• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुख्य अभियुक्तलाई उन्मुक्ति दिने घिमिरेको पक्षमा सर्वोच्चले गर्‍यो फैसला

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १५:४९
1140x725

काठमाडौं- सर्वोच्च अदालतले रुघाखोकी लगायतका औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ ‘स्युडोफेड्रिन’लाई लागुऔषधको रुपमा दुरुपयोग गर्ने अभियुक्तलाई उन्मुक्ति दिने सहन्यायाधिवक्ता टेकबहादुर घिमिरको पक्षमा फैसला सुनाएको छ।
 
६ सय ३१ करोड रुपैयाँ बराबरको बिगो दाबी हुने मुद्दामा मुख्य अभियुक्तहरुलाई उन्मुक्ति दिँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका घिमिरेलाई मन्त्रिपरिषदले गरेको निलम्बन समेत गैरकानुनी देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ।

मुख्य अभियुक्तलाई मुद्दा दर्ता नगरी बचाउने घिमिरेलाई निलम्बन गर्दा प्रक्रिया नपुगेको दाबी गर्दै सर्वोच्चले कारबाही नगरी काममा फर्काउन भनेको हो।
 
सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र पुरुषोत्तम भण्डारीको इजलाशले घिमिरेले दर्ता गरेको रिटमा मंगलबार फैसला गर्दै आफ्ना कुरा राख्ने मौका समेत नदिई मन्त्रिपरिषदमा प्रस्ताव लगेर निलम्बन राखेको देखिँदा काममा फर्काउन दिनु भनेको छ। 
 
प्राकृतिक न्यायको सिद्धान्त बमोजिम आरोप लागेको व्यक्तिलाई सफाइ दिन पाउने मौका समेत नदिइएकाले निलम्बनमा राख्ने निर्णय खारेज हुने सर्वोच्चको फैसलामा उल्लेख छ।  

ठुलो मात्रामा आर्थिक प्रभावमा परी मुख्य अभियुक्तलाई उन्मुक्ति दिएका घिमिरेलाई महान्यायाधिवक्ता कार्यालयको अध्ययन टोलीले निलम्बनमा पठाउने सिफारिस गरेको थियो। सोही सिफारिसलाई आधार मान्दै मन्त्रिपरिषदले निलम्बनको निर्णय गरेको थियो।

घिमिरेमाथि थप अनुसन्धान गर्न उच्चस्तरीय समिति समेत गठन भएको थियो। उक्त समितिले अध्ययन थालेपछि घिमिरे चैत १६ मा सर्वोच्च गएका थिए। उनको निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलाशले अनुसन्धान प्रक्रिया समेत रोक्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले फैसला मार्फत मन्त्रिपरिषदको निलम्बनलाई नै गैरकानुनी ठहर गरेको हो। 

रुघाखोकीको औषधी निर्माणका नाममा खरिद भएको स्युडोफेड्रिन नामक रसायन दुरुपयोग मुद्दामा काठमाडौंसहित तीन जिल्लाका सरकारी वकिलको भूमिका शंकास्पद देखिएको थियो। त्यसमध्ये पनि काठमाडौं सरकारी वकिल कार्यालयका घिमिरेले आरोपितलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता गरेको पाइएको थियो। 

मुद्दामा बिगो कायम नगरेको, प्रत्यक्ष संलग्न रहेका व्यक्तिबाहेकलाई प्रतिवादी नबाई अभियोग पत्र दायर गरेको पाइएपछि महान्यायाधीवक्ताको कार्यालयले छानबिन गरेको थियो । तत्कालीन महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठको अगुवाइमा भएको छानबिनमा घिमिरेले आर्थिक प्रलोभनमा मुख्य अभियुक्तहरुलाई उन्मुक्ति दिइएको देखिएको थियो।
 
स्युडोफेड्रिन दुरुपयोगमा अनुसन्धान सकेर प्रहरीले दिएको विवरणमा चलखेल गर्दै घिमिरेले फागुन १ गते जिल्ला अदालत काठमाडौंमा लागूऔषध मुद्दा दर्ता गरेका थिए। सरकारी वकिलको कार्यालयले मुख्य आरोपित मधुसुदन अग्रवाल, आशिष अग्रवाल र अमित अग्रवाललाई विपक्षी नै नबनाई औषधी कम्पनीका कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको थियो।  

अनुसन्धानमा गृह मन्त्रालय र औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म २१ सय १० किलोग्राम स्युडोफेड्रिन खरिद गरेको पुष्टि भएको थियो। एसआर ड्रग कम्पनीले १६ सय ६२ किलो ८० ग्राम स्युडोफेड्रिन औषधि नबनाई अन्यत्र पठाएको भेटिएको थियो। त्यस क्रममा रसायन औषधि निर्माणकै क्रममा खपत भएको देखाउन बिएमआर (ब्याच मेनुफ्याक्चरिङ रेकर्ड) समेत नक्कली बनाइएको अनुसन्धानमा देखिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

