• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
स्त्री हर्मोनले पुरुषलाई के–के रोग लाग्छ ?
64x64
नेपाल लाइभ मंगलबार, फागुन ८, २०७४  २३:२९
1140x725

उमेर बढ्दै जाँदा पुरुषको शरीरमा पुरुष हर्मोनको स्तर घट्दै जान्छ । सामान्य अवस्थामा पुरुष शरीरमा पनि स्त्री हर्मोन विद्यमान हुन्छ । पुरुषको उमेर बढ्दै जाँदा स्त्री हर्मोन भने पहिलेकै स्तरमा रहन्छ । फलस्वरुप पुरुष शरीरमा यी दुवै हर्मोनको सन्तुलन हराउँछ र उच्च स्त्री हर्मोनले गर्दा ‘प्रोस्टेट ग्रन्थी’को बृद्धि हुन्छ । प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा एकनासले बृद्धि नभएर दाँया–बाँया वा बीचको भागमा विशेष आकारले बृद्धि हुन सक्छ । ग्रन्थीको बीच भाग बृद्धि हँुदा बिरामीको मुत्र निस्कासनमा सबैभन्दा बढी समस्या हुनेगर्छ । विभिन्न कारणले प्रोस्टेट ग्रन्थी बढ्नुको सट्टा सुकेर सानो हुँदा त्यसले मुत्र निस्कासनमा नराम्रो असर पार्नेगर्छ ।

यो रोगको लक्षण बिस्तारै देखिने खालको हुन्छ । किनकि, ग्रन्थी सानो वा ठूलो हुने कुरामा वर्षौं लाग्नेगर्छ । केही बिरामीले शरीरमा घटिरहेका परिवर्तनलाई अनुभव गर्न नसक्दा वा बेवास्ता गर्नाले एकैपटक पिसाब फेर्न नसक्ने अवस्थामा अस्पताल आइपुग्छन् । अर्काथरी बिरामीहरू पिसाब फेरेपछि पनि बाँकी रहेको पिसाबले मुत्रथैली, मुत्र बाहीनी नली र मृगौला फुलेर राति सुतेको समयमा ओछ्यानमै पिसाब चुइने भएपछि मात्र चिकित्सकलाई देखाउन आउँछन् ।   प्रोस्टेट ग्रन्थीका कारण छिटोछिटो पिसाब लाग्ने, तुरुन्त पिसाब नखुल्ने, पिसाब रोक्नै नसकी चुहिने, कनेर पिसाब फेर्नुपर्ने, रातभर पिसाब फेर्न उठ्नुपर्ने, पिसाब फेरेपछि निख्रेको आनन्द नहुने जस्ता लक्षण देखिन सक्छन् ।

पिसाबमा रगत जाने, मुत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउने जस्ता लक्षण पनि प्रोस्टेट ग्रन्थी संक्रमणको कारण हुन सक्छ । तर, पुरुषमा देखा पर्ने यस्ता लक्षण प्रोस्टेट ग्रन्थीकै कारण भएको भन्न मिल्दैन । मुत्रथैलीको मांशपेशी बढी सक्रिय भएर पनि यस्ता लक्षण देखिन सक्छ । मुत्रथैली वा प्रोस्टेट क्यान्सर, मुत्रथैलीको पत्थरी वा मधुमेहले नसामा पारेको नकारात्मक असरले गर्दा पनि मुत्रथैलीमा समस्या आएको हुन सक्छ ।  प्रोस्टेट ग्रन्थी बृद्धि वा सानो भएका पुरुषको मुत्र प्रवाह जाँचेर हेर्नु महत्वपूर्ण सूचना उपलब्ध गर्ने तरिका हो । त्यसका आधारमा कस्ता बिरामीलाई शल्यविधिले उपचार नगरी हँुदैन र कस्तालाई औषधिले व्यवस्थापन गर्न सकिन्छ भन्ने निर्णय लिन सजिलो हुन्छ ।

