• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुख्य अभियुक्तलाई उन्मुक्ति दिने घिमिरेको पक्षमा सर्वोच्चले गर्‍यो फैसला

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १५:४९
1140x725

काठमाडौं- सर्वोच्च अदालतले रुघाखोकी लगायतका औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ ‘स्युडोफेड्रिन’लाई लागुऔषधको रुपमा दुरुपयोग गर्ने अभियुक्तलाई उन्मुक्ति दिने सहन्यायाधिवक्ता टेकबहादुर घिमिरको पक्षमा फैसला सुनाएको छ।
 
६ सय ३१ करोड रुपैयाँ बराबरको बिगो दाबी हुने मुद्दामा मुख्य अभियुक्तहरुलाई उन्मुक्ति दिँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका घिमिरेलाई मन्त्रिपरिषदले गरेको निलम्बन समेत गैरकानुनी देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ।

मुख्य अभियुक्तलाई मुद्दा दर्ता नगरी बचाउने घिमिरेलाई निलम्बन गर्दा प्रक्रिया नपुगेको दाबी गर्दै सर्वोच्चले कारबाही नगरी काममा फर्काउन भनेको हो।
 
सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र पुरुषोत्तम भण्डारीको इजलाशले घिमिरेले दर्ता गरेको रिटमा मंगलबार फैसला गर्दै आफ्ना कुरा राख्ने मौका समेत नदिई मन्त्रिपरिषदमा प्रस्ताव लगेर निलम्बन राखेको देखिँदा काममा फर्काउन दिनु भनेको छ। 
 
प्राकृतिक न्यायको सिद्धान्त बमोजिम आरोप लागेको व्यक्तिलाई सफाइ दिन पाउने मौका समेत नदिइएकाले निलम्बनमा राख्ने निर्णय खारेज हुने सर्वोच्चको फैसलामा उल्लेख छ।  

ठुलो मात्रामा आर्थिक प्रभावमा परी मुख्य अभियुक्तलाई उन्मुक्ति दिएका घिमिरेलाई महान्यायाधिवक्ता कार्यालयको अध्ययन टोलीले निलम्बनमा पठाउने सिफारिस गरेको थियो। सोही सिफारिसलाई आधार मान्दै मन्त्रिपरिषदले निलम्बनको निर्णय गरेको थियो।

घिमिरेमाथि थप अनुसन्धान गर्न उच्चस्तरीय समिति समेत गठन भएको थियो। उक्त समितिले अध्ययन थालेपछि घिमिरे चैत १६ मा सर्वोच्च गएका थिए। उनको निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलाशले अनुसन्धान प्रक्रिया समेत रोक्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले फैसला मार्फत मन्त्रिपरिषदको निलम्बनलाई नै गैरकानुनी ठहर गरेको हो। 

रुघाखोकीको औषधी निर्माणका नाममा खरिद भएको स्युडोफेड्रिन नामक रसायन दुरुपयोग मुद्दामा काठमाडौंसहित तीन जिल्लाका सरकारी वकिलको भूमिका शंकास्पद देखिएको थियो। त्यसमध्ये पनि काठमाडौं सरकारी वकिल कार्यालयका घिमिरेले आरोपितलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता गरेको पाइएको थियो। 

मुद्दामा बिगो कायम नगरेको, प्रत्यक्ष संलग्न रहेका व्यक्तिबाहेकलाई प्रतिवादी नबाई अभियोग पत्र दायर गरेको पाइएपछि महान्यायाधीवक्ताको कार्यालयले छानबिन गरेको थियो । तत्कालीन महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठको अगुवाइमा भएको छानबिनमा घिमिरेले आर्थिक प्रलोभनमा मुख्य अभियुक्तहरुलाई उन्मुक्ति दिइएको देखिएको थियो।
 
स्युडोफेड्रिन दुरुपयोगमा अनुसन्धान सकेर प्रहरीले दिएको विवरणमा चलखेल गर्दै घिमिरेले फागुन १ गते जिल्ला अदालत काठमाडौंमा लागूऔषध मुद्दा दर्ता गरेका थिए। सरकारी वकिलको कार्यालयले मुख्य आरोपित मधुसुदन अग्रवाल, आशिष अग्रवाल र अमित अग्रवाललाई विपक्षी नै नबनाई औषधी कम्पनीका कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको थियो।  

अनुसन्धानमा गृह मन्त्रालय र औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म २१ सय १० किलोग्राम स्युडोफेड्रिन खरिद गरेको पुष्टि भएको थियो। एसआर ड्रग कम्पनीले १६ सय ६२ किलो ८० ग्राम स्युडोफेड्रिन औषधि नबनाई अन्यत्र पठाएको भेटिएको थियो। त्यस क्रममा रसायन औषधि निर्माणकै क्रममा खपत भएको देखाउन बिएमआर (ब्याच मेनुफ्याक्चरिङ रेकर्ड) समेत नक्कली बनाइएको अनुसन्धानमा देखिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