ठूलो परिमाणको लागूऔषध मुद्दामा संगठित अपराध अन्तर्गत सजाय माग गर्नुपर्नेमा आरोपपत्रमा यस्तो माग गरिएको थिएन।  संस्थालाई बदनाम गराउने, पदको दुरुपयोग गर्ने र अनियमितता गर्ने काम गरेपछि महान्यायाधिवक्ता कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले फागुन २५ गते घिमिरेलाई निलम्बन गरेको थियो।
 
लागूऔषध मुद्दामा प्राप्त प्रमाण र घटनाको वस्तुपरक विश्लेषण नगरी औषधि उत्पादक कम्पनी सञ्चालकलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्रै मुद्दा चलाइएको छ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दालाई प्रभाव पार्न सक्ने र प्रमाण नष्ट गर्न सक्ने देखिएको जनाउँदै घिमिरेलाई निलम्बन प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। 

काठमाडौं सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख टेकबहादुर घिमिरे, धादिङ सरकारी वकिल कार्यालयका प्रमुख दयाशंकर अधिकारी र ललितपुर लागूऔषध नियन्त्रण ब्युरोले औषधि बनाउने केमिकल अर्थात् ‘प्रि–क्रसर केमिकल्स’ को आवश्यकताभन्दा धेरै आयात गरेर लागूऔषधका रूपमा बेच्ने काममा संलग्न रहेको भन्दै सांघाई ग्रुपको सञ्चालनमा रहेको ‘आर्या फर्मा ल्याब’ माथि साउन दोस्रो सातादेखि अनुसन्धान थालेको थियो। 

उजुरीका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उक्त कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो।   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आवरणमा औषधि, प्रयोग लागुऔषधमा
विभागको तथ्यांक अनुसार औषधि निर्माणका लागि कच्चा पदार्थका रुपमा ल्याइने एक किलो स्युडोफेड्रिनको मूल्य करिब ८०–९० अमेरिकी डलर (८–९ हजार नेपाली रुपैयाँ) पर्छ। यसरी औषधि बनाउन भन्दै वैध बजारमा खरिद गर्न पाइने स्युडोफेड्रिनको मूल्य अवैध बजारमा निकै उच्च छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, लागूऔषध तस्करहरुले स्युडोफेड्रिनलाई प्रतिग्रामकै करिब २८ डलर तिर्ने गर्छन्। स्युडोफेड्रिनको औषधि बनाएर वैध व्यापारभन्दा अवैध रुपमा लागुऔषध करोबारीलाई बिक्री गर्दा करिब ३ सय ५० गुणा मुनाफा आउने भएपछि औषधि कम्पनीहरुले स्युडोफेड्रिनको औषधि नबनाई लागुऔषध व्यापारीलाई बिक्री गर्न थालेका हुन्।

एसआर, टौरस र आर्या फर्मास्युटिकल्सले हरेक वर्ष औषधि बनाउने नाममा कच्चा पदार्थको रुपमा स्युडोफेड्रिन आयात अनुमति लिने र नेपालमा ल्याएपछि त्यसलाई लागुऔषध कारोबारीलाई बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको हो।

औषधि उत्पादन कम्पनीहरुले आयात गरेको कच्चा पदार्थका आधारमा उत्पादित औषधिहरुको तथ्यांक राख्नुपर्छ। आयात र खपतको अनुपात सन्तुलित भएमा मात्रै कच्चा पदार्थका रुपमा आयातित स्युडोफेड्रिन सदुपयोग भएको ठानिन्छ र त्यसका आधारमा कम्पनीहरुबाट थप कच्चा पदार्थको माग भए आयात अनुमतिका लागि औषधि व्यवस्था विभागले सिफारिसपत्र दिन्छ।

तर, लागुऔषध दुरुपयोग विवादमा मुछिएका तीन कम्पनीका सञ्चालकहरुले बजार मागको अत्यधिक बढी र नक्कली कागजात तयार गर्दासमेत औषधि व्यवस्था विभागले अनुगमन र नियमन गरेको भेटिएन। कतिसम्म भने विवादित कम्पनीका कर्मचारीहरुले नै सञ्चालकहरुसँग विभागका कर्मचारीहरुको नियमित सम्पर्क र सूचना आदानप्रदान हुने गरेको र त्यसका आधारमा नक्कली बिएमआर तयार गरेको बयान दिएका थिए।

कच्चा पदार्थका रुपमा आयातित स्युडोफेड्रिन अन्यत्र वितरण गर्न मिल्दैन। तर, उही सञ्चालकहरुको बाहुल्य रहेको एसआर र टौरस कम्पनीबीच संवेदनशील कच्चा पदार्थ आदानप्रदान भएको भेटिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्