राजविराज- मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सप्तरीमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।
राजविराज नगरपालिका लगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। यसैबीच सप्तरी जिल्लाका ६ वटा स्थानीय तहको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।