ठूलो परिमाणको लागूऔषध मुद्दामा संगठित अपराध अन्तर्गत सजाय माग गर्नुपर्नेमा आरोपपत्रमा यस्तो माग गरिएको थिएन।  संस्थालाई बदनाम गराउने, पदको दुरुपयोग गर्ने र अनियमितता गर्ने काम गरेपछि महान्यायाधिवक्ता कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले फागुन २५ गते घिमिरेलाई निलम्बन गरेको थियो।
 
लागूऔषध मुद्दामा प्राप्त प्रमाण र घटनाको वस्तुपरक विश्लेषण नगरी औषधि उत्पादक कम्पनी सञ्चालकलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्रै मुद्दा चलाइएको छ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दालाई प्रभाव पार्न सक्ने र प्रमाण नष्ट गर्न सक्ने देखिएको जनाउँदै घिमिरेलाई निलम्बन प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। 

काठमाडौं सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख टेकबहादुर घिमिरे, धादिङ सरकारी वकिल कार्यालयका प्रमुख दयाशंकर अधिकारी र ललितपुर लागूऔषध नियन्त्रण ब्युरोले औषधि बनाउने केमिकल अर्थात् ‘प्रि–क्रसर केमिकल्स’ को आवश्यकताभन्दा धेरै आयात गरेर लागूऔषधका रूपमा बेच्ने काममा संलग्न रहेको भन्दै सांघाई ग्रुपको सञ्चालनमा रहेको ‘आर्या फर्मा ल्याब’ माथि साउन दोस्रो सातादेखि अनुसन्धान थालेको थियो। 

उजुरीका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उक्त कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो।   

आवरणमा औषधि, प्रयोग लागुऔषधमा
विभागको तथ्यांक अनुसार औषधि निर्माणका लागि कच्चा पदार्थका रुपमा ल्याइने एक किलो स्युडोफेड्रिनको मूल्य करिब ८०–९० अमेरिकी डलर (८–९ हजार नेपाली रुपैयाँ) पर्छ। यसरी औषधि बनाउन भन्दै वैध बजारमा खरिद गर्न पाइने स्युडोफेड्रिनको मूल्य अवैध बजारमा निकै उच्च छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, लागूऔषध तस्करहरुले स्युडोफेड्रिनलाई प्रतिग्रामकै करिब २८ डलर तिर्ने गर्छन्। स्युडोफेड्रिनको औषधि बनाएर वैध व्यापारभन्दा अवैध रुपमा लागुऔषध करोबारीलाई बिक्री गर्दा करिब ३ सय ५० गुणा मुनाफा आउने भएपछि औषधि कम्पनीहरुले स्युडोफेड्रिनको औषधि नबनाई लागुऔषध व्यापारीलाई बिक्री गर्न थालेका हुन्।

एसआर, टौरस र आर्या फर्मास्युटिकल्सले हरेक वर्ष औषधि बनाउने नाममा कच्चा पदार्थको रुपमा स्युडोफेड्रिन आयात अनुमति लिने र नेपालमा ल्याएपछि त्यसलाई लागुऔषध कारोबारीलाई बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको हो।

औषधि उत्पादन कम्पनीहरुले आयात गरेको कच्चा पदार्थका आधारमा उत्पादित औषधिहरुको तथ्यांक राख्नुपर्छ। आयात र खपतको अनुपात सन्तुलित भएमा मात्रै कच्चा पदार्थका रुपमा आयातित स्युडोफेड्रिन सदुपयोग भएको ठानिन्छ र त्यसका आधारमा कम्पनीहरुबाट थप कच्चा पदार्थको माग भए आयात अनुमतिका लागि औषधि व्यवस्था विभागले सिफारिसपत्र दिन्छ।

तर, लागुऔषध दुरुपयोग विवादमा मुछिएका तीन कम्पनीका सञ्चालकहरुले बजार मागको अत्यधिक बढी र नक्कली कागजात तयार गर्दासमेत औषधि व्यवस्था विभागले अनुगमन र नियमन गरेको भेटिएन। कतिसम्म भने विवादित कम्पनीका कर्मचारीहरुले नै सञ्चालकहरुसँग विभागका कर्मचारीहरुको नियमित सम्पर्क र सूचना आदानप्रदान हुने गरेको र त्यसका आधारमा नक्कली बिएमआर तयार गरेको बयान दिएका थिए।

कच्चा पदार्थका रुपमा आयातित स्युडोफेड्रिन अन्यत्र वितरण गर्न मिल्दैन। तर, उही सञ्चालकहरुको बाहुल्य रहेको एसआर र टौरस कम्पनीबीच संवेदनशील कच्चा पदार्थ आदानप्रदान भएको भेटिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्