काठमाडौं– स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा आज अन्तिम तथा चौथो खेलमा नेपालले टस हारेर पहिले फल्डिङ गर्ने भएको छ ।
घरेलु टोली स्कटल्यान्डले टस जित्दै पहिले ब्याटिङ रोजेको हो । दुवै टोलीको लागि अन्तिम खेल हो । स्कटल्यान्डले तीन खेलमा एक जित र दुईमा हार व्यहोरेको छ । नेपालले तीनमा दुई जित र एक हार निकालेको छ । उपाधिका लागि दुवै टोलीलाई एक अर्का विरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।
स्कटल्यान्डले एक खेल मात्र जिते पनि आज जित दर्ता गर्दा दुवैको अंक चार/चार हुने र नेटरनरेटमा उपाधि स्कटल्यान्डले जित्नेछ । तर नेपालले जितेमा उपाधि नेपालको हुनेछ ।
स्कटल्यान्डविरुद्ध पहिलो खेलमा नेपालले एक विकेटको जित निकालेको थियो । नेदरल्यान्डसँग दुई खेलमध्ये नेपालले एकमा जित र एकमा हार व्यहोरेको छ । यस्तै स्कटल्यान्डले एक खेल नेपाल र एक नेदरल्यान्डसँग हारे पनि एक खेल भने नेदरल्यान्डलाई हरायो ।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो ।
तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो । पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । करण केसीको स्थानमा रिजन ढकाललाई राखिएको छ ।
नेपालको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, लोकेश बम, आरिफ शेख, रुपेशकुमार सिंह, सन्दीप लामिछाने, ललित राजवंशी र रिजन ढकाल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।