• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'मिटू मुभमेन्ट'बारे केकी अधिकारी : हामीमा 'अब बोल्नुपर्छ' भन्ने आत्मविश्वास पलाइसकेको छैन

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ६, २०७६  १९:०६
1140x725

काठमाडौं- सन् २००६ मा हलिउडबाट सुरु भएको 'मिटू मुभमेन्ट' नेपाल भित्रिन झन्डै १२ वर्ष लाग्यो। अमेरिकी अभियन्ता टुराना बर्कले आफूले भोगेको यौनजन्य दुर्व्यवहारबारे खुलेर बोल्न नसक्नेहरुका निमित्त सुरु गरेको यो अभियान सन् २०१८ मा मात्रै नेपाल छिर्‍यो।

दशकभन्दा बढी समयपछि नेपाल भित्रिए पनि यस अभियानसँग जोडिएर केही तथ्य तथा घटनाहरु बाहिरिए, तर अभियानले प्रभाव जमाउन भने सकेन।

अमेरिकामै यो अभियानले गति लिन सन् २०१७ सम्म कुर्नुपर्‍यो, त्यो पनि हलिउड अभिनेत्री एलिसा मिलानोले आफ्नो 'मिटू' अनुभव सार्वजनिक रुपमा अभिव्यक्त गरेपछि मात्रै। उनले जसै आफ्नो ट्विटर ह्यान्डलबाट ‘तपाईँहरू कुनै पनि किसिमको यौनजन्य दुर्व्यवहारमा पर्नुभएको छ भने ‘मिटू’ लेखेर आफ्नो अनुभवलाई रिप्लाइ गर्नुस्’ भनेर आह्वान गरिन्, त्यसपछि संसारभर यो अभियानले चर्चा पायो।

त्यसपछि अमेरिकाको राजनीतिक, शैक्षिकदेखि व्यापारिक जगतसम्म यो अभियान डढेलोसरी फैलियो। कतिसम्म भने हार्भे वाइन्स्टिनजस्ता कहलिएका हलिउड फिल्म निर्माताले आफू कंगाल भएको घोषणानै गर्नुपर्‍यो।

भारतीय फिल्म नगरी बलिउडमा फाट्टफुट्ट घटना सतहमा आए पनि प्रभाव भने देखिएको थिएन। सन् २०१८ मा अभिनेत्री तनुश्री दत्तले जब मुख खोलिन्, हंगामा भयो। उनले चर्चित अभिनेता नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। त्यो डढेलो बढ्दा बलिउडका धेरै हस्तीको ‘स्वच्छ छवी’ धमिलो भयो। सोही अभियानकै कारण गायक अनु मलिकले इन्डियन आइडलको निर्णायकको भूमिका बीचमै छाड्न बाध्य भएका थिए।

हलिउड र बलिउडका अभिनेत्रीले आफूले भोगेको यौन दुर्व्यव्यहारको फेहरिस्त खुलेर सुनाउन थाले पनि नेपाली फिल्म क्षेत्रमा भने अझै यो मामिला मौन छ। बरु नेपाली रंगमञ्चमा हुने यौन दुर्व्यव्यहारबारे 'शुक्रबार' साप्ताहिकसँग केही कलाकारले मुख खोलिसकेका छन्।

संगीत क्षेत्रमा 'स्टेज सो' दिलाइदिने प्रलोभनमा हुने शोषणमाथिको कथा पनि केही हदसम्म बाहिर आइरहेका छन्। तर, फिल्म क्षेत्र किन मौन? यहाँ दुर्व्यव्यवहार नै नहुने या बोल्न सक्ने अवस्था अझै सिर्जना नभएको हो?

Ncell 2
Ncell 2
nimb
nimb

केही साताअघि नेपाल लाइभको स्टुडियोमा आएकी अभिनेत्री केकी अधिकारीसँग हामीले यही जिज्ञासा राख्यौं। जवाफमा उनले अझै बोल्न सक्ने अवस्था नभएको यथार्थ सुनाइन्।

‘दुर्व्यवहार जुनसुकै क्षेत्रमा पनि हुन्छ, यसमा त कुनै दुविधै छैन,’ उनले भनिन्, ‘चाहे त्यो लैंगिक हिसाबले होस् या शक्तिका कारण, दुर्व्यवहार जताततै छ, तर विडम्बना हामीकहाँ बोल्न सक्दैनन्।’

‘किन बोल्न सक्दैनन् त?’

‘खासमा देश कति बलियो छ, विश्वमा यसको अवस्था कस्तो छ, त्यो देशमा बस्ने नागरिकले बोलेको कुराले विश्वव्यापी रुपमा पार्ने प्रभाव कस्तो छ, त्यसले अर्थ राख्नेरहेछ,’ जवाफमा उनले भनिन्, ‘हलिउडको कुरा गर्दा त्यो विश्वले आँखा लगाएको उद्योग हो। जतिबेला त्यहाँको यौन दुर्व्यवहारको कहालीलाग्दो कथा बाहिरयो, म त अचम्ममा परेँ। मैले व्यक्तिगत रुपमा त्यहाँ पनि त्यस्तोसम्म होला भनेर कल्पनै गरेको थिइनँ। मैले त हाम्रोमा हुन्छ तर त्यहाँ हुन्न होला भन्ने ठानेको थिएँ। त्यसैले त्यहाँ जन्मिन पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो। म गलत रहेछु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कहिलेकाहीँ स-सानो संकेत पाएको अवस्थामा ‘म फिमेल भएका कारणले र ऊ(पुरुष) शक्तिमा भएका कारणले नचाहेर पनि अंकमाल गर्नुपर्ने अथवा फरक अनुभव गराउने अवस्थाहरु धेरै सिर्जना हुने केकीले सुनाइन्।

