काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको नेपाली युवा टिम सोमबार राति स्वदेश फर्कियो। राति १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि नेपाली टिमका प्रशिक्षक विनोद दासले उपाधिले क्रिकेटप्रेमी मात्र नभएर पूरै देश खुसी भएको प्रतिक्रिया दिए। प्रतियोगिताका दौरान नेपालले आफ्नो कमजोरी सुधार गरेको दासले बताए।
उपाधिसँगै नेपाली टिम एसिसी एसिया कपका लागि छनोट भएको छ। मलेसियामा आइतबार सम्पन्न प्रतियोगितामा नेपालले फाइनलमा हङकङलाई ५ विकेटले हराएर उपाधि जितेको थियो। दासले च्याम्पियन बनेपछि आगामी प्रतियोगिताका लागि युवा टोलीको हौसला बढेको पनि प्रतिक्रिया दिए।
स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा प्रशिक्षक दासले नेपाल लाइभसँग गरेको कुराकानी :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।