जाँचे मात्र थाहा हुन्छ

प्रोस्टेट ग्रन्थीको संक्रमण हो÷होइन भन्ने यकिन गर्न पिसाब जाँच गर्नु उत्तम विकल्प हो । चिकित्सकले सोधपुछ तथा विभिन्न परीक्षणबाट थाहा पाउने सूचनाबाहेक बिरामीको पिसाब जाँच गरेर संक्रमण भए/नभएको वा रगत देखा परे/नपरेको निक्र्यौल गर्नुपर्छ । त्यसबाहेक पिसाबबाटै एल्मुमिन, प्रोटिन, चिनी भए/नभएको र त्यसको मात्रा थाहा पाउन सकिन्छ ।   रगत परीक्षण गरेर शरीरमा रगतको मात्रा ठिक छ÷छैन, मृगौलाको काम गर्ने क्षमता कस्तो छ साथै क्रिटिनिन, युरिया, युरिक एसिड, सोडियम, पोटासियम, सुगर र अन्य केही महत्वपूर्ण जाँच गरी शरीरको अवस्था बुझ्न सकिन्छ । पेटको अल्ट्रासाउन्ड गरेर कलेजो, पित्तथैली, फियो, मृगौला, पिसाब थैली जस्ता अंगको अवस्था जानकारी लिन सकिन्छ । परीक्षणबाट प्रोस्टेट ग्रन्थीको तौल, त्यो कतातिर बढेको र पिसाब थैलीभित्र बीचको भाग कति घुसेको छ भन्ने थाहा हुन्छ । अल्ट्रासाउन्ड पहिला पिसाबको थैलीमा आफूले रोक्न सक्ने मात्रामा पिसाब संकलन गरी गराइन्छ । त्यसपछि पिसाब फेरेर कति बाँकी रह्यो त्यो नापेर हेर्नुपर्छ । ५० मिलिलिटरभन्दा बढी पिसाब बाँकी रहेमा त्यसलाई निखार्न उपचारका निम्ति सल्लाह लिनुपर्छ ।

Ncell 2
Ncell 2

माथिल्लो र तल्लो पिसाब प्रणालीको अल्ट्रासाउन्ड गरेपछि प्रोस्टेट ग्रन्थीबारे थप सूचना प्राप्त गर्न टीआरयूएस जाँच गर्नुपर्ने हुनसक्छ । यो थप परीक्षण गर्न मलद्वारमा दिसा नभएको अवस्था हुनुपर्छ । यो पनि अल्ट्रासाउन्ड जस्तै जाँच हो, तर मलद्वारभित्र पनि एउटा यन्त्र प्रवेश गराएर ग्रन्थीबारे अझै बढी अध्ययन गरिन्छ । यो जाँच सबै बिरामीले अनिवार्य रूपमा गर्नु पर्दैन ।  यस्तै, पिसाब फेर्न गाह्रो अनुभव भए वा पिसाब जाँच गर्दा रगतमा आरबीसी भए र युरोफ्लो मेट्रिमा पिसाबको प्रवाह ज्यादै घटे ‘सिस्टोस्कोपी’ जाँच गर्नुपर्छ । यो दूरबिन लगाएर पिसाबको थैली र मुत्रनली जाँच्ने विधिबाट पिसाबमा रगत देखिनाको कारण, पिसाब फेर्न असजिलो हुनुको समस्या र यूएफएममा क्युम्याक्स घट्नुको कारण पत्तो लाग्न सक्छ ।

प्रोस्टेटको शल्यक्रिया गर्ने कि नगर्ने ?

जुन उमेरमा बिरामीलाई मुत्र प्रवाहमा प्रोस्टेट ग्रन्थीले नराम्रो असर पार्छ त्यही उमेरमा शल्यक्रिया गर्नुपर्छ । सामान्यतया उमेर शल्यक्रियाको बाधक हुँदैन । मृगौला, कलेजो, फोक्सो, मुटु आदिको गहिरो परीक्षण गरेर बिरामीले शल्यक्रिया धान्न सक्ने वा थप तयारी गर्नुपर्ने त्यसको निर्णय गरिन्छ ।  पिसाब रोकिनुको कारण प्रोस्टेट ग्रन्थी हो भन्ने पक्का भए त्यसको निदानको उपाय भनेकै प्रायःजसो शल्यक्रिया नै हो । प्रोस्टेट ग्रन्थीको कारणबाट पिसाबसँगै  रक्तस्राव भएको अवस्थामा पनि प्रोस्टेटको शल्यक्रिया गर्नुपर्छ । प्रोस्टेटका बिरामीले बारम्बार पिसाब संक्रमण, मुत्रथैलीको पत्थरी र थैलीमा ‘डाइभटिक्युलम’को सामना गर्नुपरे शल्यक्रिया गरिहाल्नु पर्छ । पिसाब ननिख्रेर मुत्रथैलीमा जम्मा भई मुत्रथैली र मृगौला फुलेर राति सुतेको समय ओछ्यानमा पिसाब हुने गरे शल्यक्रिया उत्तम उपचार हो । यस्ता बिरामीको मृगौलाको काम गर्ने क्षमता ह्रास भएर क्रिटिनिन र युरियाको रक्तस्तर बढ्नाले शरीरमा सन्तुलन गुम्दछ ।

