• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

संविधानबारे फरक मत : असोज ३ र कालो-दिवसको सार्थकता

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १५:३४
1140x725

असोज-३ नेपालको इतिहासमा समाजलाई विधिवत रुपमा चिरा पारेको दिन हो। एकातिर हर्षोल्लास अर्कोतिर 'मातम'। एकातिर आतिसबाजी, अर्कोतिर ब्ल्याकआउट। एकातिर खुसी साट-साट, अर्कोतिर परिवार-जनको अन्तिम संस्कार गर्न पाऊँ भनेर प्रसाशनसँग अनुनय-विनय! यसरी फर्केर हेर्दा, के नेपाली जनताले साँच्चै यस्तै संविधान चाहेका थिए, जसले नेपाली समाजलाई एक सूत्रमा बाँध्ने होइन तोड्ने काम गर्‍यो? यो प्रश्नको उत्तर सायद तीन ठूला भनिएका दलका नेता र मधेशी दलका नेतासँग होला! तर, जनताको तहसम्म हेर्ने हो भने, उत्तरविहीन भएर यो प्रश्न घुमिरहेको छ।

जसले जति 'उत्कृष्ट' भने पनि यो संविधानका धाराहरुमा खोट छ भन्ने प्रधानमन्त्री निर्वाचन गराउन बाधा-अड्काउ फुकाउनुले नै स्थापित गर्छ। यो संविधान तीन ठूला दलका केही नेताको मार्गदर्शनमा कर्मचारीतन्त्रले लेखेको हो। ६०१ सभासद त केवल हात उठाएर 'हो/होइन' भन्न मात्र सीमित भए। होइन भने अन्तरिम-संविधान र पहिलो संविधानसभाको प्रगतिशील उपलब्धिहरुलाई तिलाञ्जली दिइने थिएन। 

म एउटा मधेशी युवाले कसरी हेरेँ असोज-३ को घटनाक्रमलाई? अशोज ३ (संविधान जारी भएको दिन) आउँदासम्म मधेश बन्द भएको डेढ महिनाभन्दा बढी भइसकेको थियो र ४० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका थिए। संविधान जारी हुने दिनसम्म मधेशमा मानिस आफ्नो घरभन्दा बाहिर निस्किन सकेका थिएनन्। चारैतिर पीडा र आक्रोशको माहोल थियो। 

देशको एउटा ठूलो भूभागमा यस्तो जटिल परिस्थिति हुँदा-हुँदै त्यसलाई सम्बोधन गर्नुको साटो 'यिनीहरुलाई देखाइदिन्छु' भन्ने पारामा तीन ठूला दलका शीर्ष नेताहरु लागे। जसले गर्दा मजस्ता मधेसी जनतामा यो संविधानप्रति सम्मान होइन घृणा जागृत भयो। हाम्रो माग यति मात्र थियो, यो संविधान अन्तरिम संविधानभन्दा पछाडि जानु भएन र बनाउने 'प्रोसेस'मा हामीलाई सामेल गरियोस। यसो भन्दा ९० प्रतिशतको धाक दिइयो। 

मैले एउटा कुरा कहिल्यै बुझ्न सकिनँ, मेरो परिवारले (चुनावको समयमा म देश बाहिर थिएँ) संविधानसभामा चुनेर पठाएका कांग्रेसका सांसदले हाम्रो असन्तुष्टि हुँदा-हुँदै संविधानमा हस्ताक्षर गर्दा म ९० प्रतिशतमा परेँ कि १० प्रतिशतमा? के कांग्रेस-एमाले-माओवादीका मधेशी सांसदले ह्विप जारी नगरिएको भए यो संविधानको पक्षमा हस्ताक्षर गर्ने थिए? 

संविधानसभाको जनमतमा त त्यही दिन प्रश्न खडा भयो, जुन दिन लाखौं जनता घाम-पनी नभनी १ हजार किलोमिटरभन्दा लामो हुलाकी सडकमा मानव-साङ्लोका रुपमा संविधानको विरुद्ध एकताबद्ध भए। यो राज्यले मधेश-आन्दोलन र त्यहाँका जनताप्रति कहिल्यै अपनत्व महसुस गराउन सकेन। 

२० वर्षपछि आफ्नो गाउँ-ठाउँमा विकाश गर्ने मान्छे चुन्न पाउँदा को हर्षित हुँदैन? त्यसलाई संविधानको अनुमोदनका रुपमा लिइयो भने यो समाजमा परेको चिरा घट्ने होइन बढ्दै जान्छ।

मधेश आन्दोलनको कुरा गर्दा केही 'वरिष्ठ'हरुले नाकाबन्दीको कुरा ल्याउँछन्। मधेश आन्दोलनको ४० दिनपछि नाकाबन्दी हुन गयो। त्यो बीचमा ती 'वरिष्ठ'हरुले मधेसका जनताको आकांक्षा सम्बोधन गराउन के-के गरे? त्यहाँ त्यत्रो हताहात हुँदा पनि कुम्भकर्णझैं उनीहरु किन चीर निद्रामा थिए?