बलिउडमा एक दशकअघि नै दुर्व्यवहारको कुरा उठेको हो,' केकीले भनिन्, ‘तनुश्री दत्तले त्यतिबेलै यस्तो आवाज उठाएकी थिइन्। तर, त्यतिबेला उनको कुरा सुनिएन। अहिले हामीकहाँ जसरी दब्यो। कारण, त्यतिबेला त्यहाँ महिलाको स्थिति कस्तो थियो, विश्वमा त्यो देशको अवस्था कस्तो थियो, डिजिटल्ली प्रभाव कस्तो थियो भन्नेले त्यतिबेला त्यहाँ अर्थ राख्यो।’ 

केकीका अनुसार यहाँका कलाकारहरुमा भित्रैबाट ‘अब हामी बोल्नुपर्छ’ भन्ने आत्मविश्वास पलाइसकेको छैन। बाहिरको प्रभाव देखेरमात्रै हामी जुर्मुराएजस्तो गरिरहेका छौं।

‘तपाईं आज बोलेकोे जस्तो गर्ने, अनि भोलिपल्ट केही पर्दाखेरी चाहिँ म हिजो अर्कै अवस्थामा थिएँ, ड्रंक थिएँ भन्न मिल्छ र?,’ उनी प्रश्न गर्दैै भन्छिन्, ‘त्यसैले मलाई के लाग्छ भने देशको अवस्थासँगै त्यहाँको राजनीतिक, आर्थिक, सामाजिक र महिलाको अवस्थाले यो कुरामा प्रभाव पार्ने रहेछ। नत्र महिलामाथि यौन दुर्व्यवहार त कहाँ हुँदैन र? त्यति ठूलो देशमा त हुन्छ भने हाम्रो देशमा किन हुँदैन? घर-घरमा हुन्छ, अफिस-अफिसमा हुन्छ, हाम्रै क्षेत्रमा पनि हुन्छ। तर, बोल्न सक्ने अवस्था छैन।’

‘किन छैन त बोल्न सक्ने अवस्था?’

‘पहिलो त बोल्न नै डर लाग्छ,’ वौद्धिक अभिनेत्रीको छवि बनाएकी केकी भन्छिन्, ‘अर्को सटिक केही कुरा नै हुन्न क्या भन्नलाई। मलाई दुर्व्यवहारजस्तो फिल भयो भने मैले त्यसलाई शब्दमा यो-यो भयो भनेर भन्न पनि सक्दिनँ। मलाई ‘इमोसनल्ली’ नराम्रो महसुस भयो, म त्यसको शिकार भएँ भने मसँग त्यसलाई प्रष्टसँग व्याख्या गर्ने शब्द नै हुँदैन क्या मिटुमा।’

प्रेम, समझदारी र संवेदनाका कारण भएका गतिविधिले पनि मिटुमा स्थान पाउँदा यस अभियान कमजोर भएको केकीको बुझाई छ। ‘कतिपय समझदारीमा भए, प्रेम र संवेदनाका कारण भएका कुराले पनि मिटुमा स्थान पाए,’ उनी भन्छिन्, ‘त्यसले गर्दा पनि कति कुराहरु सही आए, कति गलत। त्यही कारण पनि मान्छेहरु बोल्नलाई हच्किन थालेका हुन्।’

‘तपाईं आफैंले कहीँकतै कुनैबेला दुर्व्यवहारको सामना गर्नुपर्‍यो कि परेन?’

जवाफमा केकीले भनिन्, ‘लक्किली भन्नुपर्ला, मैले पूर्णतः त्यसरी दुर्व्यवहारको सामना गर्नुपरेन। तर, दुर्व्यवहार तपाईंसँग शारीरिक रुपमा नै भएको हुनुपर्दैन। यदि तिमी काम चाहन्छौ भने मसँग सुत्नुपर्छ नै भनेको हुनुपर्दैन। विभिन्न इसाराले, विभिन्न तरिकाले पनि भइरहेका हुनसक्छन्। त्यसमा आफ्नै कमजोरी पनि हुनसक्छ। आफू कन्फिडेन्ट नभएका कारणले गर्दा पनि भएको हुनसक्छ।’

‘त्यहाँ दुई मिनेट मलाई असहज हुँदा म उठेर प्रतिकार गर्न सकिनँ भने सायद त्यो मेरो पनि त कमजोरी हो,’ उनले थप भनिन्, ‘त्यसैले म भन्छु नराम्रो महसुस हुने समय गुजारियो, तर पूर्णतः यौन दुर्व्यवहार नै भोग्नुचाहिँ परेन। तर, यस्तो धेरै कलाकार हुनुहुन्छ, जसले दुर्व्यवहार भोग्नुभएको छ। मैले देख्या छु। कतिपयको स्टोरी सुनेको पनि छु।’

नेपाली फिल्म क्षेत्रमा 'चान्स' मार्न खोज्नेको कमी छैन। केकीलाई सोधियो, 'कहिल्यै कसैबाट चान्स मार्ने प्रयास पनि भएन?'

जवाफमा उनले भनिन्, ‘एउटै तह र तप्कामा भएका मान्छे हत्तपत्त दुर्व्यवहारमा पर्दैनन्। कलाकारहरु संघर्ष गरिरहेको समयमा नै बढी यो अवस्थाबाट गुज्रिने हो। सायद मेरो बाबा (बद्री अधिकारी) यही क्षेत्रको भएकाले मलाई त्यसरी चान्स मार्ने प्रयास कसैले गरेनन्।’

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्