परिमाण सानो हुने र एक–दुई व्यक्तिको संलग्नता भएका कारण अनुसन्धानमा लागिरहन प्रहरीलाई पनि अप्ठेरो छ,’ एसपी उप्रेतीले भने।

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्