काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ । रिटेन गरिएका अन्य प्रमुख खेलाडी अनुभव र निरन्तरताको संयोजन देखिएको छ । रोयल्सले दिपेन्द्र सहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको हो ।
रोयल्सले अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ, वसन्त खत्रीलाई रिलिज गरेको छ । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस् सँग पराजित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।