एजेन्सी– बलिउड कलाकारले दक्षिणी भारतमा गएर फिल्म खेल्ने ट्रेन्ड सुरु गर्ने श्रेय कुनै कलाकारलाई जान्छ भने ती हुन्, खुश्बु । जसले आफ्नो करिअरको सुरुवात बलिउडबाट गरेर पछि दक्षिण भारतीय फिल्मतर्फ लागिन्।
खुश्बुले सन् १९९० सम्म बलिउडमा आफ्नो अलग्गै स्थान बनाइसकेकी थिइन् । उनका फ्यान यति पागल थिए, उनीहरुले खुश्बुको नाममा मन्दिर नै स्थापना गरे । उनको मन्दिर तमिलनाडुको तिरुचिरापल्लीमा निर्माण गरिएको थियो।
दक्षिण भारतमा उनको क्रेज यस्तो थियो, खानाको नाम नै खुश्बु इडली र खुश्बु कफी राखिएको थियो । तर, विवाहपूर्वको यौन सम्बन्ध जायज भनेर उनले बताएपछि आक्रोशित बनेका फ्यानले आफैंले बनाएको मन्दिर तोडफोड गरेका थिए।
खुश्बुको वास्तविक नाम हो, नखत खान । उनको जन्म मुम्बईमा भएको थियो । उनले हिन्दी फिल्ममा बाल कलाकारदेखि नै काम गरेकी थिइन् । उनको पहिलो फिल्म ‘द बर्निङ ट्रेन' (१९८०) थियो । यसको एउटा गीत ‘तेरी हे जमिन तेरा आसमान’ मा उनी देखिएकी थिइन् । यसपछि उनले 'नसिब', 'लावारिस', 'कालिया' र 'दर्द का रिस्ता'मा काम गरेकी थिइन्।
१९८५ मा उनी ‘मेरी जंग’ फिल्ममा अनिल कपुरको बहिनीको भूमिकामा देखिएकी थिइन् । उनले जेकी श्राफसँग ‘जानु' (१९८५) र गोविन्दासँग ‘तन वदन' (१९८६) मा पनि काम गरिन्।
१९८६ देखि दक्षिण भारतको फिल्म खेल्न सुरु गरेकी खुश्बुको पहिलो तेलुगु फिल्म ‘कलियुगु पान्डावुलु’ थियो । यसमा बेङ्कटेस हिरो थिए । दक्षिण भारतमा २ सय फिल्ममा अभिनय गरिसकेकी उनी अहिले ४७ वर्षकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।