रगतमा हेमोग्लोबिनको स्तर घट्छ । बिरामी ज्यादै सिथिल र आफ्नो रेखदेख आफैँ गर्न नसक्ने अवस्थासम्म पुग्न सक्छ । त्यसैले शल्यक्रियाका निम्ति अनिवार्य सबै तयारी गरेर सक्दो छिटो शल्यक्रिया गर्नु मृगौलाको बचाउ गर्नु हो । बारम्बार कनेर मसिनो धारा भएको पिसाब फेरिराख्नुपर्ने, रातको समयमा पनि पिसाब फेर्न निरन्तर उठिरहनुपर्ने, जति पिसाब फेर्दा पनि निखार्न नसक्ने र कन्नु पर्ने भएकाले हर्निया र पाइल्सजस्ता रोगबाट पनि थप पीडित भएका बिरामीले शल्य उपचारलाई प्राथमिकता दिनुपर्छ ।   युरोफ्लो मेट्रिमा मुत्र प्रवाहको उच्चतम चुचुरो १० मिलिलिटर प्रतिसेकेन्ड वा त्यो भन्दा कम भएकाले औषधि प्रयोग गरेर पर्खिनु भनेको शल्यक्रियाले दिनसक्ने सुविधालाई आत्मसात् नगर्नु मात्र हो । प्रोस्टेट ग्रन्थीको तौलको हिसाब गरेर भन्दा पनि बिरामीलाई ग्रन्थीले कतिसम्म समस्या पारेको छ भन्नेबारे वस्तुगत लेखाजोखा गरेर शल्यक्रियाबारे निर्णय गर्नुपर्छ ।

कस्ता बिरामीलाई औषधि ?

जुनसुकै कारणले भए पनि शल्यक्रियाको निम्ति अनुपयुक्त र ज्यादै ठूलो जोखिम भएका बिरामीले शल्यक्रियालाई नअपनाएर औषधि–उपचारबाटै रोग मत्थर पार्ने अवस्था आउँछ । तर, शल्यक्रिया प्रदान गर्ने संस्थाको क्षमतामा पनि शल्यक्रिया गर्ने वा नगर्ने भन्ने निर्णय फरक–फरक पर्न सक्छ ।   मुत्र प्रवाहको उच्चतम चुचुरो १५ मिलिलिटर प्रतिसेकेन्डभन्दा बढी र पिसाब फेरेपछि मुत्रथैलीमा १० मिलिलिटरभन्दा कम पिसाब बाँकी हुने बिरामीले औषधि–उपचारमार्फत केही समय शल्यक्रियालाई पछि सार्न सक्छन् । त्यस्ता बिरामीले औषधि–उपचारबाट पाएको फाइदामा चित्त बुझाउनै पर्ने हुन्छ । त्यसको अलावा प्रतेक तीन देखि ६ महिनाभित्र चिकित्सकसँग परामर्श गर्ने र विभिन्न जाँच गर्नुपर्ने हुन्छ । त्यसका आधारमा चिकित्सकले हाल शल्यक्रिया गर्ने वा नगर्ने यकिन गर्न मिल्छ । बिरामीले आफ्नो खानपिनमा पनि तरल पदार्थ तथा पानीलाई व्यवस्थित ढंगले नियन्त्रण गर्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  २३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले मनायो स्थापना दिवस
तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख सहयोग गर्ने
कारागारबाट रवि लामिछानेले भने, ‘रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ (पूर्णपाठ)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले मनायो स्थापना दिवस शनिबार, असार ७, २०८२
तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख सहयोग गर्ने शनिबार, असार ७, २०८२
कारागारबाट रवि लामिछानेले भने, ‘रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ (पूर्णपाठ) शनिबार, असार ७, २०८२
सुदूरपश्चिम रोयल्सले गर्यो ६ खेलाडीलाई रिटेन शनिबार, असार ७, २०८२
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४२ प्रतिशत मात्रै शनिबार, असार ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
सुदूरपश्चिम रोयल्सले गर्यो ६ खेलाडीलाई रिटेन शनिबार, असार ७, २०८२
इजरायली आक्रमणमा इरानको न्युक्लियर सेन्टरमा क्षति शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्