Ncell 2
Ncell 2
nimb
nimb

भनिन्छ 'मर्ता क्या नही कर्ता' मधेश आन्दोलनसँग ठ्याक्कै त्यस्तै भयो! यो राज्यले असन्तुष्टि सम्बोधन गर्नुको साटो आफ्ना दाजु-भाइ, दिदी-बहिनीलाई मारिरहँदा मधेशले नाकाबन्दीको बाटो लिनपुगेको हो। जसमा भारतको प्रत्यक्ष-अप्रत्यक्ष सहयोग हुन पुग्यो। आफ्नो स्वार्थका निम्ति तीन ठूला दलका नेताले चाहेका बेला भारतको सहयोग लिएकै छन्। त्यो कसैले भन्नु पर्दैन, इतिहास पल्टाए पुग्छ। मधेश आन्दोलनमा नाकाबन्दीको फाइदा-बेफाइदा विश्लेषण हुँदै गर्ला, तर नाकाबन्दी सुरु भएपछि मधेसमा राज्यको बन्दुक पड्किन धेरै हद-सम्म बन्द भयो, हाम्रा लागि यो नै तत्कालीन लाभ थियो। 

संविधान जारी हुँदै गर्दा तीन ठूला दलका शीर्ष नेताले मधेशबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसद र जनतालाई संसदको रोस्ट्रमबाटै संविधान संशोधन मार्फत असन्तुष्टि सम्बोधन हुने वचन दिए। तर, विडम्वना त्यो वाचा गरको दुई वर्ष भइसक्यो राज्यले मधेसलाई सम्बोधन गर्नुको सट्टा 'गलाउने-थकाउने' रणनीति अख्तियार गरिरहेको छ। 

मुख्यत एमालेको खोक्रो राष्ट्रवादले तत्कालिक लाभ लिन खोज्दा परिस्थिति झन् जटिल बन्दै गएको हो। मधेस आन्दोलन विशुद्ध मधेशी जनताको असन्तुष्टि हो। मधेसी पार्टीका नेताहरुले त केवल ‘लिड’ मात्र लिन खोजेका हुन्। कांग्रेस-एमालेले असन्तुष्टिको प्रतिनिधित्व नगरिदिँदा मधेसी पार्टीहरुले खाली ठाउँमा स्थान ओगटेका मात्र हुन्। 

केही नेता र 'वरिष्ठ'हरु अहिले फेरि स्थानीय निर्वाचनमा जनताको सहभागितालाइ आफ्नो 'स्वार्थ' हिसाबले 'मधेसमा संविधानप्रति केही असन्तुष्टि नै नरहेको' भनेर विश्लेषण गर्दैछन्। उनीहरुको यो भन्दा अदूरदर्शिता अरु केही हुँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२० वर्षपछि आफ्नो गाउँ-ठाउँमा विकाश गर्ने मान्छे चुन्न पाउँदा को हर्षित हुँदैन? त्यसलाई संविधानको अनुमोदनका रुपमा लिइयो भने यो समाजमा परेको चिरा घट्ने होइन बढ्दै जान्छ। निर्वाचन परिणाम ‘मसल्स’, स्थानीय मुद्दा, चुनाव लडेको व्यक्ति र संगठनमा भर पर्छ। जसको राम्रो छ उसैले जित्ने हो। यसलाई मधेसमा संविधानको स्वीकार्यतासँग जोड्यो भने त्यो महाभुल हुनेछ। मधेस आन्दोलन तार्किक निष्कर्षमा पुग्न नसक्नुमा मधेसी पार्टीका नेताहरुको अदूरदर्शिताले पनि काम गरेको छ। 

समय चक्र हो यो, एकैनासको कहिँल्यै हुँदैन। मुद्दा जीवित रहिरह्यो भने फेरि कुनै न कुनै रुपमा सडकमा प्रकट हुने नै छ। र, त्यतिखेर काठमाडौँले मधेशको नयाँ नेतृत्वसँग 'डिल' गर्नुपर्ने हुन्छ, जुन अहिलेभन्दा कठिन र कठोर हुनेछ।

अन्त्यमा, 'माना कि अन्धेरा घना है, पर दिया जलाना कहाँ मना है'

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्