काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतीको प्रतिक्रिया दिने विषयमा सम्बोधन गर्ने।
२) सरकार कम्युनिस्ट सत्ता निर्माणमा लागेको नेपाली कांग्रेसको आरोप, न्यायालय समेत सरकारसँग डराएको नेता थापाको टिप्पणी।
३) सरकारद्वारा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय एक महिनाका लागि थप, सबैलाई मुलुक समृद्ध बनाउने काममा साथ दिन मन्त्री विष्टको आग्रह।
४) १ सय १२ रन बनाउँदै पहिलो वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजलाई, क्याट क्विन्स काठमाडौं ४५ रनले पराजित।
५) र, बंगलादेशमा छात्रालाई जीवितै जलाएको अभियोगमा २ शिक्षकसहित १६ जनालाई मृत्युदण्ड, मृतकको दुई सहपाठी छात्रा समेत हत्यामा संलग्न रहेको अदालतको ठहर।
पूरा समाचार भिडियोमा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।